Friday, 22 March 2019

"किरात भाषा-लिपि बारेको यथार्थता"


"किरात भाषा-लिपि बारेको यथार्थता"


Lugun Rai

लेखक :- देवदास राई लुगुन (किरात दर्पण)

प्राचिनकालमा यहा नेपालमा किरातहरुले राज्य शासन गरेको कुरा इतिहासले स्पष्ट गरिसकेको छन् । समयको फेरबदलले गर्दा यीनै राज्य शासन समाप्त भएको हुदा किरात भाषा, लिपिको जगेर्ना गर्ने स्थिति आएन । एक्ला-एक्लै छटपटाइ रहनु पर्यो । लक्षहिन बाटोमा हिन्न बाध्यता गराइ रह्यो । विभिन्न षड्यन्त्रले गर्दा हाम्रो चाहाना र प्रयासहरु पराजित हुदै गयो । किरात भाषा लिपिको विकासमा निरन्तरता पाउने सम्भावना क्षिण हुदै गएको देखियो । स्वाभिमानको सुरक्षा हुन सकेन । किनभने अनेकौ कुटनीतिक षड्यन्त्रहरुबाट किरात भाषा लिपि मल्लकालदेखि नष्ट पार्दै गएको र बहादुर शाहको शासनकालबाट प्राय अरु नष्ट भएको बुझिन्छ । यस हिसावले किरात बंशावली, ताम्रपत्र तथा भाषा, लिपि, धर्म, संस्कृति र इतिहास आदिका पुस्तकहरु तीस हजार थान जम्मा गरेर चन्द्र शम्सेरको प्रधान मन्त्रीत्वकालमा आगो लगाएर नष्ट पारिएको कुरा गोपाल गुरुङ लिखित "नेपालको राजनीतिमा अदेखा सचाई" मा स्पष्ट उल्लेख भएको छ । यस्तै विभिन्न कारणहरुबाट किरात जाति पिछडिएका हुन् । र यही पछौटे पनले गर्दा लिरात जातिको अस्तित्व प्रकाशनमय हुन सकेन । यसैले त्यस समयमा कसैले कसैबाट सघाउ पुग्न सकेन । यसो हुदा कुनै पनि काममा पूर्णता दिन सकेन । त्यस समय हाम्रो निम्ति दुर्भाग्यपूर्ण स्थिति थियो ।
       वास्तवमा राणाहरुको एकतन्त्रीय शासनकालमा र निर्दलीय पंचायती शासनकालमा किरात भाषा, लिपिको अवस्था दर्दनाक थियो । वेदनापूर्ण थियो ।  सरकार र प्रशासनिक व्यवोहार बाट हामी आतंकित हुनु पर्यो । त्रसित हुन पर्यो । हाम्रो इज्जत र प्रतिष्ठा झागीने अवसर थिएन । यसैकारणले किरात भाषा, लिपिको पनि विकास हुन सकेन । किनभने हामी एकजुट भएर कार्य पक्षमा लाग्न सकेनौ । कुनै पनि काममा निरन्तरता दिन सकेनौ । त्यस समय हाम्रो विश्वासनियता माथि प्रश्न चिन्ह उठि रहन्थ्यो । यसरी हाम्रो भावना र चाहानालाई समावेश गर्न तत्कालिन सरकारले आवश्यकता महसुस गरेको देखिन्छ । किनभने त्यस समयमा किरात भाषा, लिपिको सुविधा र सहुलियतको कुरा गर्न दण्डनीय थियो । रिमोट कन्ट्रोल जस्तै जता हिडाए पनि हिड्नु पर्दथियो । मानव अधिकारको कुरा शुन्य प्राय थियो । हामि किरातीहरुलाई अघि बढ्न नदिनका निम्ति तत्कालिन प्रशासकहरुको "होमवर्क" हुन्थ्यो । दवाव धम्कीको भयावह परिणामहरु हामीले भोगिरहन पर्दथियो । यसै कारण किरात भाषा, लिपिको प्रचार प्रसारमा निरन्तरता आउन सकेन । जे होस्, आज प्रजातन्त्रको पुनर बहाली भएकोले रचनात्मक एवं आशामुलक वातावरणको सृजना भएको छ । कथित षड्यन्त्रको शिकार बाट मुक्त भएका छौ । यसैले किरात भाषा, लिपिको संरक्षण र सम्बर्धनका निम्ति अघि बढ्न पर्ने आवश्यकता देखिन्छ । अब यस अभियानलाई सफल गराई किरातीहरु बीच एउटा अनुकरणीय उदाहरण बनाउन सक्नु पर्दछ । किन भने राणा शासनकाल एवं पंचायती शासनकालको जस्तो निरंकुशताभित्रको विवशता र वाध्यताहरु हटेर गएको छ । आज किरात भाषा, लिपिको प्रचार प्रसार खुल्ला रुपमा गर्न पाएका छौ । धर्म, संस्कृति, संस्कार आदिको कुराहरु दिल खोलेर गर्न सकेका छौ । यसरी हामीले चिन्ने सीप हामी भित्रै जाग्यो । यो यथार्थता यसरी सकारात्मक बन्न गयो । यसै सन्दर्भमा नेपालको संविधान २०७२ सालको पहिलो संशोधनको विश्लेषणात्मक टिप्पणीमा लेखिएको छ "संविधानको धारा ६ नेपालमा बोलिने सबै मातृभाषाहरुलाई रास्ट्रभाषा मानेका छन्" । यसबाट के स्पष्ट हुन्छ भने किरात भाषा पनि रास्ट्रभाषा भयो । संविधानत अब किरात भाषा लिपि लेखन, लेखाउन या प्रचार प्रसार कुनै वाधा अड्चन आउने छैन । तर व्यवोहारिक रुपमा हामी कति सफल हुन्छु त्यो हेर्न बाकी छ ।
   हुनत किरात कालको प्राचीनतालाई हेर्दा निश्चय पनि त्यस समयमा किरात भाषा, लिपि, संस्कार र संकृतिको प्रचलन भएको स्पष्ट देखिन्छ । किनभने प्राचीनकालमा किरात भाषा, लिपिको प्रचलनको यथार्थता लिच्छविकालको जनजीवनको हरेक पक्षमा किरात कालको प्रभाव प्रत्यक्षरुपले परेको कुरा लिच्छविकालको अभिलेखमा आएको तत्कालका जनभाषाको शब्दावलीबाट स्पष्ट थाहा हुन्छ । यस कुरालाई पुष्टि गर्दै धनब्रज ब्रजाचार्य "लिच्छविकालको अभिलेख" मा यसरी लेखेका छन् - "नेपाल उपत्यकका अस्सी प्रतिशत भन्दा बडी ठाउँ, नदी, कुलो, पोखरी, डाडा आदिका नाम पनि संस्कृत भाषामा छैनन् । उपयुक्त नामहरु किरात परिवारका भाषाबाट रहेका छन्" । वास्तवमा यो भाषिक शब्दावली किरात जातिको अस्तित्व महत्वपुर्ण आधारको रुपमा रहेका छन् । यसबाट यहा धेरै कालसम्म किरात शासन रहेका झलक पाइन्छ । अत: यो यथार्थतालाई बुझेर हामीले हाम्रो भाषा, लिपि, संस्कृति आदिको प्रसार प्रसारमा अग्रसर भयौ भने सफलताको निम्ति विश्व रंगमंचमा हामी फड्को मार्न सक्दछौ । यो निश्चित गन्तब्य हो र यो अनन्तसम्म रहिरहनेछ ।
   यस यथार्थतामा हामी सम्पूर्ण किरातीहरु एकजुट हुन पर्ने आजको आवश्यकता देखिएको छ । र काम कारवाहीमा प्रभावकारीता ल्याउनु पर्दछ । "मै मात्र सोहरू, मै मात्र बाचू" भने जस्तो नीच भावना त्याग्नु पर्दछ । साथै हामी किरातीहरुको घर कुरीति, कुसंस्कार, अशिक्षापन, एवं देह इर्ष्याको घर नबनाई बौद्धिक जमातको केन्द्रविन्दु बनाई हाम्रो भाषा, लिपि र संस्कृतिको विकासको निम्ति तन, मन, धन र वचनले लाग्नु पर्दछ । यसो भएमा हाम्रो सिद्धान्त, हाम्रो उदेश्य सकारात्मक बन्न सक्दछ । अत: यस्तो अवसरमा भाषा, लिपि, संस्कृतिको विकास र विस्तारमा ध्यानदिन सकेनौ भने हिजोकै स्थिति दोहोरिन सक्दछ । र किरात जातिको एउटा साचो इतिहास मेटिएर जान सक्दछ । त्यसपछि हामी कहाली लाग्दो अन्धकारमा बस्न पुग्दछौ । हाम्रो निम्ति यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन सक्दछ । तसर्थ यस्तो अवस्था आउन नदिन किरात समुदायको पहिचान र अस्तित्वका निम्ति किरात भाषा, लिपि, संस्कृतिलाई जगेर्ना गर्न पुर्खाहरुकै साहास र आत्मा बलबाट अभिप्रेरित हुन सक्नु पर्दछ ।
   अब भाषा, लिपि बारे फेरी फर्केर हेरौ । किरात जातिको भाषा, लिपि बारेमा जानकारी गर्ने गराउने किरात कालसंग सम्बन्ध अनेकौ प्रमाणहरु पाइएका छन् । तसर्थ किरात जातिको भाषा मात्र होइन, लिपि पनि भएको प्रमाण प्राचिन बौद्ध ग्रन्थ "ललित विस्तार" मा उल्लेख भएको पाइन्छ । यसरि यहा किरात भाषा, लिपिको चर्चा गर्दा विदेशी विद्वानहरु मध्ये कर्णल कर्कप्याट्रीक, डा. ए. क्याम्पवेल, सरब्रायन हटन हर्सन, प्रोफेसर आर. के. स्प्रीग, कर्णल कुडरस, मेजर मार्सल्स, डा. जयसवाल आदिको नाम पनि हामी बिर्सनु हुदैन । किनभने वाहाहरुले पनि किरात भाषा, लिपि बारेको यथार्थता जनसमक्ष ल्याई दिनु भएको छ । यसरि हेर्दा हामीले सन्तुष्टि र आनन्द लिनु पर्नेमा आज ती विदेशी विद्वानहरुले लेखि दिएको यस्ता महत्वपुर्ण कुराहरुलाई झुटो बनाउने प्रयासहरु पनि यदाकदा गरिरहेको छ । यस्तो भयो भने किरात इतिहास माइ नकारात्मक असर पर्न जान्छ । आशंका र अन्यौलतामा थप बल पुग्न सक्दछ । तर यसरी किरात इतिहासलाई बंग्याउन न्यायोचित देखिदैन । तसर्थ ती विदेशी विद्वानहरुको गुण पनि हामीले सम्झनु पर्दछ । बेइमानी बन्नु हुदैन । हाम्रो देशका विद्वानहरुले भन्दा ती विदेशी विद्वानहरुले नै किरात भाषा, लिपि बारेमा बडी चासो राखेको देखिन्छ । फलत: मित्र रास्ट्र ब्रिटेन (बेलायत) को लन्डन विश्वविद्यालय को "इंडिया अफिस लाइब्रेरी" मा किरात हस्त लिखित पुस्तक रहेको बुझिन्छ । यसको श्रेय ती विदेशी विद्वानहरुलाई नै छ । तर यसको महत्व हामीलेनै बुझ्न नसकेको स्पष्ट भएको देखिन्छ । तर यो कुरा आज हामीले बुझ्नु पर्ने समय आएको छ ।
   अन्त्यमा, विगतमा जे भयो-भयो, अहिले हामी वर्तमानमा छौ । हामीले हाम्रै भाषा, लिपिको औचित्य बारे प्रश्न चिन्ह उठाउनु हुदैन । वैचारिक अस्पष्टता देखाउन हुदैन । अब हामीले एकताको निम्ति जातीय एवं भाषिक सद्भावलाई निरन्तरता दिन सक्नु पर्दछ । यसैले किरात भाषा, लिपिको विकास र विस्तारको लागि एक आपसमा हातेमालो गरेर अघि बढौ । यसै सन्दर्भमा स्वयंभुलाल श्रेष्ठले भनेका छन् "जुन सुकै जातिको उत्थान गर्नु पर्छ भने त्यस भाषा, संस्कृतिको उत्थान गर्नु पर्दछ" । वास्तवमा यो भनाई सत्य छ । यस सत्यतालाई रामरी बुझौ । किनभने हाम्रो स्वाभिमान एवं अस्तित्व हामीले जोगाउनु पर्दछ । अत: यो काम सफलताको उचाइमा पुर्याउन हाम्रो लागि चुनौती र अवसर दुवै हुन् । 

