भारत आसाम सरलपाडा, किरात धर्म तथा साहित्य उत्थान संघ साखा समिति, / Estd ; 1998
Sunday, 11 November 2018
Wednesday, 2 May 2018
भारतको पुर्वान्चलमा किरात को ईतिहास दोहोरिन्दैछ
भारतको पुर्वान्चलमा किरात को ईतिहास दोहोरिन्दैछ
लेखक :- खड्ग बहादुर मेन्याङबो
हिमाल पहाडको किरात जाति प्राचिन समयमा एउटा महान जाति थिए भनि ब्रेड हड्सनले आफ्नो पुस्तक एसेस रिलेटिङ टु ईण्डियन सब्जेक्ट्स ( Essay Relating to Indian Subject ) नामक पुस्तकमा ईतिहासिक धरातलको आधारमा उक्त कथनलाई पृष्ठ -१० मा उल्लेख गरेका छन् । तिनताक यी किरात जाति पश्चिम काबुलदेखि पुर्व म्यान्मार ( बर्मा ) देशसम्म फैलिएर बसेका थिए । किरात जातिलाई धेरै सभ्य जाति भएका हुनाले आर्य वंशले देउता भन्थे । जस्तै-गन्धर्व, यक्ष, किन्नर जातिहरु आफुलाई अरु साधारण जातिभन्दा अझ एकलता माथिको सम्झी उनीहरु आफैलाई देउता भनि कहलाउन थाले । एतिहासिक तथ्यद्वारा यो थाहा हुन्छकी शुरुमा यो किरात जाति बेबिलोन देशको शुर देश अथवा सिरिया देशमा बस्थे । यिनीहरुको प्राचिन भाषामा गाडी वा किराती भन्न लागे जसको ऐतिहासिक स्स्पष्टिकरण "न्यु बाईबल लिटल एट्लास अफ लन्डन रिलिजन ट्रयाक्ट सोसाईटी" ( New Biblical Atlas London Religion Tract Society ) नामक पुस्तकको पृष्ठ ७८ मा उल्लेख गरिएको छ ।
यी किरात वंशलाई पछिबाट द्रब्य जातिले लडाईमा हराए जसको फलस्वरूप उनीहरु आफ्नो देश छोड्नु पर्यो । यो निकालिएको किरात जाति पुर्व दिशा आई असुर वंशसित मिलजुल गरि एकै वंश भै किरात असुर नाउ अपनाएको कुरो "द हिस्ट्री अफ नेशन " ( The History of Nations ) नामक पुस्तकको पृष्ठ २७१ मा एल डब्लु किङ ( L. W. Kings )-ले आफ्ना पुस्तकमा विवरण गर्नु भएको छ । यो किरात जाति अत्यन्तै शक्तिशाली राजा भएको हुनाले बेबिलोन, पर्सिया , तथा भारत समेत राज्य गरेको कुरा ॠगवेदको १०/९९/१० भागमा लेखिएको छ भनि अरियन नामक विद्धानले लेखेका छन् । यो किरात शुर जाति पर्सिया देश को निशा जगामा बस्दा आफुलाई खम्बो भनि सबोधन गर्न लागे साथै ग्रीस देशबाट आएका हौ भनि दाबी गर्न थाले । यस सन्दर्भमा श्री रती भानुसिंह नहरले भारत को राजनैतिक तथा सांस्कृतिक ईतिहासको उल्लेखमा उक्त कथनलाई पुष्टि गरेका छन् । सिलसिलागत Old Testament-2 Sammuel नामक ग्रन्थको १५ र १७ पदमा यो पनि उल्लेख गरिएको छ कि किरात जाति शुरुदेखिनै लडाकु जाति थिए । साथै उक्त जाति शिकारी प्रवृतिका हुनाले उनीहरुको बासस्थल पनि पहाडी खण्ड नै भएको प्रमाण पाईन्छ । विशेषत उनीहरुको बासस्थान काबुल, काश्मीर, काराकोरम तथा सम्पूर्ण हिमालयको फेदी तर्फ तथा पहाड-पखेरामा बस्ने गर्थे भनी श्री राघेय राघवले आफ्नो ईतिहासिक उत्खनन भारतको परम्परा अनि प्राचीन इतिहासमा उल्लेख गर्नु भएको पाईन्छ । जुन किरात वंश भारत देशको गंगा नदीको समतल भुमितर्फ बसोबासो गर्थे र ती वंश मध्येका याखा, शाक्य, कोहिया, मोरिया, बर्जी, मल्ल, बली , काल्मास थरले परिचित भएका शाखाहरु आफुलाई लिच्छवी भनी घोषणा गर्थे । यिनीहरुको राज्य हिमालय पहाड र गंगा नदीसम्म विस्तृत थियो भनी Politicol History of Ancient India p-116, 126, 190, 193 पृष्ठहरूमा हेमचन्द्र राय चौधारिले उल्लेख गरेका छन् । यसै सन्दर्भमा उल्लेखनीय कुरो के छ भने श्री सुनीति कुमार च्याटर्जीले आफ्नो पुस्तक किरात जनकृतिमा गौतम बुद्धलाई किरात वंशका हुन् भनि लेखेका छन् । पश्चिम दिशाबाट आउने किरात जाति अथवा खम्बो वा सम्बेज जातिसित मंगोल देशबाट आएका मंगोली जाति र चिन देशबाट आएका चिनीया जातिहरु आपसमा मिलजुल गरि एक वंश भई किरात नाउ राखि हिमालय प्रदेशमा बसे । पछि यो पहाडी देशबाट वंशको धेरै वृद्धि भए वापद बर्मा, श्याम, फिलिपिन्स टापुहरुसम्म फिँजिएको तथ्यलाई पण्डित राहुल साँस्कृत्यायन्ले आफ्नो बौद्ध संस्कृति नामक ग्रन्थमा पृष्ठ ४८ मा उल्लेख गरेका छन् ।
जब आर्य जाति पहिलो पल्ट भारतवर्षमा आए त्यसताक हिमालयका पहाड अंचल तथा इण्डस नदीको तटसम्म फिजिएको किरात - असुर राजाको आधिपत्य थियो । सम्बा असुर त्यस्ताक राज गर्थे, उनी उनि उद्धमा पराजित गरी जसको फलस्वरूप आफ्ना राज्य छोडेर पुर्व अंचलको हिमालय प्रदेश भन्ने ठाउमा आफ्ना अखडा बनाए ।
नेपाल खाल्डोमा राज्य गर्ने प्रथम किरात राजा बाणा-असुर थिए । पछी गोपाल वंशी राजाले उनलाई लडाईमा हराउदा किरातहरु पुर्व तर्फ बसाई सरे । फेरी पुर्व तर्फबाट नेपालका किरात राजा यलम्बरले नेपाल खाल्डोमा आक्रमण गरि गोपाल राजाको आधिपत्य नष्ट गरेर आफ्ना राज्यको सिमाना पश्चिम तर्फ त्रिशुली नदीसम्म, पूर्वमा टिस्टा नदि भुटान सिमानासम्म विस्तारित गरे । त्यस समयमा किरात राज्य नेपाल खाल्डो पश्चिम त्रिशुली नदीदेखि पुर्व बर्मा ( म्यान्मार ) देशसम्म थियो भनि कर्क पेट्रिकको ईतिहास "एन एकाउन्ट अफ किङडम अफ नेपाल ( An Account of the Kingdom of Nepal ) नामक पुस्तकको पृष्ठ २५६ मा उल्लेख गरेको छ । किरात वंशी राजाहरुले २९ पुस्ता अर्थात १७४० वर्ष सम्म नेपालमा राज्य गरे । आफुलाई किरात असुर अथवा किरातसुर राजा भनि प्रसिद्ध भए । आसाम प्रदेशको सबैभन्दा प्रसिद्ध राजा नरकासुर थिए । उनको छोराको नाउ भगदत्त थियो । भगदत्तको समयमा नै महाभारतको लडाई बुझिन्छ । उनले महाभारतको लडाईमा किरात अनि चिनिया फौज सामुहिक संगठन गरि युद्ध गर्न पठाएका थिए । नरकासुर भन्दा पहिले घटोत्कोच आसाम तथा किरात देशको राजा थिए । नरकासुरले किरात राजा घटोत्कोच सुरलाई युद्धमा हत्या गरेर किरात राज्यको राजा शासक आफै भएर राज्यको नाम पनि किरात बाट प्रागज्योतिष्पुर भनि नामकरण गरे । यसै परिपेक्षमा ऐतिहासिक आधार नियाल्दा लगभग ईशा पूर्व ३१७ मा नेपालको पूर्व अंचलमा पर्बेत ( Parbate ) नाउको महाप्रतापी किरात राजा थिए । किरात राजा पर्बेतले चन्द्रगुप्त मौर्यलाई लडाइमा सहयोग दिएर मघध राज्य अधिनमा बनाए । शर्त बमोजिम चन्द्रगुप्त मौर्यले उत्तर बिहार , बंगाल, आसामको भूखण्डहरु किरात राजालाई दिएका थिए । यसो हुदा पर्बेत किरात राजा सारा हिमालय पहाडदेखि उत्तर बिहार, बंगाल तथा आसामका राजा सयवर्षसम्म आपुंगी शासन गरेका थिए । यी किरात चोङ सरदारहरुको नामावली यस्तो रहेको छ :-
(१) भीमा हाङ ,
(२) गजाहाङ ,
(३) श्रृषाहाङ ,
(४) मृगाहाङ ,
यो तथ्य A glimpse into the history of Assam नामक पुस्तकको पृष्ठ १७ मा उल्लेख गरेको छ । मृगहाङ किरात चोङ सरदारको शासनकालमा कामरूप राज्यको सत्ता शालस्तम्भर र पाल वंशका शासकहरुको हातमा गएपछि किरात चोङहरु टिकेर बस्न नसकी यत्र-तत्र भएको अड्कन गरिन्छ । तिनताक पुर्व भारतमा आर्य वंशको नाम निशान थिएन । सोइपरी पर्सियाका राजा अफ्रिसियाबले कारुपको राजा सिंगलद्धिपलाई हराएर सारा उत्तर भारत खण्ड पर्सिया राज्यको अधिनमा गाभे । यसोहुदा किरात राजाहरुले आफ्नो राज्यको सिमाना हिमालय पहाडी क्षेत्रसम्म आफ्नो सीमित राज्य बसाले ।
