Showing posts with label Saralpara Kirat Unit. Show all posts
Showing posts with label Saralpara Kirat Unit. Show all posts

Wednesday, 14 March 2018

" किरात धर्ममा कर्म संस्कार "

" किरात धर्ममा कर्म संस्कार "
Sunil Chamling Rai - 2013 
Saralpara Assam kokrajhar .


           “संसारी माया बिचित्र
                 मरेर केपो लानु छ , 
                     नगर्नु व्यर्थै लोभी मन 
                        छोडेर जान्छ  व्यर्थैको धन” 

     यो किरात समाजमा युगौँदेखि बुड़ा-पाकाहरुमा भन्दै आएको कथन हो |  
        जब यो बिचित्र संसारमा सृष्टि हुन्छ, तबनै मनुष्यको सृष्टि हुन्छ | मनुष्यको सृष्टि त भयो तर अजम्बरी हुन सकेन | तब के भयोत भन्दा यो संसारिक मायामा मनुष्य भौँतारी रहने भयो, आफ्नो कर्म, धर्म, विधि-विधान केहो सो चासो नराखने, नलिने र कुकर्म, कुसंस्कारतिर लम्किने हुन थाले तर मनुष्यलाई थाहा छ कि कर्म नै धर्म हो भन्ने र धर्म नै कर्म हो भन्ने | यस्तै प्रकारले किरात जाति पनि चीनको मुनान भन्ने स्थानमा सृष्टि भयो , तर पछी गएर बसाई सारिने क्रममा आफ्नो कर्म, धर्म, संस्कार भन्ने कुरालाई जगेरा गरेनन र आज किरात जतिको सन्ततिहरु हामी सबैनै पछौटे बर्गमा परेको छौ , अनि हाम्रो धर्म, कर्म, संस्कार भिन्नता देखिएको हो | आजको एकाईस्सौ सताप्दिमा पनि किरातहरु पछौटे वर्गको सुचिमा पर्दा हुनु भनेको अचम्भकै कुरा हो | साच्चिनै भन्नु हो भने हाम्रो आफ्नो धर्म, कर्म, संस्कार छैन र ? छ | हाम्रो सबै थोक छ तापनि आजको अवस्थामा पनि पछाडिनु अतिनै दु:खलाग्दो कुरा हो | हामीलाई आशा छ कि हाम्रो आफ्नो धर्म, भाषा-लिपि, साहित्य, संस्कृति तथा रीति-रिवाज छ , तर हामि यो संसारमा जताततै पराईको ईशारामा रङ्गी-चङ्गी र व्यर्थैमा भौतारिएर हिड्ने गरिएका छौँ  , पराईको भाषा-लिपि, धर्म-संस्कृतिलाई मनपराउने गर्दछौ , पराईकै सिको गरि तोपल्छौ , पराईको नियम-नीति रीति-रिवाजलाई खुल्लासाथ स्वागत गर्न पछी पर्दैनौ , आफ्नो भन्नेलाई नाक खुम्च्याएर मुख बिगारेर घृणा गर्दै छी: छी: भनेर पर पन्छाउने गरेका छौँ  | वास्तवमा हामि किरात हौँ , हाम्रो आफ्नो धर्म, कर्म, संस्कार, वेद-विधान छ | आफ्नो धर्म, कर्म, संस्कारलाई अंगाल्नु भनेको आफ्नी आमालाई चिनेको हो , आफ्नो हुँदा-हुँदै पराईलाई आत्मसाथ गर्नु भनेको आफु स्वत: बिलाउनु, हराउनु, मासिनु पो हो | आफ्नो कर्म-व्यवोहार्ले गर्दा मानिस पछाडि हुनु परेको छ | मानिसको कर्म जम्मा तीनवटा हुन्छन जस्तै --  

            १. न्वारान ( याङदाङ मेखिम ) 
            २. विवाह कर्म ( तेन्धाप मेखिम ) 
            ३. मृत्यु तथा बर्षान्त कर्म ( सिदोवा थिम ) 