संकलक :- शेर बहादुर हेम्ब्या सुब्बा (आसाम)


Saturday, 16 March 2019

कर्म नै धर्म र जीवन हो


कसैले सोधे धर्म केहो भनेर ?

धर्म परिवर्तन हो भनिदिनु !

परिवर्तन केहो भनो भने ?

धर्ममा लाग्नु भनिदिनुस !

कुन धर्ममा लाग्नु भनो भने ?

जुन धर्ममा आफ्नो भाषा, लिपि, संस्कार, 

संस्कृति, छ त्यही धर्ममा लाग्नु भन्नु !!


किरात लिपि कि ? लिम्बु लिपि ? जानी राखौ


किरात लिपि कि लिम्बु लिपि ?

किरात दर्पण (देवदास राई लुगुन)

    प्राचिनकालदेखी नै अस्तित्वमा रहेको किरात लिपिलाई आजका केहि लिम्बु लेखकहरुले "लिम्बु लिपि" भनेर लेखन थालेका छन् । यसबाट के बुझिन्छ भने ईतिहासलाई पछाडी पारेर वर्तमानमा आफ्ना-आफ्ना कुरा राखेर मपाई बन्न खोजेको जस्तो देखिन्छ । वास्तवमा यो स्वार्थपरक धारणा हो कि विवेक को कमि हो । यस समयमा "लिम्बु लिपि" कति सान्दर्भिक छ ? हामि सबैले सबैतिर बुझ्नु पर्ने आवश्यकता देखिन्छ । किनभने हामी राई जातिले पनि लेख्दै आएको या मान्दै आएको "किरात लिपि" लाई "लिम्बु लिपि" भनेर विभिन्न छापाहरुमा आउनु राम्रो होईन । यस्तो विवादले किरात जातिको एकतामा अनेकता सृजना हुन सक्दछ । यसो भएमा हामि किरात जाति शुन्यको अवस्थामा रहनेछौ । र शुन्यको अवस्थामा विलय हुनेछौ । यस अवस्थामा हामि बिचको तेजिला उमंगहरु हामि बिचको द्रिढ विश्वासहरु दन्त्यकथामा परिणत हुनेछ । अनि हामि बाहुनवादको शाव्दिक सम्मोहन प्रति आकर्षित भएर मौनधारण गरेर बस्नु पर्नेछ ।
    हुनत हामि किरातीहरुले यस्तो त्रासदी स्थिति सृजना गर्नु हुदैन भन्ने मेरो मनसाय हो / तर आज अहा "लिम्बु लिपि" जबरजस्त लाद्न खोजिएको जस्तो देखिन्छ । यथार्थमा यदि "किरात लिपि" सम्बन्धी ऐतिहासिक तथ्य सत्य हो भने "लिम्बु लिपि" स्वीकार्नु पर्छ भने कसैको बाध्यता हुन सक्दैन । अट सत्य कुरालाई ढाकछोप गरेर हाम्रो स्वाभिमानभित्र कलंकको छाप पर्न दिनु हुदैन । कित राईहरु चुपचाप शान्त भएर बस्नु पर्यो कित एउटा साँघुरो मस्तिष्कभित्र आएको कुरालाई समर्थन गारेर बस्नु पर्यो । कि त छाडी दिउ अस्ता कुरा भन्नु पर्यो । यस्तै हो भने विनोवाभावेले भने जस्तो हुन सक्छ । विनोवाभावेले भनेका थिए :- "इतिहासको सबक सिक्न नसके इतिहास दोहोरिन्छ" यो कुरा हामीले बुझ्न सकेनौ भने समय र परिस्थिति अनुकुल सम्भव हुन सक्दछ । त्यतिबेला हामी किरातीहरु अन्यायमा परेको हुनेछौ / हामि बीच अशान्ति छाउनेछ । र हामी उपेक्षित भएर बस्नु पर्नेछ ।
    यसै क्रममा अब "लिम्बु लिपि" बारेमा केहि कुरा उल्लेख गर्न चाहान्छु । भारत सिक्किमका भू.पु. मुख्य मन्त्री सन्चमान लिम्बुले "किरात लिपि" लाई "लिम्बु लिपि" भनेर बारम्बार भनी रहनु भएको छ । यसरीनै पाचथर घरभई हाल काठमान्डू बस्नु भएको कवि. साहित्यकार बैरागी काइला र भारत दार्जिलिं मिरिकका विरही काइलाले पनि "किरात लिपि" लाई "लिम्बु लिम्बु" नै भनेर जोड दिनु भएको छ । यसरीनै झापा बिर्तामोडका तिक्मध्वोज ताप्मादेन, भुवनचन्द्र लिम्बु  र अमित लिम्बु समेत तीन जनाले संयुक्तरुपमा "किरात लिम्बु वर्णमाला" वि.सं २०६० सालमा प्रकाशित गरेका छन् । यसै क्रममा फेरी वि.सं. २०६० सालको "फाल्गुनन्द विशेषांक" मा पाचथर नागीका योङहाङ मच्छिन्द्र लिम्बुले पनि "युगपुरुष फाल्गुनन्द" शीर्षक लेखको एक ठाउमा महागुरु फाल्गुनन्द बारेमा यसरी लेखेका छन् "धर्मको कर्मकाण्ड आफ्नै लिम्बु भाषामा तैयार गरी श्रीजङ्गा लिपिको प्रचार प्रसार आजीवन गर्नु भयो" यसले हामि किरातीहरु बीच अन्योल पूर्ण अवस्था सृजना गरेको देखिन्छ । यस्तो वादविवाद रहिरह्यो भने हाम्रो किराती समाज कहिले उठ्दैन । अनि सफलताको शिखरमा पनि पुग्न सक्दैनौ ।
    यस्तो हुन पनि राम्रो होइन । तर यहाका केहि लिम्बु लेखकहरुले "किरात लिपि" लाई कहिले "लिम्बु लिपि" कहिले "सिरिजंगा लिपि" लेखी रहेका छन्, भनिरहेका छन् । तर यस्ता प्रस्तुतिले पुस्तौ पुस्ता देखिको सम्बन्धमा खोट लाग्न सक्दछ । किनभने हामि राई लिम्बु एकै हौ । केवल भाषा केही फरक पर्न गएको छ । तथापि जातियता, धर्म, रीति संस्कारले एकै सम्झनु पर्दछ । यसरी बनेको अस्तित्वलाई मेटाउन हुदैन । आज सम्म जानेका, बुझेका "किरात लिपि" लाई "लिम्बु लिपि सिरिजंगा लिपि" भनेर भ्रम एवं अन्यौलमा पार्न खोज्ने फुटाउ र शासन गर भन्ने सोचको उपज हो ।  यसरी फुट गराउने तत्वसंग हामी सधै होशियारी रहनु पर्दछ । र किरात एकताका निम्ति एक जुट हुन आवश्यक देखिन्छ । किनभने हामी राई, लिम्बु "किरात" हौ भन्ने कुरा स्वीकारी सकेका छौ । यदि यो यथार्थलाई बुझ्न सकेनौ भने भोलिको दिनमा किरात इतिहास कंलकमा दरिन सक्दछ । त्यति बेला विश्वकवि रविन्द्रनाथ तेगौरले भने जस्तो हुनेछन । विश्वकवि रविन्द्रनाथ तेगौरले भनेका थिए :- "यदि सूर्यलाई गुमाएर आसुँ बगाउछौ भने तिमीले तारा पनी गुमाउनेछौ" यो कुरालाई गम्भीरता पुर्वक सोच राख्दै किरात जागरणको अभियानमा सत्य र निष्ठाका साथ अगाडी बढौ । अब "किरात लिपि" को वास्तविकता पट्टि जाउँ । हिजो आज हामी बीच चलन चल्ती आएको लिपिलाई "किरात लिपि" भनेर लेखिएको उदाहरण प्रशस्तै भेटिन्छ-देखिन्छ । किरात भाषाविद एवं इतिहासकार इमानसिंह चेम्जोंले आफूद्वारा लेखिएको पुस्तकहरुमा "किरात लिपि" नै लेखेका छन् । यसबाहेक लेफ्टिनेन्ट कर्णेल भस्सी डा. ब्राइन हजसन, कर्णेल कर्कपेट्रीक, प्रोफेसर आर, के, स्प्रीग, क्याप्टन सी,जे, मोरिस, डा. कमला सांक्रित्यायन आदि विदेशी विद्वानहरुले पनि किरात जाति र किरात लिपि बारेमा खोज अनुसंदान गरी आ-आफ्ना पुस्तकमा लेखिसकेका छन् । बर्तमान किरात धर्म गुरु आत्मानन्द लिङदेङ सेइङ ले पनि "साम्जीक मुन्धुम" लेखिएको लिपि "किरात लिपि" नै हो "लिम्बु लिपि" होइन भनेर किन लेखने ! वास्तवमा "किरात लिपि" बाट लेखिएको हस्तलिखित पुस्तकहरु लण्डनको "इंडिया लाइब्रेरी" मा सुरक्षित रहेको कुरा सुन्नमा आएको छ । अत: किरात जतिको भाषा लिपिको खोज अनुसन्धान उल्लिखित विदेशी विद्वानहरुले गरेका हुनालेनै यस बारे जान्न बुझ्न आज हामीलाई सहज सुविधा भएको छ ।
    अब फेरी हामी किरात लिपि नै प्रसंगमा जाउ । तत्कालिन श्री ५ को सरकार, शिक्षा मन्त्रालय, पुरातत्व विभाग, रास्ट्रिय अनुसन्धान शाखाको अभिलेख उपशाखाले प्रकाशित गरेको "लिपि विकासको तालिका" अहिलेको सन्दर्भमा हेर्न बुझ्न अत्यन्तै आवश्यक देखिन्छ  त्यस तालिकामा नेपालमा लिच्छवी पुर्वकाल, लिच्छवीकाल, मल्लकाल र शाहवंश काल्सम्ममा चलन चल्तीमा आएको ब्राह्मी, पुर्व लिच्छवी, उत्तर लिच्छवी, किरात, रन्जना, भुजिमो, नेवारी, मैथिली, तिब्बती, नन्दनगिरी, देवनागरी, समेतका लिपिहरु उल्लेख भएको पाइन्छ । तर त्यो लिपि विकासको तालिका हेर्दा राई लिपि र लिम्बु लिपि को अस्तित्व नरहेको देखिन्छ  तसर्थ इतिहासको मूल्य मान्यता एवं भाषा लिपिको मान्यता माथि खेलवाड गर्नु गराउनु हास्यास्पद कुरा हुन जानेछ । अत: यस्तै कृयाकलाप माथि मध्यनजर राख्दै "घुम्ने मेचमाथि अन्धो मान्छे" कवितामा कवि भूपी शेरचनले यस्ताकुरा लेखेका छन् :-

"हामीले आफ्नो पुर्व स्मृति गुमाई सक्यौ
हामीले आफ्नो विगत उचाइलाई बिर्सि सक्यौ"