ईतिहास नियाल्दा यो तथ्य थाहा हुन्छ कि आर्य वंश भारतमा आउदा सम्म किरातसुर जतिको सभ्यता बाट प्रभावित भई किरात जातिलाई असुर अर्थात देवता या सभ्य जाति भनि सम्बोधन गर्न थाले । ॠग्वेद कालसम्म किरात असुर जातिहरुलाई देवता अथवा सभ्य जातिको गन्तीमा राखेका थिए । कालान्तरमा किरात-असुर तथा आर्य वंशको महासंगम हुन गयो । उक्त सिलसिलागत तथ्य बाट अझ एतिहासिक तथ्य यो थाहा हुन्छ कि आर्यहरु त्यसपश्चात किरात असुरको अर्थभेद भुत-राक्षस हो भनि झुटो प्रचार गरे । अर्थात् साम, यजुर्वेदहरुमा आर्य वंशको असुर वंशसित लडाई भयो अनि उपरोक्त ग्रन्थहरुमा उल्लेख भएकोले आर्य वंशले सभ्य किरात जातिलाई असुर वंश हुन् भनी सम्बोधन गर्छन । वास्तवमा 'असुर' शब्दको अर्थ देवता हो भनी ॠग्वेदमा उल्लेख गरेको तथ्यलाई किथसले उनका पुस्तक 'द रिलिज्योस एण्ड फिलोसाफी अफ वेद्स एण्ड उपनिषद् ( the Riligious and Philosophy of Veda and Upanishad ) को पृष्ठ २३१ मा प्रष्ट लेख्नु भएको छ । तसर्थ किरात असुर जाति आर्य वंशको झुटो भ्रम प्रसारसित विवश हुनु पर्यो । भ्रम र विवशताको चापमा असुरको अर्थ सायद राक्षसनै हुनुपर्छ भानी किरात वंशले असुर वंश राख्न छोडी दिए र उनीहरु आफैलाई किरात भन्न थाले । हाल किरात जाति भन्नाले हैजारा जाति काबुलको, पंजाबको राज किरात जति, कुमाउ-गड़वालको खस जाति, नेपाल-भारत देशका गुरुङ, मगर, खस, ठकुरी, नेवार, सुनुवार, दनुवार, थामी, तामाङ, लिम्बु, खम्बु (राई), याखा, लाप्चे, जिमदार, भोटे, मेचे, कोचे, धिमाल, आसामको नागा, कुकी, मिसिमी, मिरि, मिजो, अर्का, डुला, टाई आहोम, मटक, मराण, खाम्टी, डिमासा, चुटिया, लालुङ, जाहोङ, सिङफौ, पोइते, गेङटे, राभा, राजवंशी, कार्बी, गारो, बर्माको कासिन, मौङ, लाओस, खस जाति, भिएतनामी, कम्बोडियाको खमर जाति सबै किरात वंशका हुन् ।
नेपाल राज्य एक सुत्रमा हुन अघि सम्पूर्ण नेपाल राज्य साना-साना रजौटाहरुमा विभक्त भएका थिए । त्यस बेला किरात वंशका राजाहरु बेग्ला-बेग्लै नामले प्रचलित भई आ-आफ्नो ठाउहरुमा राज गरि बसेका थिए । सन् १९६८ मा फादर ग्राबरले पाटनको नेवार किरात राजा उल्लेख गर्दै यो लेख्नु हुन्छ कि वास्तविक सम्पूर्ण नेपाल राज्य र पहाडी क्षेत्रहरु किरात वंशका राजाहरुले राज्य गरेको हो भनि स्पष्ट उल्लेख गरेका छन् । पृथिवी नारायण शाह गोर्खाको राजा हुन अघि धेरै वर्ष अघि हिन्दु मिशनरीहरुले किरात राजाहरुलाई हिन्दु धर्ममा ल्याए । किरात वंशी राजा साङलाईङ सवदीनलाई मोङरोगम हिन्दु धर्म बनाई राजपुत क्षत्री वंशमा गणना गरी हिन्दु पदवीले किरात राजालाई राय पदवीले सुशोभित गराए । सोईपरी पाल्पाली सेन मक्वान वंशीलाई हिन्दु धर्ममा परिवर्तन गराई सेन वंशी क्षत्री बनाए । खान वंशी किरात राजालाई क्षत्री ठकुरी बनाई सारा पदवी दिए । सोईपरी मेचे-कोचे किरातहरुलाई राजवंशी पदवी दिए ।
मनु स्मृतिको आधारमा हिन्दु राज्य स्थापनाको सपना साकार भएपछी उनीहरुले राज्य बिस्तार गर्ने हेतुले हिमालका काखमा बसेका निष्कपट गैर हिन्दु राज्यहरुमाथि बिस्तारै-बिस्तारै आक्रमण गर्दै लागे । "हिन्दु हिन्दु एक हौ , गैर हिन्दुहरुको शासन अन्त गर , म्लेच्छको अधीनता स्वीकार नगर" जस्तो नारा र नीतिको भरमा आश्रित र आगन्तुक जति पनि हिन्दुहरु जहा पनि छन् तिनलाई एकबद्ध गर्ने प्रयास गर्दै रहे । भारतमा मोगल शासक मध्य औरङ्गजेबले आफ्ना पितालाई बन्दि गरेर सन् १६५८-१७०७ सम्म राज्य गरे । तिनको पालामा उनले हिन्दुहरुको धेरै जनै काटि दिए । त्यो अत्यचारदेखी भारत बाट धेरै हिन्दु आर्यहरु नेपाल देश भित्रिए । यिनै आर्यहरु भारत बाट आएको हो भनेर भन्न गाह्रो मान्दछन । पछि गोर्खाको हिन्दु राजा पृथ्वी नारायण शाहले यो आन्दोलनमा आकर्षण रहेको कुरोलाई हृदयंगम गरि यसैलाई व्यापक र विस्तृत तुल्याई विभिन्न गैर हिन्दु राज्यमा रहेका आश्रित-आगन्तुक आर्य जातिलाई एक राज्य एक बिचारमा ल्याई एकबद्ध गरि गोर्खा भन्दा अलग अरु गैर हिन्दु गैर आर्य किरात राज्यहरुमाथि आक्रमण र कुटनीतिक षड्यन्त्र, जाल गर्दै आफ्नो कप्जामा पार्दै हिन्दु साम्राज्यको बिस्तार गर्न लागे । नेपाल देश आदिवासी जनजातिको सारा प्रान्त आफ्नो कब्जामा ल्याई सारा नेपाल आजसम्म पनि चलाई रहेको छ । हिन्दु साम्राज्य बिस्तारको यो अभियानमा अहिन्दु किरात राज्यहरुमा आई आश्रित भई बसिरहेको समस्त हिन्दु धर्मावलम्बी बाहुन अथवा तागाधारी जमातले पृथ्वी नारायणलाई सक्रिय सहयोग गरेको कुरा इतिहासको तथ्यहरुबाट देखिन्छ । यसरि हिन्दु साम्राज्य विस्तारको यो क्रममा गोर्खादेखि चारैतिर यथाशक्य विकसित भई रहेको अवस्थामा हिन्दुस्तानमा ब्रिटिश ईष्ट इन्डिया कम्पनीको प्रभुत्व सशक्त रुपले कायम भई सकेकाले हिन्दु साम्राज्य गोर्खाले पनि बाध्य भई सन्धि सम्झौता गर्न पर्यो ।
यसरी सन् १८१६ को ब्रिटिश इष्ट इन्डिया कम्पनी र नवागन्तुक बिजेता गोर्खा दरबारको सन्धि सम्झौताको कारणबाट हिन्दु सम्राट गोर्खाको भूगोलले स्थायित्व प्राप्त गर्यो भनौ वा गोर्खा सम्राटको सिमा निर्धारण हुन पुग्यो । बाहुन जातिहरु संगै हिन्दु धर्मको प्रवेश नेपालमा भएको हो । यिनै आर्य हिन्दुहरुले हामी गोर्खा नेपालि जातिहरु भारतको भुमिसंगै पुर्वान्चल पुर्वान्चलबासीलाई ( नेपालि गोर्खा किरातहरु ) ईतिहास साक्षी राखेर ठोकुवा साथ भन्नु सक्नु पर्छ पुर्वान्चलमा बस्ने कुनै सिमावर्ती विदेशी होइनौ, भारतमा राज्य माग्दा पनि किरात जातिले किरात राज्यनै भनेर दाबी गर्नु पर्ने हुन्छा ।
सन् १८१६ मा अंग्रेज ईष्ट ईण्डिया कम्पनीले भारतको लाहोर, गोरखपुर, दार्जीलिङमा सेना भर्ती केन्द्र खोलेर भारि मात्रामा नेपाली युवा ( किरात मूलको ) लिम्बु, राई, मगर, गुरुङहरु सेनामा भर्ना गरेको थियो । त्यहीबेला सुगौली भन्ने ठाउमा नेपाल र अंग्रेज शासित भारतको बिचमा जन सन्धि सम्झौता चुक्ति भयो त्यो सन्धि चुक्ति भएको परिणाम स्वरूप नेपालले अंग्रेज (भारत)-लाई सिमला, नैनीताल, मिसौरी, अलमोडा गडवाल, कुमाउ, देहरादुन ( पच्चिम खण्ड ) र पुर्व खण्डमा सुखिम, दार्जीलिङ, भुटानको दामखाङगडी र दामिलहाट, जलपाईगडी, कुचबिहारको केहि भूभाग र आसामको गोवालपाडासम्मको जगाहरु छोडिदिनु पर्यो । तबदेखि ति ठाउका बासिन्दाहरुपनी भारत कै बासिन्दा भयो ।