१.    जन्म तथा न्वारन कर्म :-

        किरातमा जब बच्चा जन्म हुन्छ छोरा हुस या छोरी उनीहरुको पहिलो कर्म हुन्छ न्वारान | छोरी भए (३) तिन दिनमा र छोरा हो भने (४) दिनमा याङदाङ फोङमा गरिन्छ | याङदाङ फोङमा गरेपछि नानी जन्मेको दश / एघार (१० / ११) दिन पुगेपछि नानी र आमा दुवैजनाको माङ्गेन्ना (शिर) पुजा गरिन्छ | छोरा भए (१०) दश दिनमा र छोरी भए (११) दिनमा माङ्गेन्ना (शिर उठाउने) गर्नु पर्दछ | अनि जन्मेको बाईस (२२) दिन पुगेपछि फेरी ईस्टदेव माङको पूजा-आराधना कुल-पितृ, युमाथेबा अर्थात सुम्निमा र पारूहाङको पूजा सकेपछि धुपबत्ती, सुनपानीले साम्जिक मुन्धुम वाचन गरि शुद्ध गराएपछि पूर्णरुपमा चोखिन्छ र सुत्केरीले छोएको पकाएको, बनाएको खानु हुन्छ , अथवा माङहिम देवस्थलमा प्रवेश गर्नु हुन्छ | किरात धर्मको कर्म, संस्कार रीति-रिवाजको पहिलो संस्कार यहि रुपमा शुभारम्भ हुन्छ | 

२.    विवाह कर्म :- 

        मानिसले जन्म लिएपश्चात न्वारान भएपछि जीवन शुरु हुन्छ , ३ / ४ वर्ष पुग-नपुग हुँदा विद्यालयमा प्रवेश गरेपछि विद्यार्थी जीवन बित्दै जान्छ | जब २५/३० वर्ष पुग्छ तब विवाह कर्म गर्नु पर्ने हुन्छ , मानिसको जीवनमा एकपटक विवाह कर्म हुन्छ र मानिसले सोँचेर बुझेर विवाह गर्नु पर्दछ , विवाह धेरै प्रकारका हुन्छन | जस्तै :- प्रेम विवाह, दर्ता विवाह, गन्धर्व विवाह, कुम्ले विवाह, चोरी विवाह | वर्तमानको समयमा गन्धर्व, कुम्ले, चोरी विवाह गर्ने चलन हराउन लागेको छ | प्रेम विवाह र दर्ता विवाह को चलन बढ्दै गएको देखिन्छ | 

३.    मृत्यु संस्कार तथा बर्षान्त कर्म :- 

       प्रकृतिको अकाट्य नियम यो छ कि जन्म पछि मरण सबैले बेहोर्न पर्छ | यो विधिको बिडम्बना पूर्ण विधानलाई कसैले रोकेर, छेकेर राख्न सकिन्न | रैतिदेखी राजासम्म र भुसुना देखि हात्तिसम्मले पनि कालको फन्दामा पर्न पर्छ | त्यसैगरी हाम्रो किरात समाजमा मरण भएमा किरात साम्जिक मुन्धुम वाचन गरि मरण संस्कार कर्म गर्ने चलन छदैछ | 

क ) 
          दाँत नफुक्ली मर्ने बालक ( ताङलिङ अम्बा ) जब बच्चा जन्म देखि दाँत नआउन्जेलसम्म परलोक भएकोलाई ताङलिङ अम्बा भनिन्छ | जन्मदेखि महिनादिन भित्रमा मर्ने बालकलाई बार्नु पर्दैन | लास दफन गर्नुपर्छ | र त्यसैलाई मोच, ची: चीघा, कि जिप्पा पनि भनिन्छ | त्यसलाई साधारण शुद्ध गरे हुन्छ | एक महिनादेखि उता  दाँत नउम्रिन्जेलसम्मको नानीको लागि एकदिन एकछाक बारन गरेर छोरालाई चार (४) दिन आधाकर्म गर्नुपर्छ |  यो पनि ताङलिङ अम्बा परिधिभित्र पर्छ | दाँत फुक्लेर उम्रेको नानीहरुको लागि पुरै कर्म संस्कार गरि मुक्ति दिनु पर्छ | गर्भ तुहर झरेको / जन्मेकोलाई केहिगर्नु पर्दैन भनि किरात कर्म संस्कार साम्जिक मुन्धुममा लेखिएको छ |  