उल्लेखित कुराहरुलाई हामी सम्पूर्ण किरातीहरुले मनन गर्नु पर्दछ, बुझ्नु पर्दछ । किनभने हामी किरात-किरात नै हौ । किरात लिपि, लिम्बु लिपि र सिरिजंगा लिपि भनेर तर्क बहस गरिरहनु राम्रो होइन । हामीले परस्परमा सत्भाव, सचेतना र एकताको भावना जगाउनु पर्दछ । किरात इतिहासलाई कहिले उपेक्षा गरिनु हुदैन । इतिहास बिर्सेर किही लिम्बु लेखकहरुले "किरात लिपि" लाई "लिम्बु लिपि" "सिरिजंगा लिपि" भनेर लेखन थालियो भने राईहरुले पनि भोलिको दिनमा राई लिपि खोज्न थाल्नेछ । हामि बीच यस्तो भयो भने हाम्रो किरात अस्तित्व च्याङलिएको थाङना जस्तो हुन जानेछ । त्यसैले अब आडम्बरको पराकाष्ठमा पुगेर किरात इतिहासलाई खोक्रो प्रतीक बनाउनु हुदैन । किनभने हामी किरातीहरु बीच चलन चल्तीमा आएको "किरात लिपि" लाई कसैले "लिम्बु लिपि" कसैले सिरिजंगा लिपि" को मत मतान्तरणमा बहस गरिरहयौ भने हाम्रो लक्ष पुरा हुन सक्दैन । र हामी बैरागीएको पथिक जस्तै हुनेछौ । अत: हामी पीडा र वेदनाले भरिएको पर्खाल भित्र सीमित हुनेछौ । तब हामी नीस्पन्द, निश्चल, शिथिल र चुपचाप भएर बस्नु पर्ने हुन्छ । तसर्थ हामी वर्तमानको सचाई प्रति जागरुक हुनु आवश्यकता देखिएको छ । किरात लिपिलाई भ्रम भ्रान्तिमा पर्न दिनु हुदैन । अब हामीले सच्चाईको अनुभव गर्नु पर्दछ । वास्तविकता के हो ? गहिरिएर बुझ्नु पर्दछ । यसरि बुझ्न सक्यौ भने स्वस्थ सोचमा शुद्धता आई जातीय एकतामा सक्रियता आउन सक्दछ । र भोलिको दिनमा हामी किरातीहरुको निम्ति यो नै सबै भन्दा महत्वपुर्ण हुन जानेछ ।
    अन्त्यमा, टुट, फुट र गुटको सृजना नगरी जिन्दगीको सार्थकताको सही पहिचान गर्न गराउन हामी एकजुट हुन आवश्यकता देखिएको छ । तसर्थ हामी भित्र उब्जने रिस, राग, दोष, ईर्ष्या, अहम्लाई त्याग्न पर्ने देखिन्छ । अत: यी सबै त्यागेर नैतिक चरित्र, इमान, धर्म, सद्भाव एवं अनुशासनलाई मुलमन्त्र ठानेर कर्म क्षेत्रमा लाग्यौ भने सर्वहितायको निम्ति आनन्द छर्न सक्दछौ । त्यसैले अब उसो हामीले "किरात लिपि" लाई विवाद रहित बनाउन सक्यौ भने हामी किरातीहरु (राई-लिम्बु) बिचको साइनो सम्बन्ध झ्यांगिदै जान सक्दछ । तब विश्व रंगमंचमा हाम्रो इज्जत र प्रतिष्ठा पनि सबैतिर बढेर जान सक्दछ ।

नोगेन  आ-सेवारो

संकलन :- शेर बहादुर सुब्बा सरलपाडा B.T.A.D. आसाम

Sunday, 11 November 2018

11/11/2018 मा महागुरु फाल्गुनन्द को १३४ औ जन्म जयन्ती मनाउदै

नेपाली २०७५/१२/२५
अङ्ग्रेजी 11/11/2018 को
माहागुरु फाल्गुनन्द जिउको १३४ औ जन्म जयन्ती समारोह मनाउदै सरलपाडा साखा समिती कोक्राझार असम भारत मा 

