Sunday 5 March 2023

दुखत समाचार ....... हात्तिको आक्रमण मा परि मृत्यु

आज मिति ई० 2023 March 5 तारिख आइतबारको दिन समय दिन को 3 बजे तिर कोक्राझार आसाम उल्टापानी गाउँ निवासी श्रीमान रामबोले रिछेनबुङ दिल्पाली राई किराती ज्यु को कान्छा छोरा 34 वर्षिय स्व० टिकाराम राई आफ्नो घर बाट 14 वर्ष को आफ्नै भतिजो लाई लिएर स्कुटी सर्भेसीङ् गरेर कोक्राझार जिल्ला बाट घर आउदै गरेको बेला बिस्मुरी देखि उल्तापानी 23 किलोमिटर को जंगलमा अचानक जङ्गली हात्तीले पछाडीबाट खेदी आक्रमण गरि वाहालाई टाउकोमा टेकी प्राण लिएको जानकारी पाएका छौं, तर पछाडी पाटी बसेको आफ्नै भतिजो लाई भने हात्तीले केहि नगरी छोडेको पनि खबर पाएका छौं ।

 उहाँको दिवंगत आत्मलाई चिरसान्तिको कामना गर्दै स-परिवार जनमा मांग द्वारा धर्य धारण गर्ने शक्ति प्राप्त होस भन्दै  सम्पूर्ण शोकाकुल परिवारमा आन्तरीक समवेदना प्रकट गर्दछौं

आसाम प्रान्तीय समिति 







Tuesday 14 April 2020

भावपूर्ण श्रद्धान्जली

KIRAT ASSAM
सामाजिक औ साहित्य प्रति वाहाको देनहरु 

1 - पाचमाईल बिहियागाउ महिला मण्डल ( कार्यकारी सम्पादिका सन् 1992 देखि 1997 सम्म ।
2 - असम साहित्य्त सभा पाचमाईल साखाकी सदस्य सन् 2005 देखि ।
3 - असम साहित्य सभाकी आजीवन सदस्य सन् 2016 देखि । 
4 - अमलापाम गाउको जेउती महिला समितिकी सम्पादिका सन् 2012 देखि । 
5 - अपलापाम महिला आस्था ग्राम्य संगठनकी सम्पादिका सन् 2019 देखि । 
6 - किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रिय सदस्य साथै आजीवन सदस्य सन् 2013 देखि । 
7 - किरात धर्म तथा साहित्य उत्थान संघ सोणितपुर जिल्ला तेजपुर लखरा साखाकी सभानेत्री साथै आजीवन सदस्य सन् 2013 देखि । 
8 - किरात धर्म तथा साहित्य उत्थान संघको आसाम प्रान्त्य उपसभानेत्री सन् 2019 देखि । 

Monday 30 March 2020

" नारी "
नारी देवि हुन भन्ने समाजमा
फेरि नि भयो रे नारीको बलात्कार
सामाजिक संजालमा दु:खद खबर
हुने वाला छैन केही चमत्कार
स्वर्थले भरिएको समाज
अनि स्वर्थी मान्छेहरु
आफू माथी भयेको अत्याचार
आफुलाई नै मार्नु ठान्छे बरु
सामाजिक नजरमा अश्पृस्य
घृणित मान्छेहरुको नजर
उ पनि एउटा मान्छे नै थि
बनाइये स्वार्थिहरुले बजार
गलत ब्यवहार को शिकार
अनि सामाजिक चर्चा हजार
तेहि चर्चा परिचर्चाले
बनियो ती नारी को सत्कार
भन्छन नारी देवि हुन समाजमा
फेरि किन भयो त ती नारी को बलात्कार?
हरेक मानिस आफ्नै धुनमा
खोइ त तेस्को न्याय ?
समाज सारा चुप छन
देखेर नि न देखे झै
कति निर्दयी हुन्छ है मान्छे
बलात्कार गरि फाल्ने
कस्तो घिनौना सोच हो तेस्को
नारी नै त थियो तेस्लाइ पाल्ने
सामाजिक चेत्रमा नाङ्गो छ नारी
खोइ कस्ले त्यो नाङ्गो टाल्ने?
अश्पृस्य भइ बाच्दैछ ती नारी
कसरी सहोस त्यो मनको पिडा
समाज उसलाई निचा देखाउछ
कसरी बस्छ सहि त्यो घृणा
बेदर्दी दुनियाको माजमा रुदै
खेल्दैछिन उ नङ्गिन क्रिडा