ख ) 
             लडी / झुण्डी मरेको सेहे-सोधा - कतिएर लड़ेर अथवा झुण्डिएर अर्थात कुनै कारणले गोलि, भाला, बोमा, विविध घटना, विषपान गरी अपर्झट दुर्घटनाबाट परि मरेको मृतक आत्मालाई 'सोघा' भनिन्छ | सोघा लाशलाई डाडाँ-काडाँमा लगी आगोमा जलाएर खाक भएको अंगार-खरानीलाई खाल्टोमा पुरी चिहान दुरुस्तै बनाईदिनुपर्दछ | सोघा लाई छोरी भए तिन (३) दिन, छोरा भए चार (४) दिन बारन गरी बिदा दिने र सामसामा मुन्धुम तिन (३) पटक  बिहान-बेलुकी र मद्यारातमा पढेर बाटो लगाउनु पर्छ चोट-पटक निको नभई जतिदीन पछी मरेपनि सोघा ठहरिने छ | 

ग ) 
           गर्भवती सुत्केरी मरेमा ( सुगुप ) गर्भवती महिला नानी जन्मन नसकी या जन्माएर २२ देखि २४ दिन भित्रमा मृत्यु भएमा सुगुप हुन्छ | सुगुपबाट मरेकी उल्लेखित सोघासरहनै मानिन्छ र मुक्ति संस्कार कर्म उही अनुरुप गर्नुपर्छ | २२/२५ दिन नाघेर मृत्यु भएमा ति सुगुप हुन सक्दैन | किरात राई भाषामा मामांग सुक्खा सुगुप भनिन्छ र सुगुप भइ देहान्त हुने मानिसको लागि भने सुनसान मध्यरातमा चारपटक सामसामा मुन्धुम पढेर मुक्ती कार्य गर्नु पर्छ | 

घ )     नुनतेल छुने र चोखिने - 

      छोरी भए तिन (३) दिनमा, छोरा भए चार (४) दिनसम्म मृतकको साम्दाखोङ घरभित्र बिछ्यार रुंग्नु बस्नु पर्दछ | पिण्ड दिने ठाल बनाएर बिहान-बेलुकी या दिउसो सोही साम्दाखोङ सेतो कपडा बिछ्याएको छेउमा राखी पिण्ड दिनुपर्छ | हिजोको १० लिम्बुवान १७ थुम्को सामाजिक रीति-थिति, विदी-विधानको बलिपुजा गर्नु जाँड़-रक्सी, मासु, चुरोट-सुर्ती चडाउने चलन आज पनि छदैछ | तर आजभोली किरात समाजमा व्याप्त रुड़ीवाद, कुसंस्कार, अन्धविश्वासलाई उन्मुलन गर्न हेतुले चेतनशील किरात  बुद्दिजीवीतहरुले कुनैपनि पुजा-आजा, छाड-पर्व, भोज-भत्यार, मरौ-परौ, शुभविवाह आदिमा किरात साम्जिक मुन्धुमको आचार संहिताबमोजिम देवी-देवता, मृतात्मा ईत्यदिमा मासु, जाड़-रक्सी चडाउने प्रथालाई निषेध गरेकोछ | साम्दाखोङमा सेवासाबा (पुजारी) ले साम्सामा मुन्धुम मृतात्मालाई तारान्तार गर्ने स्वर्गलोक-पितृलोकमा साम्भुहाङ फाक्तुङधो मृत्युराजको राज्यमा जिम्मा दिने शास्त्र, मुन्धुम पढेर एकतारे बाजासहित फलाकेर बाटो दिने मुन्धुम वाचन गर्नुपर्छ | त्यस मुन्धुम शास्त्रलाई साम्सामा साम्जिक मुन्धुम भनिन्छ | पासीङ पादाङ दाजु-भाई वंशजले तिन या चार दिन बारण गरेर नुन-तेल छोई खानु हुन्छ | तर क्रियापुत्र-पुत्री, मृतकका छोरा-छोरीहरुले भने बाबु-आमाको हकमा आमाकोलागी ९ दिन बारण गरी दशौ (१०) दिनमा चोखिने र बाबु भए १० दिनमा बारण गरी ११ दिनमा चोखिने मुक्ति कर्म गर्नुपर्छ | नुनतेल छोएपछि पाचँ दिनसम्म नुनतेल खाएपछि पुन बारण गरी चोखिने, मुक्ति दिनको अघिलो रातभर साम्दाखोङ थापेर सामहीम बनाई साम्सामा मुन्धुम बाचन गरेर बिदा गर्नुपर्छ | भोलिपल्ट बिहान सामहिम क्रियापुत्रहरुले घरदेखि पाखा बाहिर पर यज्ञ मण्डपमा ल्याई राखेपछि मुन्धुम पढेर मुक्ति कार्य गरि मिक्वा नावा साङमा आसुँ पुछ्ने, सुन पानीले मुन्धुम वाचन गर्दै चोखि शुद्धहुने गर्नुपर्दछ | यसरि मुक्ति कार्य समाप्तपछि अन्य धर्मलम्बीजस्तो बर्षान्त र बार्षिक पिण्ड श्राद्ध दिई रहनु पर्दैन | सदाको लागि अमरत्व देवतत्व प्राप्त हुने विश्वास किरात धार्मिक शशि मुन्धुममा पाईन्छ | आमा-बाबाको हकमा अनि क्रियापुत्रीले राख्नु चाहेमा एक वर्षसम्म बारेर मुक्ति दिनु हुन्छ भन्ने खापुना मारङनामा मुन्धुमले बताईन्छ | 