Wednesday, 2 May 2018

भारतको पुर्वान्चलमा किरात को ईतिहास दोहोरिन्दैछ

भारतको पुर्वान्चलमा किरात को ईतिहास दोहोरिन्दैछ 

लेखक :- खड्ग बहादुर मेन्याङबो 

     हिमाल पहाडको किरात जाति प्राचिन समयमा एउटा महान जाति थिए भनि ब्रेड हड्सनले आफ्नो पुस्तक एसेस रिलेटिङ टु ईण्डियन सब्जेक्ट्स ( Essay Relating to Indian Subject ) नामक पुस्तकमा ईतिहासिक धरातलको आधारमा उक्त कथनलाई पृष्ठ -१० मा उल्लेख गरेका छन् । तिनताक यी किरात जाति पश्चिम काबुलदेखि पुर्व म्यान्मार ( बर्मा ) देशसम्म फैलिएर बसेका थिए । किरात जातिलाई धेरै सभ्य जाति भएका हुनाले आर्य वंशले देउता भन्थे । जस्तै-गन्धर्व, यक्ष, किन्नर जातिहरु आफुलाई अरु साधारण जातिभन्दा अझ एकलता माथिको सम्झी उनीहरु आफैलाई देउता भनि कहलाउन थाले । एतिहासिक तथ्यद्वारा यो थाहा हुन्छकी शुरुमा यो किरात जाति बेबिलोन देशको शुर देश अथवा सिरिया देशमा बस्थे । यिनीहरुको प्राचिन भाषामा गाडी वा किराती भन्न लागे जसको ऐतिहासिक स्स्पष्टिकरण  "न्यु बाईबल लिटल एट्लास अफ लन्डन रिलिजन ट्रयाक्ट सोसाईटी" ( New Biblical Atlas London Religion Tract Society ) नामक पुस्तकको पृष्ठ ७८ मा उल्लेख गरिएको छ । 
यी किरात वंशलाई पछिबाट द्रब्य जातिले लडाईमा हराए जसको फलस्वरूप उनीहरु आफ्नो देश छोड्नु पर्यो । यो निकालिएको किरात जाति पुर्व दिशा आई असुर वंशसित मिलजुल गरि एकै वंश भै किरात असुर नाउ अपनाएको कुरो  "द हिस्ट्री अफ नेशन " ( The History of Nations ) नामक पुस्तकको पृष्ठ २७१ मा एल डब्लु किङ ( L. W. Kings )-ले आफ्ना पुस्तकमा विवरण गर्नु भएको छ । यो किरात जाति अत्यन्तै शक्तिशाली राजा भएको हुनाले बेबिलोन, पर्सिया , तथा भारत समेत राज्य गरेको कुरा ॠगवेदको १०/९९/१० भागमा लेखिएको छ भनि अरियन नामक विद्धानले लेखेका छन् । यो किरात शुर जाति पर्सिया देश को निशा जगामा बस्दा आफुलाई खम्बो भनि सबोधन गर्न लागे साथै ग्रीस देशबाट आएका हौ भनि दाबी गर्न थाले । यस सन्दर्भमा श्री रती भानुसिंह नहरले भारत को राजनैतिक तथा सांस्कृतिक ईतिहासको उल्लेखमा उक्त कथनलाई पुष्टि गरेका छन् । सिलसिलागत Old Testament-2 Sammuel नामक ग्रन्थको १५ र १७ पदमा यो पनि उल्लेख गरिएको छ कि किरात जाति शुरुदेखिनै लडाकु जाति थिए । साथै उक्त जाति शिकारी प्रवृतिका हुनाले उनीहरुको बासस्थल पनि पहाडी खण्ड नै भएको प्रमाण पाईन्छ । विशेषत उनीहरुको बासस्थान काबुल, काश्मीर, काराकोरम तथा सम्पूर्ण हिमालयको फेदी तर्फ तथा पहाड-पखेरामा बस्ने गर्थे भनी श्री राघेय राघवले आफ्नो ईतिहासिक उत्खनन भारतको परम्परा अनि प्राचीन इतिहासमा उल्लेख गर्नु भएको पाईन्छ । जुन किरात वंश भारत देशको गंगा नदीको समतल भुमितर्फ बसोबासो गर्थे र ती वंश मध्येका याखा, शाक्य, कोहिया, मोरिया, बर्जी, मल्ल, बली , काल्मास थरले परिचित भएका शाखाहरु आफुलाई लिच्छवी भनी घोषणा गर्थे । यिनीहरुको राज्य हिमालय पहाड र गंगा नदीसम्म विस्तृत थियो भनी Politicol History of Ancient India p-116, 126, 190, 193  पृष्ठहरूमा हेमचन्द्र राय चौधारिले उल्लेख गरेका छन् । यसै सन्दर्भमा उल्लेखनीय कुरो के छ भने श्री सुनीति कुमार च्याटर्जीले आफ्नो पुस्तक किरात जनकृतिमा गौतम बुद्धलाई किरात वंशका हुन् भनि लेखेका छन् । पश्चिम दिशाबाट आउने किरात जाति अथवा खम्बो वा सम्बेज जातिसित मंगोल देशबाट आएका मंगोली जाति र चिन देशबाट आएका चिनीया जातिहरु आपसमा मिलजुल गरि एक वंश भई किरात नाउ राखि हिमालय प्रदेशमा बसे । पछि यो पहाडी देशबाट वंशको धेरै वृद्धि भए वापद बर्मा, श्याम, फिलिपिन्स टापुहरुसम्म फिँजिएको तथ्यलाई पण्डित राहुल साँस्कृत्यायन्ले आफ्नो बौद्ध संस्कृति नामक ग्रन्थमा पृष्ठ ४८ मा उल्लेख गरेका छन्  ।  
जब आर्य जाति पहिलो पल्ट भारतवर्षमा आए त्यसताक हिमालयका पहाड अंचल तथा इण्डस नदीको तटसम्म फिजिएको किरात - असुर राजाको आधिपत्य थियो । सम्बा असुर त्यस्ताक राज गर्थे, उनी उनि उद्धमा पराजित गरी जसको फलस्वरूप आफ्ना राज्य छोडेर पुर्व अंचलको हिमालय प्रदेश भन्ने ठाउमा आफ्ना अखडा बनाए । 
नेपाल खाल्डोमा राज्य गर्ने प्रथम किरात राजा बाणा-असुर थिए । पछी गोपाल वंशी राजाले उनलाई लडाईमा हराउदा किरातहरु पुर्व तर्फ बसाई सरे । फेरी पुर्व तर्फबाट नेपालका किरात राजा यलम्बरले नेपाल खाल्डोमा आक्रमण गरि गोपाल राजाको आधिपत्य नष्ट गरेर आफ्ना राज्यको सिमाना पश्चिम तर्फ त्रिशुली नदीसम्म, पूर्वमा टिस्टा नदि भुटान सिमानासम्म विस्तारित गरे । त्यस समयमा किरात राज्य नेपाल खाल्डो पश्चिम त्रिशुली नदीदेखि पुर्व बर्मा ( म्यान्मार ) देशसम्म थियो भनि कर्क पेट्रिकको ईतिहास  "एन एकाउन्ट अफ किङडम अफ नेपाल  ( An Account of the Kingdom of Nepal ) नामक पुस्तकको पृष्ठ २५६ मा उल्लेख गरेको छ । किरात वंशी राजाहरुले २९ पुस्ता अर्थात १७४० वर्ष सम्म नेपालमा राज्य गरे । आफुलाई किरात असुर अथवा किरातसुर राजा भनि प्रसिद्ध भए । आसाम प्रदेशको सबैभन्दा प्रसिद्ध राजा नरकासुर थिए । उनको छोराको नाउ भगदत्त थियो । भगदत्तको समयमा नै महाभारतको लडाई बुझिन्छ । उनले महाभारतको लडाईमा किरात अनि चिनिया फौज सामुहिक संगठन गरि युद्ध गर्न पठाएका थिए । नरकासुर भन्दा पहिले घटोत्कोच आसाम तथा किरात देशको राजा थिए । नरकासुरले किरात राजा घटोत्कोच सुरलाई युद्धमा हत्या गरेर किरात राज्यको राजा शासक आफै भएर राज्यको नाम पनि किरात बाट प्रागज्योतिष्पुर भनि नामकरण गरे । यसै परिपेक्षमा ऐतिहासिक आधार नियाल्दा लगभग ईशा पूर्व ३१७ मा नेपालको पूर्व अंचलमा पर्बेत ( Parbate ) नाउको महाप्रतापी किरात राजा थिए । किरात राजा पर्बेतले चन्द्रगुप्त मौर्यलाई लडाइमा सहयोग दिएर मघध राज्य अधिनमा बनाए । शर्त बमोजिम चन्द्रगुप्त मौर्यले उत्तर बिहार , बंगाल, आसामको भूखण्डहरु किरात राजालाई दिएका थिए । यसो हुदा पर्बेत किरात राजा सारा हिमालय पहाडदेखि उत्तर बिहार, बंगाल तथा आसामका राजा सयवर्षसम्म आपुंगी शासन गरेका थिए । यी किरात चोङ सरदारहरुको नामावली यस्तो रहेको छ :-   