                        भबेश खिम्दुङ 

Thursday 22 August 2019

Singbir fago chongbang




आज मिति इं 22/08/2019 बिहिबार को दिन बिहान 8:45 बजि हाम्रो किरात धर्म तथा साहित्य उत्थान संघ को सेवासाबा श्रीमान सिङ्बिर फागो चोङ्बाङ लिम्बू ज्युको 49 वर्ष को उमेरमा देहान्त भएको छ । तथा मृतक आत्माले सान्ती पावस भनी उहि तागेरा निङ्वाभु माङ् सङ्ग प्रार्थन गर्द छौ । ओत माङ सेवारो ।

Wednesday 1 May 2019

विशेष सुचना


    आसाम प्रान्त्य को 89 औ किरात समाज सुधार दिवस समारोह 
स्थान :- 1 नम्बर कालिपुर बाक्सा B.T.A.D assam 
मिति  6,7 र 8 may 2019 

   कार्यसुचि 
Date.  6/5/2019 सोम्बार 
(1) :- बिहान 7 बजि देखि गाली सराप बहन्ती , प्रान्त्य समिती भयेर, 
गाली सराप बगाउने ईच्छुकहरु 5/5/2019 को बेलुकी 6 बजि सम्ममा सामेल हुनु पर्नेछ , 
(2):- दिउँसो 12:30 बजि नास्ता भोजन , 
(3):-  बेलुकी 7 बजि प्रान्त्य बैठक साथै सपथ ग्रहण , 
(4):- राती 9 बजि भोजन पछि विश्राम , 

Date. 7/5/2019 मङ्गलबार 
(1):- बिहन 8 बजि झन्डा उत्तोलन , 
(2):- बिहान 10 बजि अस्टम होम यज्ञ सेवा , 
(3):- दिउँसो 12:30 बजि खुल्ला सभा तथा प्रवचन , 
(4):- दिउँसो 2 बजि श्रीमती लक्ष्मी मेन्याङ्बो र श्री शिव लोहोरुङ राई को मङ्गेना सहित टीका टालो आशिर्वाद , 
(5):- बेलुकी 4 बजि अन्यान्य , 

Date. 8/5/2019 बुधबार 
(1):- बिहान 8 बजि बिसर्जन सेवा , 
(2):- बिहान 9:30 बजि हाङ्वा माङ्वा वितरण , 
(3):- दिउँसो 11 बजि देखि भोजन र बिदावारि , 

                                     आयोजक 
                                    कि, ध, त, सा, उ, सं, 
                                  बाक्सा जिल्ला समिती आसाम ।

Sunday 31 March 2019

29/03/2019

धेरैनै दुखको कुरात होइन, तर पनि सम्स्याको मुल पाना भनेझै ,,,,!, हाम्रो एक जना समाज कर्मि श्रीमान सिङ्वीर फागो चोङ्वाङ, माङ सेवासाबाज्युलाई अचानक गम्भीर बिराम्ले आक्रमण गरेको हुदा वाहाको उपचार हिजो 29 March 2019 सुक्रबार को दिनदेखी गुवाहाटीको NEMCARE HEART INSTITUTE & RESEARCH CENTRE and SUPER SPECIALITY HOSPITAL मा उपचार भैरहेको सबैमा सहस्र जानकारी गराउदछु , " आर्थिक समस्या धेरै कम्जोर भएको हुदा समाजको आशामा निर्भर छौ हामी "
Chongbang Limbu.