संकलन "सेवारो" स्मारिका रानीखाता लिम्बुबस्ती | 
 संकलक शेर बहादुर हेम्ब्या सुब्बा सरलपाडा || 
                             लेख 2013 / संकलन 2018  अंग्रेजी || 


sunil rai.


Tuesday, 13 February 2018

Tinsukia Lekhapani

kirat unit ,

Tinsukia Lekhapani Kirat Familys 2013 Photo Collection 

Saturday, 3 February 2018

Photo Collection by Sunil Chamling

sarpang bagar,
किरात क्या है ??
 प्राचीन संस्कृत ग्रंथों में हिमालय के कुछ क्षेत्रों और पूर्वोत्तर भारत में बसने वाली कुछ जातियों का नाम था। यजुर्वेद (शुक्ल ३०.१६; कृष ३.४, १२, १) में और अथर्ववेद (१०.४,१४) में इनका सबसे प्राचीन उल्लेख मिलता है। 
ये कोइ काल्पनिक बाते नही है .................!!!!!!!!!!!

Friday, 12 January 2018

महागुर फाल्गुनन्द को संछिप्त जीवनी


saralpara kirat unit,


महागुरु फाल्गुनन्दको जन्म बिक्रम सम्बत १९४२को कार्तिक २५ गते आइतबारको  दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो। उनका बाबु जगनबाज लिम्बु, लिङदेन र आमाहंसमती लिम्बुथिए। आमा बाबूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेको नाम नरध्वज लिङदेन थियो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुन्छ भनेकोले उनको हातमा  फलामको चुरा लाईएको थियो। त्यही चुराबाट उनको नाम फलामसिंह रहन गएको थियो। गाउँका अन्य युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्तीमा जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुगेको हो ।
आठ वर्षकै उमेरमा हत्या हिंसा गर्न नहुने, झुट्ठो बोल्न नहुने,नारीजाती सृस्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्चा सम्मान गर्नु पर्ने, आफ्नो कुल देवतालाई सदा बिहान बेलुकि चोखो नीतोसँग ‘माङसेवा’ (पूजा आराधना) गर्न पर्ने, मासु मंस तथा मदिरापान गर्नु नहुने जस्ता कुराको दीब्य ज्योती प्राप्त गर्नुभएका फाल्गुनन्द लिङदेनले सेनामा रहदा पनि सांझ बिहान पूजा पाठमा लीन रहने गरेका हुनाले उनलाई ‘ध्यानी’ ‘योगी’ ‘तपस्वी’ जस्ता उपनामले पुकारिने गरिन्थ्यो। लडाईबाट बिश्व शान्ति स्थापना हुन नसक्ने कुरोको बोध गरेका फाल्गुनन्द अन्तत् बेलायती सेनाको जागीरबाट राजिनामा गरी आफ्नो ज्ञान तथा समस्त किंराती जातीहरूका मौलिक धर्म संस्कृतिको प्रचार गर्दै उनी भारतका बिभिन्न भाग लगायतभुटान हुदै पुर्बी नेपालको ईलाम आफ्नो जन्मस्थलमा आइपुगे।