(१)  भीमा हाङ ,  
(२)  गजाहाङ , 
(३)  श्रृषाहाङ , 
(४)  मृगाहाङ , 
यो तथ्य  A glimpse into the history of Assam  नामक पुस्तकको पृष्ठ  १७ मा उल्लेख गरेको छ । मृगहाङ किरात चोङ सरदारको शासनकालमा कामरूप राज्यको सत्ता शालस्तम्भर र पाल वंशका शासकहरुको हातमा गएपछि किरात चोङहरु टिकेर बस्न नसकी यत्र-तत्र भएको अड्कन गरिन्छ । तिनताक पुर्व भारतमा आर्य वंशको नाम निशान थिएन । सोइपरी पर्सियाका राजा अफ्रिसियाबले कारुपको राजा सिंगलद्धिपलाई हराएर सारा उत्तर भारत खण्ड पर्सिया राज्यको अधिनमा गाभे । यसोहुदा किरात राजाहरुले आफ्नो राज्यको सिमाना हिमालय पहाडी क्षेत्रसम्म आफ्नो सीमित राज्य बसाले । 
ईतिहास नियाल्दा यो तथ्य थाहा हुन्छ कि आर्य वंश भारतमा आउदा सम्म किरातसुर जतिको सभ्यता बाट प्रभावित भई किरात जातिलाई असुर अर्थात देवता या सभ्य जाति भनि सम्बोधन गर्न थाले । ॠग्वेद कालसम्म किरात असुर जातिहरुलाई देवता अथवा सभ्य जातिको गन्तीमा राखेका थिए । कालान्तरमा किरात-असुर तथा आर्य वंशको महासंगम हुन गयो । उक्त सिलसिलागत तथ्य बाट अझ एतिहासिक तथ्य यो थाहा हुन्छ कि आर्यहरु त्यसपश्चात किरात असुरको अर्थभेद भुत-राक्षस हो भनि झुटो प्रचार गरे । अर्थात् साम, यजुर्वेदहरुमा आर्य वंशको असुर वंशसित लडाई भयो अनि उपरोक्त ग्रन्थहरुमा उल्लेख भएकोले आर्य वंशले सभ्य किरात जातिलाई असुर वंश हुन् भनी सम्बोधन गर्छन । वास्तवमा 'असुर' शब्दको अर्थ देवता हो भनी ॠग्वेदमा उल्लेख गरेको तथ्यलाई किथसले उनका पुस्तक 'द रिलिज्योस एण्ड फिलोसाफी अफ वेद्स एण्ड उपनिषद् ( the Riligious and Philosophy of Veda and Upanishad ) को पृष्ठ २३१ मा प्रष्ट लेख्नु भएको छ । तसर्थ किरात असुर जाति आर्य वंशको झुटो भ्रम प्रसारसित विवश हुनु पर्यो । भ्रम र विवशताको चापमा असुरको अर्थ सायद राक्षसनै हुनुपर्छ भानी किरात वंशले असुर वंश राख्न छोडी दिए र उनीहरु आफैलाई किरात भन्न थाले । हाल किरात जाति भन्नाले हैजारा जाति काबुलको, पंजाबको राज किरात जति, कुमाउ-गड़वालको खस जाति, नेपाल-भारत देशका गुरुङ, मगर, खस, ठकुरी, नेवार, सुनुवार, दनुवार, थामी, तामाङ, लिम्बु, खम्बु  (राई), याखा, लाप्चे, जिमदार, भोटे, मेचे, कोचे, धिमाल,  आसामको नागा, कुकी, मिसिमी, मिरि, मिजो, अर्का, डुला, टाई आहोम, मटक, मराण, खाम्टी, डिमासा, चुटिया, लालुङ, जाहोङ, सिङफौ, पोइते, गेङटे, राभा, राजवंशी, कार्बी, गारो, बर्माको कासिन, मौङ, लाओस, खस जाति, भिएतनामी, कम्बोडियाको खमर जाति सबै किरात वंशका हुन् । 
नेपाल राज्य एक सुत्रमा हुन अघि सम्पूर्ण नेपाल राज्य साना-साना रजौटाहरुमा विभक्त भएका थिए । त्यस बेला किरात वंशका राजाहरु बेग्ला-बेग्लै नामले प्रचलित भई आ-आफ्नो ठाउहरुमा राज गरि बसेका थिए । सन् १९६८ मा फादर ग्राबरले पाटनको नेवार किरात राजा उल्लेख गर्दै यो लेख्नु हुन्छ कि वास्तविक सम्पूर्ण नेपाल राज्य र पहाडी क्षेत्रहरु किरात वंशका राजाहरुले राज्य गरेको हो  भनि स्पष्ट उल्लेख गरेका छन् । पृथिवी नारायण शाह गोर्खाको राजा हुन अघि धेरै वर्ष अघि हिन्दु मिशनरीहरुले किरात राजाहरुलाई हिन्दु धर्ममा ल्याए । किरात वंशी राजा साङलाईङ सवदीनलाई मोङरोगम हिन्दु धर्म बनाई राजपुत क्षत्री वंशमा गणना गरी हिन्दु पदवीले किरात राजालाई राय पदवीले सुशोभित गराए । सोईपरी पाल्पाली सेन मक्वान वंशीलाई हिन्दु धर्ममा परिवर्तन गराई सेन वंशी क्षत्री बनाए । खान वंशी किरात राजालाई क्षत्री ठकुरी बनाई सारा पदवी दिए । सोईपरी मेचे-कोचे किरातहरुलाई राजवंशी पदवी दिए । 
मनु स्मृतिको आधारमा हिन्दु राज्य स्थापनाको सपना साकार भएपछी उनीहरुले राज्य बिस्तार गर्ने हेतुले हिमालका काखमा बसेका निष्कपट गैर हिन्दु राज्यहरुमाथि बिस्तारै-बिस्तारै आक्रमण गर्दै लागे ।  "हिन्दु हिन्दु एक हौ , गैर हिन्दुहरुको शासन अन्त गर , म्लेच्छको अधीनता स्वीकार नगर" जस्तो नारा र नीतिको भरमा आश्रित र आगन्तुक जति पनि हिन्दुहरु जहा पनि छन् तिनलाई एकबद्ध गर्ने प्रयास गर्दै रहे । भारतमा मोगल शासक मध्य औरङ्गजेबले आफ्ना पितालाई बन्दि गरेर सन् १६५८-१७०७ सम्म राज्य गरे । तिनको पालामा उनले हिन्दुहरुको धेरै जनै काटि दिए । त्यो अत्यचारदेखी भारत बाट धेरै हिन्दु आर्यहरु नेपाल देश भित्रिए । यिनै आर्यहरु भारत बाट आएको हो भनेर भन्न गाह्रो मान्दछन । पछि गोर्खाको हिन्दु राजा पृथ्वी नारायण शाहले यो आन्दोलनमा आकर्षण रहेको कुरोलाई हृदयंगम गरि यसैलाई व्यापक र विस्तृत तुल्याई विभिन्न गैर हिन्दु राज्यमा रहेका आश्रित-आगन्तुक आर्य जातिलाई एक राज्य एक बिचारमा ल्याई एकबद्ध गरि गोर्खा भन्दा अलग अरु गैर हिन्दु गैर आर्य किरात राज्यहरुमाथि आक्रमण र कुटनीतिक षड्यन्त्र, जाल गर्दै आफ्नो कप्जामा पार्दै हिन्दु साम्राज्यको बिस्तार गर्न लागे । नेपाल देश आदिवासी जनजातिको सारा प्रान्त आफ्नो कब्जामा ल्याई सारा नेपाल आजसम्म पनि चलाई रहेको छ । हिन्दु साम्राज्य बिस्तारको यो अभियानमा अहिन्दु किरात राज्यहरुमा आई आश्रित भई बसिरहेको समस्त हिन्दु धर्मावलम्बी बाहुन अथवा तागाधारी जमातले पृथ्वी नारायणलाई सक्रिय सहयोग गरेको कुरा इतिहासको तथ्यहरुबाट देखिन्छ । यसरि हिन्दु साम्राज्य विस्तारको यो क्रममा गोर्खादेखि चारैतिर यथाशक्य विकसित भई रहेको अवस्थामा हिन्दुस्तानमा ब्रिटिश ईष्ट इन्डिया कम्पनीको प्रभुत्व सशक्त रुपले कायम भई सकेकाले हिन्दु साम्राज्य गोर्खाले पनि बाध्य भई सन्धि सम्झौता गर्न पर्यो । 
