भारत आसाम सरलपाडा, किरात धर्म तथा साहित्य उत्थान संघ साखा समिति, / Estd ; 1998
Friday, 12 January 2018
महागुर फाल्गुनन्द को संछिप्त जीवनी
महागुरु फाल्गुनन्दको जन्म बिक्रम सम्बत १९४२को कार्तिक २५ गते आइतबारको दिन इलाम जिल्लाको इभाङ ५ चुक्चिनाम्बामा भएको थियो। उनका बाबु जगनबाज लिम्बु, लिङदेन र आमाहंसमती लिम्बुथिए। आमा बाबूका साँहिला छोराका रूपमा जन्मिएका फाल्गुनन्दको न्वारानमा ज्योतिषले राखेको नाम नरध्वज लिङदेन थियो। बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा लाईदिनाले ठीक हुन्छ भनेकोले उनको हातमा फलामको चुरा लाईएको थियो। त्यही चुराबाट उनको नाम फलामसिंह रहन गएको थियो। गाउँका अन्य युवाहरू जस्तै उनी पनि बेलायती फौजमा भर्तीमा जाँदा उनको नाम फलामसिंबाट फाल्गुनन्द बन्न पुगेको हो ।
महागुरु फाल्गुनन्द लिङदेन ज्यु को छोटो जानकारी
(वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) हाङ्सम साम्यो या किराँत धर्मका महान गुरु तथा समाज सुधार थिए।
फाल्गुनन्द आफ्नो जीवनको अन्तिम पलसम्म किराँत धर्म संस्कार संस्कृतिको उत्थान संरक्षणका निमित्त लागिरहे। यस बिच उनले देशद्रोहीको अभियोग पनि खेप्न परेको थियो। वि. सं. २००५ सालमा उनको देहान्त भएपछि किराँत संघ संस्थाहरूले हरेक वर्ष कार्तिक २५ गते फाल्गुनन्द जन्म जयन्ती मनाउदै आएका हो । वर्तमान अवस्थामा महागुरु फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेका हुन् | 'सत्य धर्म मुचुल्का'को नीति विश्व समुदायले अनुसरण गर्न थालेका छन्।
Tuesday, 9 January 2018
Sunday, 7 January 2018
Saturday, 6 January 2018
Subscribe to:
Posts (Atom)