आफ्नो गाँउ,ठाँउ आफ्नो जात तथा विशेष गरी किराँती जातिका राई लिम्बु हरुको  समुदायमा सामाजिक बिसंगति, बिकृतीले गांजेको भयाबह स्थितिलाई देखेर फाल्गुनन्द लिङदेनले बिक्रम सम्बत १९८८ बैशाक २५ गते तत्कालिन ‘दश लिम्बुवान सत्रथुम’का समाजका बरिष्ठ ब्याक्तित्वहरूलाई बोलाएर पाँचथर जिल्लाको फिदिम नजीक लब्रे कुटीमा हामी आफ्नो वास्तबिक धर्मबाट अञ्जान रहेको, जांड, रक्सी धेरै सेवन गरेर हामी मतिभ्रष्ट भएको, थेग्नै नसकिने गरी बिवाह भोज गरी आर्थिकरूपमा दलदलमा फसिएको आदित्यादीले हामी समाजबाट हर क्षेत्रमा माथी उठनै नसकिने गरि पछि परेको हुनाले अब उप्रान्त हामी सबैले यी सबै बिंसगती, बिकृती र कुरितीहरूबाट मुक्त हुने र आ-आफ्नो थुममा गई सबैलाई सम्झाउने, बुझाउने, मौलिक्ताको पहिचान गराउने, भनी दश बुंदे लिखित मुचुल्का जसलाई ‘सत्यहाङमा मुचुल्का’ पनि भनिन्छ, र करीब हजारौका संख्यामा उपस्थितहरूले आ-आफ्नो थुममा गएर आफ्नो मौलिक धर्म, संस्कृति तथा दश बुदे मुचुल्काको प्रचार प्रसार गर्ने बचन बांधेर छुट्टिए।
फाल्गुनन्नदले धर्म प्रचार प्रसार वा साँझ बिहान आ- आफ्नो घरमा युमा साम्माङको ‘माङसेवा’ गर्ने र सामुहीकरूपमा पनि ‘माङ सेवा’ गर्नकोलागि मेची र कोशी अञ्चलका बिभिन्न स्थानमा ७ वटा माङहिम(मन्दिर) बनाएका छन। र उनले कुम्भकर्ण हिमाललाई किँरातीहरूका पबित्र धार्मिक तथा तिर्थ स्थल मान्दै त्याँहा पनि एक ‘माङहिम’ बनाएका छन। र उक्त कुम्भकर्ण हिमालको फेदीमा रहेको माङहिममा भक्तजनहरू ‘माङसेवा’को लागि जाने क्रम दिनानुदिन बृद्धि भइरहेको छ।
फाल्गुनन्दले यसरी ‘सत्यहाङमा मुचुल्का’ मात्र बनाएनन् समय समयमा लिम्बुबान क्षेत्रका हरेक गाँउ,गाऊँमा निरिक्षण पनि गर्दै रहे, त्यसैक्रममा उनी पटक पटक आफ्ना चेला भुलाहरूसगं कुम्भकर्णका फेदीसम्म पनि पुगेका छन् र जंहा महिनौ दिन सम्म ध्यान तपस्या पनि गरेका छन्।
यसरी धर्म प्रचार तथा मौलिक्ताको पहिचान गराउदै हिड्दा तत्कालीन राणा सरकारले यसले राजनीति गरी राणा शासनको बिरोधमा जन्ताहरूलाई जागरुक तुल्याउदै छ कि भन्ने आशंकामा राणा शासकका तत्कालिन धनकुटा जिल्लाका बडा हाकिमको निर्देशनमा उनलाई काठमाण्डौमा पुर्याई सोधपुछ सम्मपनि गरिएको थियो।