गोर्खा साम्राज्यको सीमा निर्धारण भई अब सीमा विस्तारको अर्को कुनै उपाय नभएपछि साम्राज्यवादी हिन्दु आर्यहरुले आफ्नो शासनलाई स्थायी र मजबुत बनाउने दिशातर्फ प्रयत्नशील भएको दिखिन्छ । जातिवादी विशिष्टता, त्रक्तमा पवित्रता र हिन्दु धार्मिक साम्प्रदायिकतालाई आफ्नो शासनको मुलभूत आदर्शको मूल्य र मान्यतालाई व्यवस्थागत हिसाबले स्थापित गर्न लागे । मनु स्मृतिलाई देववाणी मानि तेसैको आधारमा राजनैतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक, न्यायिक तथा समाजका सम्पूर्ण गतिविधि र क्रियाकलापहरुलाई नियोजित र संगठित गर्न लागे । यी क्रियाकलापहरुको फलस्वरूप क्षत्री जाति राजा हुने अहिन्दु किरात राजाहरु मासिने, प्रशासकीय गतिविधि र क्रियाकलापहरुमा क्षत्रिहरुकै एकाधिकार रहने, धार्मिक, संस्कृतिक, न्यायिक, आर्थिक, शैक्षिक गतिविधि र क्रियाकलापहरु गर्न बाहुन जातिको एकाधिकारमा रहन गयो । यसरि गोर्खा साम्राज्यमा तागाधारी र गैर तागाधारी समाजको सृजना हुन गयो । गैर तागाधारी भूमिपुत्रहरु आफ्नै स्थानमा पराजित हुन पुगे । ईतिहास हेर्दा किरातभित्र पर्ने किम्बु, राई, मगर, गुरुङ, तामाङ, शेर्पा, लेप्चा इत्यादि जातिहरुले नेपाली गोर्खा भन्नु गाह्रो पर्छ, किनभने पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्न अघि पश्चिम क्षेत्रदेखि पुर्व क्षेत्र ( पल्लो किरात ) लिम्बु, ( वल्लो किरात ) गुरुङ, मगर, घले आदिको आ-आफ्नो स्वतन्त्र राज्य थियो, माझ किरातमा ( सोलखम्बु ) राईहरुको आफ्नो स्वतन्त्र राज्य थियो । किरात मुलको यी उल्लेखित जनजातिहरुको धर्म, भाषा-लिपि, संस्कृति भेष-भुषा, परम्परा छुट्टै छ । नेपाली गोर्खा हिन्दु धर्मसित हाम्रो धर्म, परम्परा मिल्दैन । २० अगष्ट १९९२ सन् पछी भारतबासी नेपाली ( गोर्खा ) भाषाको मान्यताले किरातहरुलाई शुन्यमा पुर्याएको बुझिन्छ ।
बलिहाङ ( बलिराज ) भन्दा पहिले किरातहरुले मानिल्याएको चाडपर्व याक्वा सेवा, चासोक सेवा, माघे संक्रान्ति र श्रावणको संक्रान्ति मात्र थियो । बलिहाङ जीवन र मृत्युको भविष्यवाणी गर्न सक्ने विद्वान थिए । कार्तिकको औसी रातमा यमराज आएर वाहाको आत्मा लिएर जानेछ भनि सभासदमा बताउनु भयो । त्यो दिन आईपुग्यो । बलिहाङ मुर्छित अवस्थामा लम्पसार हुनुभयो । ती औसीको अन्धकार रातमा सबैजना राजा बाचोस भनेर भजन-किर्तन, गीत गाउदै बसे । यम मन्चकको समय बितेपछि बलिहाङ लामो-लामो सास फेरेर आफ्नो प्रमुखहरुतर्फ फर्केर भने-मृत्युबाट बाचेकाले राजाले सम्पूर्ण प्रजाहरुमा खुशीयाली मनाउदै सुभ समाचार सुनाउदै नाच्दै-गाउदै गाउँ-गाउँ, ठाउँ-ठाउँमा शुभ सन्देश पुर्याउनु भने । त्यसबेलादेखि किरातहरुमा लेख्ने चलन भएको हो । त्यो चाडको प्रभाव सबै नेपाली भाषी गोर्खाहरुमा परेको हुदा अझपनि पालन गरिरहेका छन् । खासमा यो किरात संस्कृति हो । बलिहाङको राज्य शासन क्षेत्र हिमाली सेरोफेरोमानै थिए भन्ने भौगोलिक मानविक रुपान्तर बाट जान्न सकिन्छ । बकिहाङ प्रह्लादको नाति तथा विमोचनका छोरा थिए । बलिहाङको जेठा छोरा बाण असुरको शोनितपुर जिल्लाको अग्निगड़मा राजधानी थियो । तिनताक बाणासुरको राज्य नेपाल खाल्डोसम्म थियो भन्ने ईतिहासमा उल्लेख छ । बाणा असुरको पिता बलिहाङको दरवार पनि यही हुनुपर्छ । शोणितपुर जिल्लाको शिङरी अन्तर्गत गुप्तेश्वर मन्दिर देखि उत्तेर ति'र एउटा प्राचीन भग्नावशेष देख्न पाईन्छ । यो भग्नावशेष नै बलिहाङको छोरा बाणासुरको हुनुपर्छ, तेजपुरको अग्निगडदेखि एक किलोमिटर पूर्वमा भग्नावशेष छ । यो बमुनी पहाडमा प्राचिन समयमा बिष्णुको मन्दिर भएको देखाएको छ । खासमा बामुनी पाहाड़ विष्णुले ब्राह्मण रुप धारण गरि भिक्षा दान माग्न जादा छल-कपट गरि बलिहाङलाई पतन गरिएको हुनाले हिन्दु ब्राह्मण बाट यी ठाउको नाम बामुनी पाहाड़ भनि नामाकरण गरेको अनुमान गरिन्छ ।
भारतको पुर्वान्चल भेकमा अनार्य मुलका हिन्दु धर्मावलम्बी नरकाशुरको हातमा सत्ता आएपछि यहाको किरात प्रजाहरुलाई अत्याचार गरि खेदी पठाएपछि हिन्दु धर्म मान्ने अन्यान्य गोत्रका मानिसहरु ल्याएर बसाएपछी यस ठाउको नाम-निशान सबै लामो समयको अन्तरालमा परिवर्तन हुदै, मेतिदै आएको अनुमान गरिन्छ । सातौ शताप्दीको शुरुमा वर्तमान भुटान राष्ट्रको दक्षिण पट्टिको भूभाग लगायत वर्तमान आसाम प्रान्तको ओदालगडी, सिमलगडी, धुबगडी, मायनागडी, शिलगडीसम्मको भूभागमा अर्थात पुर्व अदालगड़ीदेखि पश्चिम शिलगड़ीसम्मको उत्तर खण्डमा किरात चोङहरुको बसोबास थियो भन्ने ईतिहासमा उल्लेख छ । यो भूभागमा किरात चोङहरुको बसोबासो गरेका समयमा नामाकरण भएको ठाउँहरु अझपनि केहि मात्रामा परिवर्तन भई चलिरहेको छ, जस्तै अदालगडी जिल्लाको सात धरिया अन्चलमा पर्ने जोरा पोखरी, सामराङ अन्चलमा पर्ने भोटे झार, भोटे चोङ (हालमा भुटिया चाङ), राजा गड, बास्का जिल्लाको भेटे खौर, कुमरीकाटा अन्चलको मिजगडी, कोकराझार जिल्लामा लङपा (अठियाबारी), मुढे (सरलपाडा), भदैगडी, आदिहुन । यस भेकमा अनुसन्धान गरिएमा ती समयका भग्नावशेषको रुपमा रहेका स्थानहरु धेरै प्राप्त गर्न सकिने सम्भावना छ । भुटानको दक्षिण भूभागमा पनि किरात चोङसित सम्बन्धित थुप्रै गाउँ-ठाउँको नामहरु पाईन्छ भन्ने अनुमान गरिन्छ । बङ्ग तथा कामरुपको राजा सिंगलदिप पर्सियाको राजा अफ्रिसियाबको हातमा नराम्रो गरि परास्त भएपछी बन्दि भएर पर्सियामा लिएर गएपछि कामरुपको राजासट्टा शलस्तम्भ र पालवंशका हातमा पर्यो । त्यसपछि किरात चोङहरु बसेको भूभागमा पनि उत्पात गरेपछि बस्न नसकी अलपत्र भएको अनुमान गरिन्छ ।
यो आसाम तथा पुर्वान्चल भेकमा किरातहरुको आओ-जाओ प्राचिनकाल देखिनै भई आएको बुझिन्छ । घटोत्कोच स्वयम् यस भूभागका शासक थिए । नेपालका राजा जयदेवले आसामका राजा हर्षदेवको छोरीसित विवाह गरेका थिए । त्यसैबेलादेखिनै आउने-जाने क्रम अझ बढदै गयो । यसैबेला पुर्वान्चल खण्डको सातवटा प्रान्त किरातहरुको मावली सरह आफन्तको गाउँ हो भनि ठोकुवा साथ् भन्न सकिन्छ । यो कुरो सुनीति कुमार च्याटर्जीले पनि वैवाहिक सम्बन्ध भएकोले प्रजाहरुमा पनि आउने-जाने, व्यापार-वाणिज्य गर्न आधार बढदै गएको कुरो ईतिहासमा उल्लेख गर्नु भएको छ । भोट-बर्मेली भाषा बोल्ने किरातहरु हिमालयको दक्षिणतिर पहाडको फेदीमा र ढाल ईलाकामा बस्न थालेको ई॰ पू॰ १००० वर्ष देखिको हो । पौराणिक कालदेखि वर्तमान पश्चिम बंगालको जलपाईगडी जिल्लाको भूभाग किरात चोङ लगायत खम्बु, याखा, सुनुवार आदिको बसोबास थियो । दशौ शताब्दीमा लेखिएको कालिका पुराणले प्राचीन कामरूप राज्यको उल्लेख गरेको छ । सातौ शताब्दी यता दामसाङगडी (दार्जीलिङ) को आसपासहरुमा किरात चोङ, लगायत खम्बु, लेप्चा, भोटे, तामाङ, शेर्पाको बसोबासो थियो । प्राचीन समयमा पुर्वान्चल भेकमा बसोबासगर्ने किरातहरुले एउटाई भाषा-लिपि प्रयोग गर्थे, लेख्ने, पड़ने, बोल्ने गर्थे भनेर पुष्टि गरेको छ ।