यसरी सन् १८१६ को ब्रिटिश इष्ट इन्डिया कम्पनी र नवागन्तुक बिजेता गोर्खा दरबारको सन्धि सम्झौताको कारणबाट हिन्दु सम्राट गोर्खाको भूगोलले स्थायित्व प्राप्त गर्यो भनौ वा गोर्खा सम्राटको सिमा निर्धारण हुन पुग्यो । बाहुन जातिहरु संगै हिन्दु धर्मको प्रवेश नेपालमा भएको हो । यिनै आर्य हिन्दुहरुले हामी गोर्खा नेपालि जातिहरु भारतको भुमिसंगै पुर्वान्चल पुर्वान्चलबासीलाई ( नेपालि गोर्खा किरातहरु ) ईतिहास साक्षी राखेर ठोकुवा साथ भन्नु सक्नु पर्छ पुर्वान्चलमा बस्ने कुनै सिमावर्ती विदेशी होइनौ, भारतमा राज्य माग्दा पनि किरात जातिले किरात राज्यनै भनेर दाबी गर्नु पर्ने हुन्छा । 
सन् १८१६ मा अंग्रेज ईष्ट ईण्डिया कम्पनीले भारतको लाहोर, गोरखपुर, दार्जीलिङमा सेना भर्ती केन्द्र खोलेर भारि मात्रामा नेपाली युवा ( किरात मूलको ) लिम्बु, राई, मगर, गुरुङहरु सेनामा भर्ना गरेको थियो । त्यहीबेला सुगौली भन्ने ठाउमा नेपाल र अंग्रेज शासित भारतको बिचमा जन सन्धि सम्झौता चुक्ति भयो त्यो सन्धि चुक्ति भएको परिणाम स्वरूप नेपालले अंग्रेज (भारत)-लाई सिमला, नैनीताल, मिसौरी, अलमोडा गडवाल, कुमाउ, देहरादुन ( पच्चिम खण्ड ) र पुर्व खण्डमा सुखिम, दार्जीलिङ, भुटानको दामखाङगडी र दामिलहाट, जलपाईगडी, कुचबिहारको केहि भूभाग र आसामको गोवालपाडासम्मको जगाहरु छोडिदिनु पर्यो । तबदेखि ति ठाउका बासिन्दाहरुपनी भारत कै बासिन्दा भयो । 
गोर्खा साम्राज्यको सीमा निर्धारण भई अब सीमा विस्तारको अर्को कुनै उपाय नभएपछि साम्राज्यवादी हिन्दु आर्यहरुले आफ्नो शासनलाई स्थायी र मजबुत बनाउने दिशातर्फ प्रयत्नशील भएको दिखिन्छ । जातिवादी विशिष्टता, त्रक्तमा पवित्रता र हिन्दु धार्मिक साम्प्रदायिकतालाई आफ्नो शासनको मुलभूत आदर्शको मूल्य र मान्यतालाई व्यवस्थागत हिसाबले स्थापित गर्न लागे । मनु स्मृतिलाई देववाणी मानि तेसैको आधारमा राजनैतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक, न्यायिक तथा समाजका सम्पूर्ण गतिविधि र क्रियाकलापहरुलाई नियोजित र संगठित गर्न लागे । यी क्रियाकलापहरुको फलस्वरूप क्षत्री जाति राजा हुने अहिन्दु किरात राजाहरु मासिने, प्रशासकीय गतिविधि र क्रियाकलापहरुमा क्षत्रिहरुकै एकाधिकार रहने, धार्मिक, संस्कृतिक, न्यायिक, आर्थिक,  शैक्षिक गतिविधि र क्रियाकलापहरु गर्न बाहुन जातिको एकाधिकारमा रहन गयो । यसरि गोर्खा साम्राज्यमा तागाधारी र गैर तागाधारी समाजको सृजना हुन गयो । गैर तागाधारी भूमिपुत्रहरु आफ्नै स्थानमा पराजित हुन पुगे । ईतिहास हेर्दा किरातभित्र पर्ने किम्बु, राई, मगर, गुरुङ, तामाङ, शेर्पा, लेप्चा इत्यादि जातिहरुले नेपाली गोर्खा भन्नु गाह्रो पर्छ, किनभने पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्न अघि पश्चिम क्षेत्रदेखि पुर्व क्षेत्र ( पल्लो किरात ) लिम्बु, ( वल्लो किरात ) गुरुङ, मगर, घले आदिको आ-आफ्नो स्वतन्त्र राज्य थियो, माझ किरातमा ( सोलखम्बु ) राईहरुको आफ्नो स्वतन्त्र राज्य थियो । किरात मुलको यी उल्लेखित जनजातिहरुको धर्म, भाषा-लिपि, संस्कृति भेष-भुषा, परम्परा छुट्टै छ । नेपाली गोर्खा हिन्दु धर्मसित हाम्रो धर्म, परम्परा मिल्दैन । २० अगष्ट १९९२ सन् पछी भारतबासी नेपाली ( गोर्खा ) भाषाको मान्यताले किरातहरुलाई शुन्यमा पुर्याएको बुझिन्छ । 
बलिहाङ ( बलिराज ) भन्दा पहिले किरातहरुले मानिल्याएको चाडपर्व याक्वा सेवा, चासोक सेवा, माघे संक्रान्ति र श्रावणको संक्रान्ति मात्र थियो । बलिहाङ जीवन र मृत्युको भविष्यवाणी गर्न सक्ने विद्वान थिए । कार्तिकको औसी रातमा यमराज आएर वाहाको आत्मा लिएर जानेछ भनि सभासदमा बताउनु भयो । त्यो दिन आईपुग्यो । बलिहाङ मुर्छित अवस्थामा लम्पसार हुनुभयो । ती औसीको अन्धकार रातमा सबैजना राजा बाचोस भनेर भजन-किर्तन, गीत गाउदै बसे । यम मन्चकको समय बितेपछि बलिहाङ लामो-लामो सास फेरेर आफ्नो प्रमुखहरुतर्फ फर्केर भने-मृत्युबाट बाचेकाले राजाले सम्पूर्ण प्रजाहरुमा खुशीयाली मनाउदै सुभ समाचार सुनाउदै नाच्दै-गाउदै गाउँ-गाउँ, ठाउँ-ठाउँमा शुभ सन्देश पुर्याउनु भने । त्यसबेलादेखि किरातहरुमा लेख्ने चलन भएको हो । त्यो चाडको प्रभाव सबै नेपाली भाषी गोर्खाहरुमा परेको हुदा अझपनि पालन गरिरहेका छन् । खासमा यो किरात संस्कृति हो । बलिहाङको राज्य शासन क्षेत्र हिमाली सेरोफेरोमानै थिए भन्ने भौगोलिक मानविक रुपान्तर बाट जान्न सकिन्छ । बकिहाङ प्रह्लादको नाति तथा विमोचनका छोरा थिए । बलिहाङको जेठा छोरा बाण असुरको शोनितपुर जिल्लाको अग्निगड़मा राजधानी थियो । तिनताक बाणासुरको राज्य नेपाल खाल्डोसम्म थियो भन्ने ईतिहासमा उल्लेख छ । बाणा असुरको पिता बलिहाङको दरवार पनि यही हुनुपर्छ । शोणितपुर जिल्लाको शिङरी अन्तर्गत गुप्तेश्वर मन्दिर देखि उत्तेर ति'र एउटा प्राचीन भग्नावशेष देख्न पाईन्छ । यो भग्नावशेष नै बलिहाङको छोरा बाणासुरको हुनुपर्छ, तेजपुरको अग्निगडदेखि एक किलोमिटर पूर्वमा भग्नावशेष छ । यो बमुनी पहाडमा प्राचिन समयमा बिष्णुको मन्दिर भएको देखाएको छ । खासमा बामुनी पाहाड़ विष्णुले ब्राह्मण रुप धारण गरि भिक्षा दान माग्न जादा छल-कपट गरि बलिहाङलाई पतन गरिएको हुनाले हिन्दु ब्राह्मण बाट यी ठाउको  नाम बामुनी पाहाड़ भनि नामाकरण गरेको अनुमान गरिन्छ । 