त्यसैले आफ्नो मौलिकतालाई बिर्सिएर पथ भ्रष्ट हुन हुदैन, मदिरा सेवनगरी असामाजिक क्रियाक्लाप गरी मति भ्रष्ट हुनु हुदैन, बिबाहमा आफ्नो आर्थिक गच्छे भन्दा अत्याधिक तडक भडकसँग खर्च गरी उक्सनै नसक्ने आर्थिक दलदलमा फस्न हुन्न, समाजका जननी ‘युमा साम्माङ’ नै नारी भएका हुनाले समाजमा नारीलाई उच्चो स्थान दिनु वा सम्मान गर्नु पर्दछ भन्ने सन्देसपनि छोड्नु भएको थियो  |  ‘मेजमान’ तथा खानका लागि पशु, प्राणीको हत्या गर्नु हुन्न, अन्नबाली होस, चाहे जस्तो सुकै खाने कुरा पनि ‘हिम साम्माङ’, ‘युमासाम्माङ’लाई नचढाइ खानु हुन्न, ‘हिम साम्माङ’ तथा ‘युमासाम्माङ’लाई पशुबली चढाउदा उनी खुशी हुदैनन् त्यसैले पशुबली नगर्नु, त्यसको अलवा फलफूल, नैबेद्ध, चढाएर मात्र ‘माङसेवा’ गर्नु भन्दै सामाजिक चेतना फैलाउने फाल्गुनन्नदलाई महान धार्मिक तथा समाज सुधारक, आफ्नै मौलिक भाषा, लिपीको अध्ययन गर्नु पर्छ भन्ने महान शिक्षाका ज्योती अनि तत्कालिन सामाजिक अर्थ ब्यावस्थालाई राम्ररी आंकलन गरी समाजलाई आर्थिक दलदलबाट उकास्न समाजकालागि ब्यावहारीक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थबिदको रूपमा पनि लिन सकिन्छ। दोस्रो बिश्वयुद्धमा तत्कालिन ब्रिटिश साम्रज्यका सिपाहीका रूपमा भारत लगायत बर्मामा लडाई लड्दा लड्दै यो लडाईबाट बिश्वमा शान्ती स्थापना गर्न नसकिने यसले झनै रक्तपात,हत्या र हिंसामात्र निम्त्याउने वास्तबिक शान्ति भनेको शिक्षा,ध्यान, तप र धर्म तथा मौलिक्ताको पहिचान भएमा मात्र आउछ भन्ने कुराको ज्ञान उनले बाँडेका थिए। महागुरु फाल्गुनन्दले पाँचथर जिल्लामा गरेको धार्मिक भेलामा जम्मा भएका मानिसहरुलाई विभिन्न शुझाभहरू दिनु भएको थियो | ति मध्ये केहि  निम्न छन् :-
  • युमाथेवाको आराधना गर्ने,
  • श्रीजंगा लिपिमा अध्ययन गराउने,
  • नैवेध तथा फूलपातिबाट पूजापाठ गर्ने,
  • माङहिङ निर्माण गर्ने,
  • मादक पदार्थ सेवन नगर्ने,
  • छोरीको बिहेमा दाम नलिने,
  • स्वदेशी कपडा लगाउने,
  • छोरा र छोरीलाई समान शिक्षा दिने,

महागुरु फाल्गुनन्द लिङदेन ज्यु को छोटो जानकारी


(वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) हाङ्सम साम्यो या किराँत धर्मका महान गुरु तथा समाज सुधार थिए।
फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे। यस बिच उनले देशद्रोहीको अभियोग पनि खेप्न परेको थियो। वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका हो । वर्तमान अवस्थामा महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेका हुन् | 'सत्य धर्म मुचुल्का'को नीति विश्व समुदायले अनुसरण गर्न थालेका छन्।

Pramila Rani Brahma MLA of KOKRAJHAR EAST

सरलपाडा ,

सरलपाडा ,

सरलपाडा ,

03/ 04 / 2016