किरात चोङको भाषा-लिपि शब्दकोषमा टाईरोङ शब्द छ जसको अर्थ टाईवंशको राजा भन्ने हुन्छ । टाईरोङ शब्दबाट आसामको एउटा जिल्लाको नामाकरण अप्रभंश भई दरङ भएको हुनु पर्दछ, यसबाट पनि किरातहरुको बासस्थान भएको भन्ने पुष्टि गर्छ । तिनताकदेखि महादेवलाई किरातहरुले ईष्टदेव (थेबाहाङसाम) मान्दै आएको र इष्टदेवी भनेर कामाख्या माई (युमासाम)-लाई पुजिल्याको हो र अझपनि किरात धर्म मान्नेहरुले आफ्नै प्रकारले पुजि नै रहेको छ ।
किरातहरुको आफ्नै धर्म, भाषा-लिपि, साहित्य र संस्कृति प्राचीनकालदेखिनै भई आएको थियो, अझपनि अवशेषको रुपमा रहेको छ, तर यी भौतिक विषयहरु पराई धर्म, भाषा, संस्कृतिको प्रभावमा लामो समयको अन्तरालमा परेर, मुछिएर बिर्सिनु पर्यो । यसरि किरातहरु आफ्नै मौलिक अधिकारबाट पनि आफै बन्चित भएको देखिन्छ । त्यसकारण किरातहरुले आफ्नो धर्म, भाषा-लिपि, संस्कृति बिर्सिने किरातवंशको सम्झानामा अब कुनै बाटो नभुली एकसुत्रमा बाँधिएर सामुहिक उन्नति गरौ भन्ने वास्तविक प्रयास हो । तसर्थ प्राचिनकालदेखिको खास परिचय किरात हो, बिचमा आएर गोर्खा भयौ, हालमा नेपालि भनेर चिनेको छ । तर आसामको इतिहासले किरातहरुलाई नेपालि-गोर्खा जाति भनेर केही माँग्दा चिन्दैन र दिदैन । भारत तथा आसामको इतिहासमा पनि किरातहरुकै वर्णन पाईन्छ । सुर्यवंशी, अग्निपुत्र, कश्यपऋषी आदि उल्लेख गरेको पाइन्छ, यस्तै प्राचिन्ताको प्रमाण र आधारहरु लिएर किरात सम्बन्धि मौलिकताको ज्ञान हासिल गर्न किरात धर्मलाई अंगाल्नु जरुरि देखिन्छ, अबको आउँदो दिनहरुमा समयको परिवर्तन संगै आफ्नो किरात मौलिकतामा रुमलिएर सबैको सामुन्ने आफुलाई किरात भनेर परिचय दिने बेला आएको छ ।
समाप्त नोगेन ।
कालीपुर - १, बास्का जिल्ला, आसाम ।
लेखक :- किरात धर्म तथा साहित्य उत्थान संघ, प्रान्तीय समिति, आसामको अधक्ष हुनुहुन्छ ।
सन्दर्भ पुस्तक :-
१. ईमानसिङ चेमजोङको संक्षिप्त जीवनी,
२. जनजातिमा आधारित इतिहास - ईमानसिङ चेमजोङ ।
३. जनजातिमा आधारित सत्य दर्पण - काजीमान कन्दङवा ।
४. कि॰ध॰त॰सा॰उ॰सं॰ प्रान्तीय समिति आसामको गतिविधि - खिलकुमार चोङबाङ ।
५. दिव्य मेरु - गोपिलाल लिम्बु, नेपाल ।
६. किरात मंगोलियन वर्णमाला - आसमान लाबुङ, नेपाल ।
Thursday, 12 April 2018
किरातीहरुको जन्म तथा न्वारन कर्म
किरातीहरुको जन्म तथा न्वारन कर्म
जब किरात जातिमा बच्चा जन्म हुन्छ तब, छोरा होस या छोरी उनीहरुको पहिलो कर्म हुन्छ न्वारान । छोरी भए (३) तिन दिनमा र छोरा हो भने (४) दिनमा याङदाङ फोङमा गरिन्छ । याङदाङ फोङमा गरेपछि नानी जन्मेको दश / एघार (१० / ११) दिन पुगेपछि नानी र आमा दुवैजनाको माङ्गेन्ना (शिर) पुजा गरिन्छ । छोरा भए (१०) दश दिनमा र छोरी भए (११) दिनमा माङ्गेन्ना (शिर उठाउने) गर्नु पर्दछ । अनि जन्मेको बाईस (२२) दिन पुगेपछि फेरी ईस्टदेव माङको पूजा-आराधना कुल-पितृ, युमाथेबा अर्थात सुम्निमा र पारूहाङको पूजा सकेपछि धुपबत्ती, सुनपानीले साम्जिक मुन्धुम वाचन गरि शुद्ध गराएपछि पूर्णरुपमा चोखिन्छ र सुत्केरीले छोएको पकाएको, बनाएको खानु हुन्छ , अथवा माङहिम देवस्थलमा प्रवेश गर्नु हुन्छ । किरात धर्मको कर्म, संस्कार रीति-रिवाजको पहिलो संस्कार यहि रुपमा शुभारम्भ हुन्छ ।
सरलपाडा साखा समिति
Thursday, 5 April 2018
कुन-कुन जातिहरु किरात हुनत ?
कुन-कुन जाति किरात हुन'त ?
इतिहासबारे अध्ययन अनुसन्धान एवम् खोज गर्नेहरुको निष्कर्षले किरात 'जाति' नभएर 'सभ्यता' भएको सत्य देखाउँछ । किरातले कुनै एक निश्चित जातिको प्रतिनिधित्व गर्दैन बरु आर्य सभ्यताभन्दा छुट्टै सभ्यता भएका अनेक जातिहरुको संयुक्त सभ्यतालाई किरात भनिएको देखिन्छ । यसरी हेर्ने हो भने पूर्वी नेपालका राई
लिम्बू याक्खा सुनुवारमात्र किरात होइनन् । किरात इतिहास एवम् संस्कृतिका खोज तथा अनुसन्धाता हेर्दा। ईमानसिङ चेम्जोङका अनुसार 'वर्तमान समयमा लिम्बू र राईमात्र किरातका रुपमा प्रख्यात भए तापनि गुरुङ, मगर, थकाली, सुनुवार, थारु, तामाङ, शेर्पा, कागते, लेप्चा, मेचे, कोचे, धिमाल, दनुवार, किरात हुन् । त्यसरी नै अर्का खोज तथा अनुसन्धानकर्ता डोरबहादुर विष्टका अनुसार- किरात सन्तानहरुमा आफ्नो मातृभाषाको रुपमा तिब्बत-बर्मेली भाषिकाहरु बोल्ने राई, लिम्बू, सुनुवार, हायू, गुरुङ, मगर, थकाली, श्रेचे र काठमाडौंका पहिलेका सम्मिश्रण रहेको कुरामा धेरैको मत मिल्न जान्छ । थारु जातिको चर्चा गर्ने क्रममा राहुल सांकृत्यानले लेख्नुभएअनुसार हिमाली जातिहरुको भाषा तथा कुराको अध्ययनबाट थाहा हुन्छ कि हिमालय र त्यसको तराई क्षेत्रमा पन्जाबदेखि कश्मिरसम्म बसोबास गर्ने आदिवासी किरात थिए । त्यस्तै अर्का खोजकर्ता सुनीतिकुमार चटर्जीको भनाइमा कश्मिरदेखि थाइल्याण्डसम्मका हिमाली तथा पहाडी भेगमा बस्ने भोट-बर्मेली तथा चिनी-बर्मेली भाषा परिवारका भाषा बोल्ने सबै मंगोलियनहरु किरात हुन् । यसबाट किरातभित्र बहुल जातिको अस्तित्व भएको कुराको पुष्टि हुन्छ । त्यस्तै श्री गोयलको मतमा नेपालका नेवार, लेप्चा, मगर, गुरुङ यी सबै किरातका विभिन्न शाखा हुन् ।
यसरी किरात कुनै निश्चित जाति नभएर विभिन्न जातिहरुको सामूहिक रुप हो भन्ने तर्क दिने धर्मरत्न यमीका अनुसार हिमालयका विभिन्न क्षेत्रमा बसोबास गर्ने मगर, गुरुङ, कुसुण्डा, खस,लिम्बू, खम्बू, तामाङ, चेपाङ, धामी, भिस्सा, न्यानो, नोहाङ, नेवार इत्यादिको बोलचालबाट थाहा हुन्छ यी जनसमुदाय किरात जातिका थिए भनेर । त्यस्तै प्राज्ञ केशवराज पंडालीका अनुसार इतिहासविद्हरुका अनुसार वर्तमान नागाल्याण्डका नागा, आसामका खासी, गारो तथा चुनिया जातिहरु नेपालका थारु अहिले ज्यापू कहलिएका कतिपय थरीहरु किन्नोर उपत्यकाका किन्नरहरु कुमाउ-गढवालका राजकिरात सबै किराती हुन् । यसरी नै अर्का विद्वान् नरहरिनाथका अनुसार यक्षका सन्तान हौं भन्ने आजका गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, याक्खादेखि पहाड र हिमालयमा पाइएका अस्तित्वको सङ्घारमा पुगेका थुप्रै जातिहरु किरात हुन् । त्यस्तै हर्षबहादुर बुढा मगरको मतमा हिमालयका विभिन्न ठाउँमा बसोबास गर्ने मगर लिम्बू राई तामाङ च्यापुङ नेवार आदि किरात हुन् । यसरी थुप्रै विद्वान् खोज तथा अनुसन्धानकर्ता इतिहासविद्हरुका अनुसार किरात कुनै निश्चित जाति होइनन् बरु अनेक जातिहरुको संयुक्त सम्बोधन हो भन्ने बुझिन्छ ।
संकलक :- शेर बाहादुर सुब्बा हेम्ब्या
सरलपाड़ा कोक्राझार असम
Wednesday, 4 April 2018
किराती हरुको चाड पर्व
" किराती हरुको चाड पर्व "
शेर बाहादुर सुब्बा हेम्ब्या
(१) वैशाख १ गते,
नया वर्ष प्रारम्भ कि.सा.मु. ( किरात साम्जिक मुन्धुम ) निसाहिमको स्थापना ।
(२) वैशाख १२ गते,
किरात सहित टेक बाहादुर अन्छङबो स्मृति दिवस ।
(३) वैशाख २४ गते,
किरात समाज सुधार दिवस साकेला उभौली पर्व ।
(४) वैशाख २५ गते,
राईहरुको प्रमुख चाड शाकेवा नृत्य ।