भारतको पुर्वान्चल भेकमा अनार्य मुलका हिन्दु धर्मावलम्बी नरकाशुरको हातमा सत्ता आएपछि यहाको किरात प्रजाहरुलाई अत्याचार गरि खेदी पठाएपछि हिन्दु धर्म मान्ने अन्यान्य गोत्रका मानिसहरु ल्याएर बसाएपछी यस ठाउको नाम-निशान सबै लामो समयको अन्तरालमा परिवर्तन हुदै, मेतिदै आएको अनुमान गरिन्छ । सातौ शताप्दीको शुरुमा वर्तमान भुटान राष्ट्रको दक्षिण पट्टिको भूभाग लगायत वर्तमान आसाम प्रान्तको ओदालगडी, सिमलगडी, धुबगडी, मायनागडी, शिलगडीसम्मको भूभागमा अर्थात पुर्व अदालगड़ीदेखि पश्चिम शिलगड़ीसम्मको उत्तर खण्डमा किरात चोङहरुको बसोबास थियो भन्ने ईतिहासमा उल्लेख छ । यो भूभागमा किरात चोङहरुको बसोबासो गरेका समयमा नामाकरण भएको ठाउँहरु अझपनि केहि मात्रामा परिवर्तन भई चलिरहेको छ, जस्तै अदालगडी जिल्लाको सात धरिया अन्चलमा पर्ने जोरा पोखरी, सामराङ अन्चलमा पर्ने भोटे झार, भोटे चोङ (हालमा भुटिया चाङ), राजा गड, बास्का जिल्लाको भेटे खौर, कुमरीकाटा अन्चलको मिजगडी, कोकराझार जिल्लामा लङपा (अठियाबारी), मुढे (सरलपाडा), भदैगडी, आदिहुन । यस भेकमा अनुसन्धान गरिएमा ती समयका भग्नावशेषको रुपमा रहेका स्थानहरु धेरै प्राप्त गर्न सकिने सम्भावना छ । भुटानको दक्षिण भूभागमा पनि किरात  चोङसित सम्बन्धित थुप्रै गाउँ-ठाउँको नामहरु पाईन्छ भन्ने अनुमान गरिन्छ । बङ्ग तथा कामरुपको राजा सिंगलदिप पर्सियाको राजा अफ्रिसियाबको हातमा नराम्रो गरि परास्त भएपछी बन्दि भएर पर्सियामा लिएर गएपछि कामरुपको राजासट्टा शलस्तम्भ र पालवंशका हातमा पर्यो । त्यसपछि किरात चोङहरु बसेको भूभागमा पनि उत्पात गरेपछि बस्न नसकी अलपत्र भएको अनुमान गरिन्छ । 
यो आसाम तथा पुर्वान्चल भेकमा किरातहरुको आओ-जाओ प्राचिनकाल देखिनै भई आएको बुझिन्छ । घटोत्कोच स्वयम् यस भूभागका शासक थिए । नेपालका राजा जयदेवले आसामका राजा हर्षदेवको  छोरीसित विवाह गरेका थिए । त्यसैबेलादेखिनै आउने-जाने क्रम अझ बढदै गयो । यसैबेला पुर्वान्चल खण्डको सातवटा प्रान्त किरातहरुको मावली सरह आफन्तको गाउँ हो भनि ठोकुवा साथ् भन्न सकिन्छ । यो कुरो सुनीति कुमार च्याटर्जीले पनि वैवाहिक सम्बन्ध भएकोले प्रजाहरुमा पनि आउने-जाने, व्यापार-वाणिज्य गर्न आधार बढदै गएको कुरो ईतिहासमा उल्लेख गर्नु भएको छ । भोट-बर्मेली भाषा बोल्ने किरातहरु हिमालयको दक्षिणतिर पहाडको फेदीमा र ढाल ईलाकामा बस्न थालेको ई॰ पू॰ १००० वर्ष देखिको हो । पौराणिक कालदेखि वर्तमान पश्चिम बंगालको जलपाईगडी जिल्लाको भूभाग किरात चोङ लगायत खम्बु, याखा, सुनुवार आदिको बसोबास थियो । दशौ शताब्दीमा लेखिएको कालिका पुराणले प्राचीन कामरूप राज्यको उल्लेख गरेको छ । सातौ शताब्दी यता दामसाङगडी (दार्जीलिङ) को आसपासहरुमा किरात चोङ, लगायत खम्बु, लेप्चा, भोटे, तामाङ, शेर्पाको बसोबासो थियो । प्राचीन समयमा पुर्वान्चल भेकमा बसोबासगर्ने किरातहरुले एउटाई भाषा-लिपि प्रयोग गर्थे, लेख्ने, पड़ने, बोल्ने गर्थे भनेर पुष्टि गरेको  छ । 
किरात चोङको भाषा-लिपि शब्दकोषमा टाईरोङ शब्द छ जसको अर्थ टाईवंशको राजा भन्ने हुन्छ । टाईरोङ शब्दबाट आसामको एउटा जिल्लाको नामाकरण अप्रभंश भई दरङ भएको हुनु पर्दछ, यसबाट पनि किरातहरुको बासस्थान भएको भन्ने पुष्टि गर्छ । तिनताकदेखि महादेवलाई किरातहरुले ईष्टदेव (थेबाहाङसाम) मान्दै आएको र इष्टदेवी भनेर कामाख्या माई (युमासाम)-लाई पुजिल्याको हो र अझपनि किरात धर्म मान्नेहरुले आफ्नै प्रकारले पुजि नै रहेको छ । 
किरातहरुको आफ्नै धर्म, भाषा-लिपि, साहित्य र संस्कृति प्राचीनकालदेखिनै भई आएको थियो, अझपनि अवशेषको रुपमा रहेको छ, तर यी भौतिक विषयहरु पराई धर्म, भाषा, संस्कृतिको प्रभावमा लामो समयको अन्तरालमा परेर, मुछिएर बिर्सिनु पर्यो । यसरि किरातहरु आफ्नै मौलिक अधिकारबाट पनि आफै बन्चित भएको देखिन्छ । त्यसकारण किरातहरुले आफ्नो धर्म, भाषा-लिपि, संस्कृति बिर्सिने किरातवंशको सम्झानामा अब कुनै बाटो नभुली एकसुत्रमा बाँधिएर सामुहिक उन्नति गरौ भन्ने वास्तविक प्रयास हो । तसर्थ प्राचिनकालदेखिको खास परिचय किरात हो, बिचमा आएर गोर्खा भयौ, हालमा नेपालि भनेर चिनेको छ । तर आसामको इतिहासले किरातहरुलाई नेपालि-गोर्खा जाति भनेर केही माँग्दा चिन्दैन र दिदैन । भारत तथा आसामको इतिहासमा पनि किरातहरुकै वर्णन पाईन्छ । सुर्यवंशी, अग्निपुत्र, कश्यपऋषी आदि उल्लेख गरेको पाइन्छ, यस्तै प्राचिन्ताको प्रमाण र आधारहरु लिएर किरात सम्बन्धि मौलिकताको ज्ञान हासिल गर्न किरात धर्मलाई अंगाल्नु जरुरि देखिन्छ, अबको आउँदो दिनहरुमा समयको परिवर्तन संगै आफ्नो किरात मौलिकतामा रुमलिएर सबैको सामुन्ने आफुलाई किरात भनेर परिचय दिने बेला आएको छ । 
समाप्त नोगेन । 