(५) अषार ४ गते,
गुरु निजि आश्रम कृषि समितिको स्थापना दिवस ।
(६) अषार ९ गते,
कि.चो,मु.अ. ( किरात चोत्लुङ मुजोत्लुङ अङसिमाङ ) माङगेना सेवा समितिको स्थापना दिवस ।
(७) श्रावन १९ गते,
किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्झुम्भो स्थापना दिवस साथै किरात साम्यो सुनुगेन थक्सुवा स्थापना दिवस ।
(८) भदौ ५ गते,
किरात जोतिष उत्थान संघ स्थापना दिवस ।
(९) असोज ५ गते,
किरात हकचात पान्झुम्भो दिवस ।
(१०) कार्तिक १९ गते,
बलीहाङ तङनाम दिवस । ( बलीहाङ राजाको पूजा गर्नेदीन )
(११) कार्तिक २५ गते,
राष्ट्य बिभुति महागुरु फाल्गुनन्द जन्म जयन्ति साथै किरात हाङसा मुजोत्लुङ माङहिम स्थापना दिवस ।
(१२) मंसिर १८ गते,
किरात धर्म गुरु लिङदेन आत्मानन्द सेईङ ज्युको जन्म दिन साथै किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो स्थापना दिवस, महागुरु फाल्गुनन्द रास्ट्य विभुवित गरिएको दिन ।
(१३) मंशिर २० गते,
धन्य पुर्णिमा त्योअङसी पहिलो शाहित्यकार सिरिजंगाको जन्म जयन्ती , साथै मुवेक्वा चेसोक सेवा ( उधौली पूजा )
(१४) पौष १७ गते,
शाहित्यकार ईमानसिङ चेमजोङ जन्म जयन्ती ।
(१५) माघ १ गते,
किराती हरुको नवर्ष प्रारम्भ ।
(१६) माघ ५ गते,
खिवेक्वा याक्वा सेवा ( उभौली पूजा ) ।
(१७) फाल्गुन ३ गते,
मुहिगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन जन्मोत्सव ।
(१८) चैत्र २२ गते,
महागुरु फाल्गुनन्द ज्युको शोक दिवस ।
Kokrajhar assam ( Saralpara )
Thursday, 29 March 2018
गजल
आसुँ लुकाई हास्नेहरु धेरै भेटियो
आफन्तमा मुटुकाटने धेरै देखियो
पराईनै भएपनि कोहि कोहि
आफन्त जस्तै भैदियो
Sher Bdr. Subba
“विश्वशान्ति र मानव एकतामा किरात धर्म”
“विश्वशान्ति र मानव एकतामा किरात धर्म”
लेखक प्रा. डा. नोवल किशोर राई
१.उठान -आजको हाम्रो समाज भौतिक विषय बस्तुहरुमा मात्र रुमलिएर रहेको देखिन्छ । मानिसहरु नाम र दाम कमाउने कुरामा तछाड-मछाड गरेर लागेको हुन्छन । हिजो के थिए? र काहा थिए? अनि भोलि काहा र के हुने हो भन्ने विषयमा अति कम व्यक्तिले मात्र सोचेको पाईनछ । अर्थात् ‘पाउने’ विषय मा खुशी अनि ‘गुमाउने’ कुराले दुखि हुनेहरुको संख्या अधिक छ, यो संसारमा । भौतिक सुख आनन्द मात्र उपलब्धि हो भन्ने विश्वासमा संसार भुलेर बसेको देखिन्छ । हिजो र भोलि को कुरामा मनिषलाई विश्वासनै छैन अथवा यो विषयले चस्को दिए पनि यसबारे चिन्तन गर्ने फुर्सत छैन हामीलाई । यथार्थ भौतिक कुरा मात्र नसोची अलिकति भए पनि आध्यात्मिक विषयमा चासो राखने हो कि ! आध्यात्मिक विषय वस्तुमा प्रवेश लिदा भौतिक जीवन-जगतका सबै कुरा त्याग्नु पर्ने चाही होइन भन्ने कुरा मन मा राखनु पर्दछ ।
२. धर्मको अर्थ -
हामीमध्ये धेरै जसोले धर्मको सहि अर्थ बुझेका पनि हुदैनौ अनि येशको गलत व्याख्या गरिरहेका हुन्छौ यथार्थ यहाँ धर्मको अर्थ खोलने मनसायले सबभन्दा पहिले सब्दाकोसिय अर्थको चर्चा नेपाली बृहत सब्दाकोशले ‘धर्म’ सब्दको अर्थ एसरी दिएको छ:-
धर्म- ना. (सं.) १. व्यक्ति वा वस्तुमा सधै रही रहने गुण वा मूल वृत्ति, प्रकृति स्वभाव । २. स्ववाभिक गुण, सहज वृत्ति । ३. स्वर्ग प्राप्त गर्न सकिने लोकविस्वास भएको पुण्य कार्य, पुण्य कर्म । ४. कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा ब्यवास्ताको लागि अंगालिने कर्म वा कर्तब्य (जस्तै- मानव धर्म, नारिधर्म, युगधर्म इ.) । ५. असल आचरण, सदाचार, नियम । ६. पुण्य, सत्कर्म । ७. इश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रबिहित कर्म । ८. कुनै महापुरुसले चलाएको मत, सम्प्रदाय ।
उपयुक्त धर्मका अर्थहरू केलाएर हेर्दा स्पस्ट थाहा लाग्ने कुरा के रहेछ भने यो गुण केवल मानवले मात्र धारण गर्ने स्वभाव रहेछ । यो व्यक्ति मा रहने बिशिस्ट गुण रहेछ भनि निहीत बिशेस गुण हो भनेर ठान्नु पर्ने रहेछ । अर्कोतिर एस्को अभावमा हामी मानव भनेर चिनिन सक्तैनौ र हाम्रो समाज पनि विश्रीङखलित रहेछ भन्न सकिन्छ । सृष्टीको शुरुवात्बाटनै कुनै पनि पदार्थहरुमा खास गुण रहने भएकाले त्यसलाई सो पदार्थको विशेस गुण भनेर चिनियो भनि मानव समुदाय मा भने परिवार वा समाजमा रहनु पर्दा मानव धर्म नअपनाएमा सम्बन्धित व्यक्ति वा उसको समाज नियमत हुन सक्दैन । तसर्थ यस अर्थमा धर्म भन्ने बस्तु एउटा अनुसासन पनि हो । यहि वृत्ति, प्रबृत्ति, गुण, स्वभाव, आचार, सदाचार आदिलाई अझ-उपल्लो तहसम्म विशिष्टीकरण गरेर मानव समुदायका अनेक महापुरुसले कुनै खास मार्ग पन्थ वा धर्मको अभ्युथान गरेर आफ्नो समाजमा स्थापित गरेका छन् जसलाई अरु अनुयायीहरु अगाडी लैजाने काट्य गरे । यसै अनुरुप हाम्रो समझमा हिन्दु, मुस्लीम, इशाई, बौद्ध, शिख, ताओ, शिन्तो, बहाइ आदि अनेक मार्गहरु प्रचलित भए । समय र भूगोलका कुनै खासखास बिन्दूहरुमा इ धर्महरुको विकास र विस्तार पनि भयो मानिसहरुले यसलाई आफ्नो ‘आस्था’ र ‘परिचय’ को केन्द्रका रुपमा पनि मान्न थाले ।
३. किरात धर्म-
नेपालमा किरातहरु निक्कै प्राचिन आदिबासीहरु भनेर चिनिएका छन् । अन्य मानव समुदाई सरह नै किरात जातिले पनि एउटा मूल वृत्ति, प्रबृत्ति र सदाचार अपनाएर आफ्नो खास मार्ग रेखांकन गरेर ल्याए । सम्पूर्ण किरात जनसमुदायले युगयुगादी देखि अपनाएर ल्याएको यस मार्गलाई ‘किरात धर्म’ भनेर चिन्न थाल्यो । लामो कालखण्ड सम्म लेख्या परम्परानै सिमित भएको रह्यो । भूगोलको अनेक पाराहरु र समयका अनेक मोडहरुमा यो मार्गमा पनि विविधताले प्रवेश पायो । जुन कुरा बिकसित मानव सभ्यताको लागि अपेक्षित् नै हो । समयको चर्को घाम ले जति नै तक्सिएपनि , भूगोलको चक्करले जतिनै ‘कुइनेटो’ मा पारे पनि आदिम काल बाट प्रारम्भ भएको किरातीहरुको मार्ग ‘किरात धर्म’मा मुलत: निम्न वृत्ति, प्रवृति वा आचार परिवर्तन भएन । यसर्थ धर्मका नामले किरातीहरु आज पर्यन्त निर्विवाद रुपमा मानेर आएका मुख्य तिन बिषय हुन्:-
प्रकृति पूजा
पितृ पूजा
सत्मार्ग
३.१. प्रकृति पूजा-
किरातीहरुले पुरापुर्वकाल देखि नै प्राकृतिका साथ आफ्नो जीवनको तादम्यता कायम गरि आफुलाई येशको उपज हो भन्ने ठानी यसको पूजा अर्चना अनि शुरु गरेका हुन् । अर्थात् किरातहरु आफुलाई ‘प्रकृत्ति पुत्र’हरु भनि ठान्दछन र यशलाई आफ्ना ‘जिबन दाता’ का रुपमा मन्दछन् मान्दछन । जसले जसरी पूजा अर्चना गरेपनि माटो, हावा, पानी, वन, वृत्त, जल, आकाश, चन्द्र, सुर्य, पृथिवी, ग्रह-नक्ष्यत्र आदि प्रकृतिलाई अत्यन्त आदरका साथ पहिलेदेखि चली आएको कुरा हो । पहाड, बन, जंगल, खोला, नाला आदिलाई आत्मा र परमात्माको प्रतिक यिनका सन्ग्रक्ष्यन् र संवर्धनमा लग्नु पनि किरातीहरु आफ्नो धर्म मान्दछन । ठुलो चट्टान, रुख-वृक्ष्य र नदिनालालाई ‘इश्वरीय रुप’ मानेर पूजा गर्ने अनि ईनलाई क्षय हुनेबाट जोगाउने काम पनि किरात धर्म नै हो । पनि वा पानीको मुहान फोहोर नगर्नु, प्राणीहरुलाई दुख नपुच्याउनु भन्ने पाठ हरेक किरातीहरुलाई सानै देखि आमा-बुवाले सिकाएर ल्याएकै हुन्छन । इ प्राकृतिक बस्तुहरुमा देवात्मको बास रहेको हुन्छन भन्ने हाम्रो मान्यता छ । यशरि कुनै पनि प्रकारको प्राकृतिक विचलनले मानवजातिमा आपद-विपद आइलाग्छ भन्ने कुरा किरातीहरुको ठुलो धार्मिक विश्वास हो । कतिपय ठुला र पबित्र नदि वा पहाडको नाम समेत उच्चारण गर्न नहुने कुरा हामी सबैलाई थाहा भएकै हो किनभने हामी किरातीहरु आफ्ना मान्यजनको नाम लिन मान्दैनौ पनि । तेसैले किरातीहरुको लागि प्रकृति आमा-बुवा र इश्वर दुवै हो ।
३.२. पितृ पूजा -
आत्मा अमर हुन्छ भन्ने कुरा सबैले मानेकै छन् भने किरातीहरु यस मृत्युलोक बाटा परलोकमा प्राप्त गर्ने आफ्ना पुर्खाहरु देवतुल्य हुन्छन भनेर विश्वास गर्दछन् । आफ्ना पुर्खाहरुको आत्मा उसलोकमा भए पनि यसलोकमा रहने आफ्ना सन्तानका रक्ष्यार्थ सक्रिय हुने हुनाले उनीहरुको पूजा अर्चना गरि रहने किराती परम्परा हो । कुनै पनि किरातीको मृत्यु पश्चात उसको आत्मालाई ठिक संग ‘पार लाउने’(मुक्ति दिने) काम गरिन्छ जसलाई ‘पारंगत’ पनि भन्ने चलन छ । मनुष्य चोला क्षगभंगुर छ र मृत्यु पछि उसलोक मा गइसकेपछि हाम्रा पुर्खाहरु कतिपयले आफ्नो इच्छा अनुसार आ-आफ्ना स्वजनका कुल मा पुनर्जन्म भएर आउने र अरु त्यसैलोकमा देवगजका साथ रहने हाम्रो विश्वासले पितृपूजा गरिएको हो । उहाहरुको नामोच्चारणका साथ शुद्ध जल, प्रसाद नैवेध्य र अन्य शुद्ध भोजन पनि अर्पण गर्ने कामलाई पितृपूजा भनिन्छ । यसो गर्नाले हामी प्रिथिवितलमा रहने सन्ततिहरुमा सुख-शान्ति प्राप्त हुन्छ भन्ने हाम्रो विश्वास छ । कुनै कारणबस बाटो भुलेर अमुक्त भएर रहेका आत्माहरुलाई पुनमुक्ति दिलाउने काम र मुक्त आत्माहरुसंग सम्वाद गर्ने काम पनि किरातीहरुका लागि अनौठो कुरा होइन । यसलोक र परलोकको बिचको सम्बन्ध, हिजो-आज र भोलिको जन्ममा विचको तादभ्यताको विषय पनि किरात जनविश्वासले ठाउँ ओगटेको छ ।
३.३ . सत्मार्ग -
किरातहरु जसरी प्रकृतिको चक्र र पितृहरुको अस्तित्वका विश्वास राख्दछन । त्यसरी नै ‘सत्य’ को पक्षमा पनि दृढ छन् । सत्यमा अटल रहनु पर्दछ र यसबाट ‘च्युत’ हुन गएमा यसलोक वा उसलोक कतै न कतै यसले पछ्याएर दण्डको भागी हुनुपर्दछ भन्ने मत राख्दछन । सुरुसुरुमा सबै लेनदेन को व्यवहारहरु मुखको भरमा हुने गर्दथ्यो भने आजभोली कतिपय कुरामा लिखित राख्ने गरिएता पनि मूल कुरा ‘ सत्य ’ मा आउनू आफ्नो धर्म ठान्दछन , किरातीहरु । सत्कर्म र सत्मार्गको बाटो लिएर आज सन्तुस्ट हुने किरातीहरु यसले भोलिको जीवन पनि सुखमई हुने विश्वास राख्दछन ।
यहानेर यो पक्तिकार एउटा सानो घटनाको उल्लेख गर्ने अनुमति चाहन्छ -
लगभग वि.सं. २०३२-३३ सालतिर एकजना मिथिलाबवासी सहकर्मीसंग इलाम , पाचथर , ताप्लेजुंग आदि किरात क्षेत्रहरुमा भ्रमण गर्ने अवसर मिल्यो । ती क्षेत्रहरुमा घरमा तालाचाबी नलाउने , लुगा फाटा धोएर बारीमा सुकाई राख्ने र भाडा वर्तनहरु धारामा त्यसै छाडीराख्ने गरेको देख्दा ती मित्रले आसर्य माने अनि उनका घरमा यो कुरा सुनाउदा “ आझ पनि कतै ‘ रामराज्य ’ रहेको ” भनेर उनका पिताले भनेको कुरा सुनाउदाथे । ढ़ाँछ- छल चोरी – चकारी र लुटपाटका घटनाहरुको कमि हुने किराती क्षेत्रका कुरा यथार्थ हो ।
परापुर्व कालदेखि नै सरल जीवन र अशल चरित्रमा आस्ता राख्ने किरातिहरमा यदाकता कुल्धर्म र जातिय मर्यादाबाट बिचलित हुनु पुग्दा समुदायमा रहेको बुडापाका र मान्यजनहरुको सकारात्मक हस्ताक्षेप र मार्गदर्शनले सदै स्थान लिरहेको पनि सत्य हो । आफ्नो समुदायमा घट्ने घटनाहरु प्रारम्भिक जाच बुज़ र निरुपणका उपायहरु सदै जानिफकार बुढापाकाहरुबाटा हुने गर्दछ र प्राय ; यी कुराहरु सर्वमान्य हुने किराती समाजको विशेषता पनि हो । समाजमा भला – पन्चहरुबाट निसृत ‘ पन्चवाक्य ’ ले अजै पनि धार्मिक र बौधानिक दूवौ मान्यता पाइरहेको बिषय किरात धर्मको प्रचलित नमुना हो जुन कुरा सत्वुद्धि सतविवेक र सत्धर्ममा आधारित छ ।
४ . महागुरु फाल्गुनन्दको उदय -
ईश्वरको लीला भन्ने बा सृष्टिको चक्रले गर्दा गत सताब्दीको मध्यतिर किरात कुलमा मानवचोलाको रुपमा महागुरु फाल्गुनन्दको जन्म भयो । यो घटना वि. सं. १९४२ कार्तिक २५ गतेको हो र उहा एउटा सामान्य कृसक परिवारका सदस्यका रुपमा यो धर्तिमा पदार्पण गर्नु भयो । उहाका बाल्यकाल र किसोरावस्था अरु कृसकका छोरा सरह नै ब्यतित भएपनि पटक पटकको देसदर्शन र दिववाणीले उहाको व्यक्तिगत जीवनमा ठुलो प्रभाव पर्यो । उहा बाल्ब्र्हम्मचारी रहनु भयो , सत्य धर्मको पालक भएर आत्मा सजन र अन्यात्रलाई पनि मार्ग दर्शन गराइरहनु भयो । आजको समाजलाई विश्वास नहुन सक्छ तर उहामा अद्भुत र अदृश्य दैवी सक्ति थियो जसको कारणले सामान्य मानिसले गर्न नसक्ने कैयौ चमत्कारी कार्यहरु गरेर आफ्ना अनुयायीहरुलाई सत्कर्म र सत्मार्गतिर सधै डोर्याउनु भयो । क्रुर राणाकालले घनघोर अध्यारोमा पिडा भोगिरहिको किरात तथा गैर किरात समुदायलाई सुर्य समान भएर उज्यालो र न्यानो ताप प्रदान गर्नु भयो । येशु क्रिस्ट लगायत अन्य धर्महरुले पनि जेलनेल भोग्नु परेको थियो । सायद यस्ता यातना सक्तिले मात्तिएका र अज्ञानताले अन्धा भएका क्रुर शासकहरुको परिचित दिन र स्वजनहरुका मुक्तिका लागि रचिएका ‘ दैवीखेल ’ नैपो हो कि ?
४,१ सत्यको अनुरागी मार्गदर्शक महागुरुफाल्गुनन्द -
यो लेखको अभिप्राय महागुरुको जीवनी विस्तार गर्नु नभएकाले उहाले निर्माण गर्नु भएका सत्मार्ग र त्यसमा ‘ ताते ’ गर्नु सिकाउनु भएको शिक्क्षाका मुलभूत विषय मात्र प्रकाश गर्ने छ ।
४.१.१. महागुरुको दैविशक्ति र प्रभाव -
केवल प्रवचन मात्र सुनेर पत्यार नलाग्ने जनसमाजलाई केहि न केहि चमत्कार त चाहियो नै । महागुरुलाई इश्वरीय वरदान प्राप्त थियो अनि यसको प्रयोग असल कार्यका निम्ति र दुर्जन नाशका खातिर प्रयोग गर्नु भयो । खडेरीमा पानी पारेर किशानलाई राहत दिनु , अशिना – हुरी बताश रोक्नु , रोगीहरुलाई निकोपार्नु भविष्यवाणी गर्नु जस्तो अत्भुत कार्यले समाजमा प्रभाव पार्न मात्र परेन बरु उहाका अनुयायी भएर सत्यको बाटो रोजे अनेक चेलाचपेटाले । यसो गर्दा महागुरुका सामिप्यमा आफु सुरक्क्षित् रहेको पाउदथे ।