कालीपुर - १,  बास्का जिल्ला, आसाम । 
लेखक :-  किरात धर्म तथा साहित्य उत्थान संघ, प्रान्तीय समिति, आसामको अधक्ष हुनुहुन्छ । 

सन्दर्भ पुस्तक :- 
१.   ईमानसिङ चेमजोङको संक्षिप्त जीवनी, 
२.   जनजातिमा आधारित इतिहास - ईमानसिङ चेमजोङ । 
३.   जनजातिमा आधारित सत्य  दर्पण - काजीमान कन्दङवा । 
४.   कि॰ध॰त॰सा॰उ॰सं॰ प्रान्तीय समिति आसामको गतिविधि - खिलकुमार चोङबाङ । 
५.   दिव्य मेरु - गोपिलाल लिम्बु, नेपाल । 
६.   किरात मंगोलियन वर्णमाला - आसमान लाबुङ, नेपाल । 


Saralpara Local Scene










Thursday, 12 April 2018

किरातीहरुको जन्म तथा न्वारन कर्म


किरातीहरुको जन्म तथा न्वारन कर्म

संछिप्त रुपमा  
        जब किरात जातिमा बच्चा जन्म हुन्छ तब, छोरा होस या छोरी उनीहरुको पहिलो कर्म हुन्छ न्वारान छोरी भए () तिन दिनमा छोरा हो भने () दिनमा याङदाङ फोङमा गरिन्छ याङदाङ फोङमा गरेपछि नानी जन्मेको दश / एघार (१० / ११) दिन पुगेपछि नानी आमा दुवैजनाको माङ्गेन्ना (शिर) पुजा गरिन्छ छोरा भए (१०) दश दिनमा छोरी भए (११) दिनमा माङ्गेन्ना (शिर उठाउने) गर्नु पर्दछ अनि जन्मेको बाईस (२२) दिन पुगेपछि फेरी ईस्टदेव माङको पूजा-आराधना कुल-पितृ, युमाथेबा अर्थात सुम्निमा पारूहाङको पूजा सकेपछि धुपबत्ती, सुनपानीले साम्जिक मुन्धुम वाचन गरि शुद्ध गराएपछि पूर्णरुपमा चोखिन्छ सुत्केरीले छोएको पकाएको, बनाएको खानु हुन्छ , अथवा माङहिम देवस्थलमा प्रवेश गर्नु हुन्छ किरात धर्मको कर्म, संस्कार रीति-रिवाजको पहिलो संस्कार यहि रुपमा शुभारम्भ हुन्छ । 

सरलपाडा साखा समिति