किरात धर्म को ईतिहासमा वि.सं. १९८८ लाई एउटा मुख्य विन्दुको रुपमा लिन सकिन्छ । यसै वखत महागुरु फाल्गुनन्दले पाचथरमा १७ थुम्का सुब्बा जिम्मावाला अमाली , तालुकदार , कर्ता , कारवारी जस्ता गन्यमान र यस बुद्दिजीवीदेखि सर्वसाधारणसमेतलाई उपस्थित गराई सत्धर्म चुम्लुङ गरि सत्य धर्म मुचुल्का गराउनु भएको थियो । वि.सं. १९८८ साल वैशाख २४ गते भएको यो धर्म सभा नै किरात धर्मलम्बिहरुका लागि एउटा कुम्भभेला सरह भएको थियो जहा महागुरु स्वयं उपस्थित भएर आफ्नो रोहबरमा सबै सुब्बा – अमाली , बुद्दिजीवी – अगुवाहरुको माझ – किरात धर्मनुयायिहरुलाई धर्मको बारेमा , भाषालिपि र संस्कारका विषयमा अनि समाज सुधारका मुख्य मुख्य कुरामा चेलाचपेटाहरुलाई लिखित रुपमा दस्तावेज उठाएर मार्ग दर्शन गराउनु भएको थियो । यो सत्य धर्म मुचुल्कालाई बौध्दहरुको ‘ पंचशील ’ अनि ईसाईहरुको ‘ दश आज्ञा ’ (ten commedments) सरह लिन सकिन्छ , यो भन्दा अगी किरात समुदायमा यस्तो धार्मिक सभा भएको देखीन्दैन । परपुर्वकालदेखी अधिछिन्न रुपमा पालना गरिआएका किरात धर्ममा यसले एउटा ‘ कोशे ढुंगा ’ उभ्यायो जहाबाट यो धर्ममा एउटा लिखित परम्पराको आरम्भ भयो । यो पुनीत कार्यले छरिएर रहेका, अन्यौलमा पारेका अनेक किरातीहरुमा स्पष्ट रुपमा एउटा एकताको सत्मार्ग खुल्यो भने हुन्छ । आदि – अनादि कालदेखी प्रकृति र पितृको पूजा आराधना गरेर सत्यधर्ममा आफ्नो परम्परालाई धान्दै आएका किरातीहरुले नै किरात धर्मको अदिकरिक दस्ताबेस निर्माण भएको ठान्दछन ।
कुनै पनि समुदायका धार्मिक वा समाजीक सुधारका खातिर सोही समाजबाट एक महापुरुसको उदय भएको देखिन्छ । बुद्ध , येशु , कविर , नामक आदि यसै प्रत्यन का लागि धर्तिमा जन्मिएको हुन् । हिन्दु धर्म अनुसार सत्य र त्रेतायुगको अन्त्य भएपछि पनि कुराले आफ्नो अवतारलाई ‘ धर्म र सार्थ ’ भनि गीतमा भन्नुभएको कुरा पनि स्मरणीय छ । नेपालको त्यस्तो काम गर्नु सक्थ्यो र ? आफ्नो धर्मको रक्षार्थ , आफ्ना अनुयायिहरु छन् मार्ग प्रसस्त गर्नु र सामाजिक चेतना फैलाउनु उहा मात्र एक अलौकिक पुरष भएर हाम्रो माजा उठाउनु भएका कुरा हामीलाई ज्ञात हुनैपर्छ । केवल स्वधर्म र समाज सुधारका पुनित कार्य मा लाग्नु भएको महागुरुलाई पनि त्यसबखतका शासकहरुले दुख दिने काम नगरेका होइनन । तर सत्य अजेय भएर नै रहेको छ । यस्ता घटना हरुले असत्य र धर्मको हार अनि सत्य – धर्मको विजय भएको प्रमाण दिन्छ । सत्य र दृढ विश्वासका लागि विष पान गरेर आफ्नो समुदायलाई मार्ग दर्शन गर्ने महापुरुसले नै हाम्रो मानव सभ्यतालाई अगाडी बढाएको छ ।
५. किरात धर्म र मानव एकता -
हामी सबै मानिसहरु ( पशुपक्षी आदि पनि प्रकृतिमा ) रहेको ‘ पंचतत्व ’को उपज हौ । यो तत्तहरुबाट हाम्रो जीवन को आरम्भ भयो र यिनीहरुको नासबाट हाम्रो अन्त्य हुन्छ । यहि कारणलेनै हामीले प्रकृतिलाई बुज्न पर्छ , पुज्न पर्छ । यो गाठी कुराको चुरो बुजेर नै हाम्रा पितापुर्खाले प्रकृतिको पूजा गरे , सेवा गरे । प्रकृति माथिको अति सोषण र दोहानले हाम्रो मानव समाजले अनेक थरिका आपत – बिपत झेल्नु परिरहेकोछ । प्रकृति मान। कल्याणका खातिर हो भने मान्छेले किन यसको सेवा नगर्ने त ? यसको सदुपयोगले हामी सुखापुर्वक बच्न सकिन्छ भने यसको दुर्पयोगले हामीलाई अप्ठ्यारोमा पार्छ । यहि सत्य बुजेर परपुर्वकालदेखी नै किरातीहरुले ‘ प्रक्रितिपुजा ’ लाई आफ्नो धर्म ठाने । यसै बिन्दुमा नै सबैखाले मानव समुदायको भलो छ ।
पंचतत्वको स्थुल सरिर भएका बेलामा आएका भावी सन्ततिहरुका सुख – चयनको खातिर उत्सर्ग गर्ने हाम्रो पुर्खाहरुको गाथा गौरव हो । उसलोकमा रहेर पनि उहाहरुको आत्माले हाम्रो भलो - कल्याण गरि रहेको छ भन्ने धारणाले नै हामी ‘ पितृ पुजक ’ भयौ । कुनै सक्तिको माध्यमबाट हामी आफ्ना पितृहरुसंग सम्वाद पनि स्तापित गरिरहेको कुरा घाम जति कै छर्लङ्ग हामीमा छ । यो पनि किरात धर्मको एउटा पहिचान हो ।
हाम्रा अग्रजहरुले सदै सत्कर्म र सत्मार्गको पक्षमा उभिने शिक्षा दिएको छन् हामीलाई । महागुरु फाल्गुनन्दले त सुनाउनु मात्र भएन बरु छापै ठोकेर जानु भएकोहो यस विषयमा ।
त्यसो हो भने , प्रकृतिको पूजा , पितृको अर्चना र सत्मार्गको अवलम्वनले यो धरतितलमा रहेको सम्पूर्ण मानव एकतामा राजमार्ग किन नखुल्ला ?
६ . किरात धर्म र विश्वाशान्ति -
संसारभरिका मानवजातिले अवलम्वन गरेर आएका हरेक धर्मको एउटा लक्ष विश्वशान्ति पनि हो । ‘ पृथ्वी नै एउटा परिवार हो ’ भन्ने हाम्रो मान्यताले आज जापानमा भुइचालो र सुनामीले पीडित जनहरुमा हामी आफ्नो समबेदना अभिभ्यक्त गर्छो अनि सान्तिको लागि प्राथना गर्दछौ । संसार अनेक कारणले सानो सानो भएर खुम्चने क्रम छ । कैयो माइल टाडो रहेको तटिय देशहरु हिमाल पग्लेर प्रभावित छन् भने उनीहरुको उष्णताको मात्रा बढेर हाम्रो पहाड सक्दैछ । धनिहरु गरिब जन्माउदैछन अनि गरिबहरु धनि उत्पादन गरिरहेका छन् । अर्थात् ‘ ठुलो ’ भन्ने वस्तु सानो को उपस्थितिमा मात्र सम्भव छ अनि यो दोहरो छ । यी दुवै फरक फरक बिन्दु हुदाहुदै पनि एकअर्कामा परिपुरक पनि छन् । यो मानवीय समाजको विषयता बीच किरात धर्मले समेतको अपेक्षा राखदछ र यसले नै विश्वशान्तिको जग बसाल्दछ ।
७ . त्यसैले-
यो धर्तिमा मानव मात्र यस्तो प्राणी हो जसले आफु जस्तै ‘ दुइ खुट्ट ’ र अरुको भलो सोच्न सक्छ । विवेकद्वारा निर्देशित प्राणी मानव मात्र हो जसले समुदायको हित गर्न सक्छ नि प्रीथ्वीको रक्षा गर्न उद्दत रहन्छ । तर तेसै मानिस पनि कहिँ कतै विवेकशुन्य हुदा ‘ भस्मासुर ’ पनि भएको छ । मानव र दानव आक्रीतमा नभएर प्रवृति अत ; मा फरक प्रकृति को मार्ग अवलम्वन गर्ने , पितृको आशिर्वचनको अपेक्षा राख्ने र सत्मार्ग पहिल्याउने किरात धर्म सर्वधर्म होला कि ! त्यसैले यहि मार्गबाट विश्वशान्ति र मानवएकता कायम होला नि !
किरात धर्मको – जय !
Collection By Lila khimdung Rai
Sunday, 25 March 2018
बिशेष सूचना .............
बिशेष सूचना
किराँत धर्म तथा विभिन्न धर्म साथै सामाजिक, संसारिक बिसय सम्बन्धित् कुनै पनि लेख, कविता, गजल, सायरी, मुक्तक, कथा, अन्यान्य बिसयहरु लेखि पठाउने ईच्छा भएमा हजुरले हामीलाई सम्झी यो ठेगानामा पठाउन सक्नु हुनेछ । हामि हजुरको बिसयलाई हाम्रो स्मारिका पुष्तक, पेज मा समावेस गर्नेछौ ।
यदि हजुरको लेखहरु राम्रो स्पस्ट र उत्कृष्ट भएमा हजुरलाई पुरस्कार सहित सम्मान गरिने योजना गरिएको छ ।
लेखहरु पठाउने ठिकना .......!
Name > Saralpara Kirat Sakha Samiti .
Village > Saralpara .
Pos > Ultapani .
Dist > Kokrajhar .
Pin no. > 783370 .
Village > Saralpara .
Pos > Ultapani .
Dist > Kokrajhar .
Pin no. > 783370 .
Email द्वारा पठाउने हुदा > saralparakirat@gmail.com
Side हेर्नकोलागी यहा Click गर्नुस saralparakirati.blogspot.com
ओत तागेरा निङ्माभुमाङे शेवारो
Friday, 23 March 2018
Thursday, 15 March 2018
Wednesday, 14 March 2018
" किरात धर्ममा कर्म संस्कार "
" किरात धर्ममा कर्म संस्कार "
Sunil Chamling Rai - 2013
Saralpara Assam kokrajhar .
“संसारी माया बिचित्र
मरेर केपो लानु छ ,
नगर्नु व्यर्थै लोभी मन
छोडेर जान्छ व्यर्थैको धन”
यो किरात समाजमा युगौँदेखि बुड़ा-पाकाहरुमा भन्दै आएको कथन हो |
जब यो बिचित्र संसारमा सृष्टि हुन्छ, तबनै मनुष्यको सृष्टि हुन्छ | मनुष्यको सृष्टि त भयो तर अजम्बरी हुन सकेन | तब के भयोत भन्दा यो संसारिक मायामा मनुष्य भौँतारी रहने भयो, आफ्नो कर्म, धर्म, विधि-विधान केहो सो चासो नराखने, नलिने र कुकर्म, कुसंस्कारतिर लम्किने हुन थाले तर मनुष्यलाई थाहा छ कि कर्म नै धर्म हो भन्ने र धर्म नै कर्म हो भन्ने | यस्तै प्रकारले किरात जाति पनि चीनको मुनान भन्ने स्थानमा सृष्टि भयो , तर पछी गएर बसाई सारिने क्रममा आफ्नो कर्म, धर्म, संस्कार भन्ने कुरालाई जगेरा गरेनन र आज किरात जतिको सन्ततिहरु हामी सबैनै पछौटे बर्गमा परेको छौ , अनि हाम्रो धर्म, कर्म, संस्कार भिन्नता देखिएको हो | आजको एकाईस्सौ सताप्दिमा पनि किरातहरु पछौटे वर्गको सुचिमा पर्दा हुनु भनेको अचम्भकै कुरा हो | साच्चिनै भन्नु हो भने हाम्रो आफ्नो धर्म, कर्म, संस्कार छैन र ? छ | हाम्रो सबै थोक छ तापनि आजको अवस्थामा पनि पछाडिनु अतिनै दु:खलाग्दो कुरा हो | हामीलाई आशा छ कि हाम्रो आफ्नो धर्म, भाषा-लिपि, साहित्य, संस्कृति तथा रीति-रिवाज छ , तर हामि यो संसारमा जताततै पराईको ईशारामा रङ्गी-चङ्गी र व्यर्थैमा भौतारिएर हिड्ने गरिएका छौँ , पराईको भाषा-लिपि, धर्म-संस्कृतिलाई मनपराउने गर्दछौ , पराईकै सिको गरि तोपल्छौ , पराईको नियम-नीति रीति-रिवाजलाई खुल्लासाथ स्वागत गर्न पछी पर्दैनौ , आफ्नो भन्नेलाई नाक खुम्च्याएर मुख बिगारेर घृणा गर्दै छी: छी: भनेर पर पन्छाउने गरेका छौँ | वास्तवमा हामि किरात हौँ , हाम्रो आफ्नो धर्म, कर्म, संस्कार, वेद-विधान छ | आफ्नो धर्म, कर्म, संस्कारलाई अंगाल्नु भनेको आफ्नी आमालाई चिनेको हो , आफ्नो हुँदा-हुँदै पराईलाई आत्मसाथ गर्नु भनेको आफु स्वत: बिलाउनु, हराउनु, मासिनु पो हो | आफ्नो कर्म-व्यवोहार्ले गर्दा मानिस पछाडि हुनु परेको छ | मानिसको कर्म जम्मा तीनवटा हुन्छन जस्तै --
१. न्वारान ( याङदाङ मेखिम )
२. विवाह कर्म ( तेन्धाप मेखिम )
३. मृत्यु तथा बर्षान्त कर्म ( सिदोवा थिम )
१. जन्म तथा न्वारन कर्म :-
किरातमा जब बच्चा जन्म हुन्छ छोरा हुस या छोरी उनीहरुको पहिलो कर्म हुन्छ न्वारान | छोरी भए (३) तिन दिनमा र छोरा हो भने (४) दिनमा याङदाङ फोङमा गरिन्छ | याङदाङ फोङमा गरेपछि नानी जन्मेको दश / एघार (१० / ११) दिन पुगेपछि नानी र आमा दुवैजनाको माङ्गेन्ना (शिर) पुजा गरिन्छ | छोरा भए (१०) दश दिनमा र छोरी भए (११) दिनमा माङ्गेन्ना (शिर उठाउने) गर्नु पर्दछ | अनि जन्मेको बाईस (२२) दिन पुगेपछि फेरी ईस्टदेव माङको पूजा-आराधना कुल-पितृ, युमाथेबा अर्थात सुम्निमा र पारूहाङको पूजा सकेपछि धुपबत्ती, सुनपानीले साम्जिक मुन्धुम वाचन गरि शुद्ध गराएपछि पूर्णरुपमा चोखिन्छ र सुत्केरीले छोएको पकाएको, बनाएको खानु हुन्छ , अथवा माङहिम देवस्थलमा प्रवेश गर्नु हुन्छ | किरात धर्मको कर्म, संस्कार रीति-रिवाजको पहिलो संस्कार यहि रुपमा शुभारम्भ हुन्छ |
२. विवाह कर्म :-
मानिसले जन्म लिएपश्चात न्वारान भएपछि जीवन शुरु हुन्छ , ३ / ४ वर्ष पुग-नपुग हुँदा विद्यालयमा प्रवेश गरेपछि विद्यार्थी जीवन बित्दै जान्छ | जब २५/३० वर्ष पुग्छ तब विवाह कर्म गर्नु पर्ने हुन्छ , मानिसको जीवनमा एकपटक विवाह कर्म हुन्छ र मानिसले सोँचेर बुझेर विवाह गर्नु पर्दछ , विवाह धेरै प्रकारका हुन्छन | जस्तै :- प्रेम विवाह, दर्ता विवाह, गन्धर्व विवाह, कुम्ले विवाह, चोरी विवाह | वर्तमानको समयमा गन्धर्व, कुम्ले, चोरी विवाह गर्ने चलन हराउन लागेको छ | प्रेम विवाह र दर्ता विवाह को चलन बढ्दै गएको देखिन्छ |
३. मृत्यु संस्कार तथा बर्षान्त कर्म :-
प्रकृतिको अकाट्य नियम यो छ कि जन्म पछि मरण सबैले बेहोर्न पर्छ | यो विधिको बिडम्बना पूर्ण विधानलाई कसैले रोकेर, छेकेर राख्न सकिन्न | रैतिदेखी राजासम्म र भुसुना देखि हात्तिसम्मले पनि कालको फन्दामा पर्न पर्छ | त्यसैगरी हाम्रो किरात समाजमा मरण भएमा किरात साम्जिक मुन्धुम वाचन गरि मरण संस्कार कर्म गर्ने चलन छदैछ |
क )
दाँत नफुक्ली मर्ने बालक ( ताङलिङ अम्बा ) जब बच्चा जन्म देखि दाँत नआउन्जेलसम्म परलोक भएकोलाई ताङलिङ अम्बा भनिन्छ | जन्मदेखि महिनादिन भित्रमा मर्ने बालकलाई बार्नु पर्दैन | लास दफन गर्नुपर्छ | र त्यसैलाई मोच, ची: चीघा, कि जिप्पा पनि भनिन्छ | त्यसलाई साधारण शुद्ध गरे हुन्छ | एक महिनादेखि उता दाँत नउम्रिन्जेलसम्मको नानीको लागि एकदिन एकछाक बारन गरेर छोरालाई चार (४) दिन आधाकर्म गर्नुपर्छ | यो पनि ताङलिङ अम्बा परिधिभित्र पर्छ | दाँत फुक्लेर उम्रेको नानीहरुको लागि पुरै कर्म संस्कार गरि मुक्ति दिनु पर्छ | गर्भ तुहर झरेको / जन्मेकोलाई केहिगर्नु पर्दैन भनि किरात कर्म संस्कार साम्जिक मुन्धुममा लेखिएको छ |
ख )
लडी / झुण्डी मरेको सेहे-सोधा - कतिएर लड़ेर अथवा झुण्डिएर अर्थात कुनै कारणले गोलि, भाला, बोमा, विविध घटना, विषपान गरी अपर्झट दुर्घटनाबाट परि मरेको मृतक आत्मालाई 'सोघा' भनिन्छ | सोघा लाशलाई डाडाँ-काडाँमा लगी आगोमा जलाएर खाक भएको अंगार-खरानीलाई खाल्टोमा पुरी चिहान दुरुस्तै बनाईदिनुपर्दछ | सोघा लाई छोरी भए तिन (३) दिन, छोरा भए चार (४) दिन बारन गरी बिदा दिने र सामसामा मुन्धुम तिन (३) पटक बिहान-बेलुकी र मद्यारातमा पढेर बाटो लगाउनु पर्छ चोट-पटक निको नभई जतिदीन पछी मरेपनि सोघा ठहरिने छ |
ग )
गर्भवती सुत्केरी मरेमा ( सुगुप ) गर्भवती महिला नानी जन्मन नसकी या जन्माएर २२ देखि २४ दिन भित्रमा मृत्यु भएमा सुगुप हुन्छ | सुगुपबाट मरेकी उल्लेखित सोघासरहनै मानिन्छ र मुक्ति संस्कार कर्म उही अनुरुप गर्नुपर्छ | २२/२५ दिन नाघेर मृत्यु भएमा ति सुगुप हुन सक्दैन | किरात राई भाषामा मामांग सुक्खा सुगुप भनिन्छ र सुगुप भइ देहान्त हुने मानिसको लागि भने सुनसान मध्यरातमा चारपटक सामसामा मुन्धुम पढेर मुक्ती कार्य गर्नु पर्छ |
घ ) नुनतेल छुने र चोखिने -
छोरी भए तिन (३) दिनमा, छोरा भए चार (४) दिनसम्म मृतकको साम्दाखोङ घरभित्र बिछ्यार रुंग्नु बस्नु पर्दछ | पिण्ड दिने ठाल बनाएर बिहान-बेलुकी या दिउसो सोही साम्दाखोङ सेतो कपडा बिछ्याएको छेउमा राखी पिण्ड दिनुपर्छ | हिजोको १० लिम्बुवान १७ थुम्को सामाजिक रीति-थिति, विदी-विधानको बलिपुजा गर्नु जाँड़-रक्सी, मासु, चुरोट-सुर्ती चडाउने चलन आज पनि छदैछ | तर आजभोली किरात समाजमा व्याप्त रुड़ीवाद, कुसंस्कार, अन्धविश्वासलाई उन्मुलन गर्न हेतुले चेतनशील किरात बुद्दिजीवीतहरुले कुनैपनि पुजा-आजा, छाड-पर्व, भोज-भत्यार, मरौ-परौ, शुभविवाह आदिमा किरात साम्जिक मुन्धुमको आचार संहिताबमोजिम देवी-देवता, मृतात्मा ईत्यदिमा मासु, जाड़-रक्सी चडाउने प्रथालाई निषेध गरेकोछ | साम्दाखोङमा सेवासाबा (पुजारी) ले साम्सामा मुन्धुम मृतात्मालाई तारान्तार गर्ने स्वर्गलोक-पितृलोकमा साम्भुहाङ फाक्तुङधो मृत्युराजको राज्यमा जिम्मा दिने शास्त्र, मुन्धुम पढेर एकतारे बाजासहित फलाकेर बाटो दिने मुन्धुम वाचन गर्नुपर्छ | त्यस मुन्धुम शास्त्रलाई साम्सामा साम्जिक मुन्धुम भनिन्छ | पासीङ पादाङ दाजु-भाई वंशजले तिन या चार दिन बारण गरेर नुन-तेल छोई खानु हुन्छ | तर क्रियापुत्र-पुत्री, मृतकका छोरा-छोरीहरुले भने बाबु-आमाको हकमा आमाकोलागी ९ दिन बारण गरी दशौ (१०) दिनमा चोखिने र बाबु भए १० दिनमा बारण गरी ११ दिनमा चोखिने मुक्ति कर्म गर्नुपर्छ | नुनतेल छोएपछि पाचँ दिनसम्म नुनतेल खाएपछि पुन बारण गरी चोखिने, मुक्ति दिनको अघिलो रातभर साम्दाखोङ थापेर सामहीम बनाई साम्सामा मुन्धुम बाचन गरेर बिदा गर्नुपर्छ | भोलिपल्ट बिहान सामहिम क्रियापुत्रहरुले घरदेखि पाखा बाहिर पर यज्ञ मण्डपमा ल्याई राखेपछि मुन्धुम पढेर मुक्ति कार्य गरि मिक्वा नावा साङमा आसुँ पुछ्ने, सुन पानीले मुन्धुम वाचन गर्दै चोखि शुद्धहुने गर्नुपर्दछ | यसरि मुक्ति कार्य समाप्तपछि अन्य धर्मलम्बीजस्तो बर्षान्त र बार्षिक पिण्ड श्राद्ध दिई रहनु पर्दैन | सदाको लागि अमरत्व देवतत्व प्राप्त हुने विश्वास किरात धार्मिक शशि मुन्धुममा पाईन्छ | आमा-बाबाको हकमा अनि क्रियापुत्रीले राख्नु चाहेमा एक वर्षसम्म बारेर मुक्ति दिनु हुन्छ भन्ने खापुना मारङनामा मुन्धुमले बताईन्छ |
संकलन "सेवारो" स्मारिका रानीखाता लिम्बुबस्ती |
संकलक शेर बहादुर हेम्ब्या सुब्बा सरलपाडा ||
लेख 2013 / संकलन 2018 अंग्रेजी ||
Subscribe to:
Posts (Atom)