भारत आसाम सरलपाडा, किरात धर्म तथा साहित्य उत्थान संघ साखा समिति, / Estd ; 1998
Wednesday, 2 May 2018
Thursday, 12 April 2018
किरातीहरुको जन्म तथा न्वारन कर्म
किरातीहरुको जन्म तथा न्वारन कर्म
जब किरात जातिमा बच्चा जन्म हुन्छ तब, छोरा होस या छोरी उनीहरुको पहिलो कर्म हुन्छ न्वारान । छोरी भए (३) तिन दिनमा र छोरा हो भने (४) दिनमा याङदाङ फोङमा गरिन्छ । याङदाङ फोङमा गरेपछि नानी जन्मेको दश / एघार (१० / ११) दिन पुगेपछि नानी र आमा दुवैजनाको माङ्गेन्ना (शिर) पुजा गरिन्छ । छोरा भए (१०) दश दिनमा र छोरी भए (११) दिनमा माङ्गेन्ना (शिर उठाउने) गर्नु पर्दछ । अनि जन्मेको बाईस (२२) दिन पुगेपछि फेरी ईस्टदेव माङको पूजा-आराधना कुल-पितृ, युमाथेबा अर्थात सुम्निमा र पारूहाङको पूजा सकेपछि धुपबत्ती, सुनपानीले साम्जिक मुन्धुम वाचन गरि शुद्ध गराएपछि पूर्णरुपमा चोखिन्छ र सुत्केरीले छोएको पकाएको, बनाएको खानु हुन्छ , अथवा माङहिम देवस्थलमा प्रवेश गर्नु हुन्छ । किरात धर्मको कर्म, संस्कार रीति-रिवाजको पहिलो संस्कार यहि रुपमा शुभारम्भ हुन्छ ।
सरलपाडा साखा समिति
Thursday, 5 April 2018
कुन-कुन जातिहरु किरात हुनत ?
कुन-कुन जाति किरात हुन'त ?
इतिहासबारे अध्ययन अनुसन्धान एवम् खोज गर्नेहरुको निष्कर्षले किरात 'जाति' नभएर 'सभ्यता' भएको सत्य देखाउँछ । किरातले कुनै एक निश्चित जातिको प्रतिनिधित्व गर्दैन बरु आर्य सभ्यताभन्दा छुट्टै सभ्यता भएका अनेक जातिहरुको संयुक्त सभ्यतालाई किरात भनिएको देखिन्छ । यसरी हेर्ने हो भने पूर्वी नेपालका राई
लिम्बू याक्खा सुनुवारमात्र किरात होइनन् । किरात इतिहास एवम् संस्कृतिका खोज तथा अनुसन्धाता हेर्दा। ईमानसिङ चेम्जोङका अनुसार 'वर्तमान समयमा लिम्बू र राईमात्र किरातका रुपमा प्रख्यात भए तापनि गुरुङ, मगर, थकाली, सुनुवार, थारु, तामाङ, शेर्पा, कागते, लेप्चा, मेचे, कोचे, धिमाल, दनुवार, किरात हुन् । त्यसरी नै अर्का खोज तथा अनुसन्धानकर्ता डोरबहादुर विष्टका अनुसार- किरात सन्तानहरुमा आफ्नो मातृभाषाको रुपमा तिब्बत-बर्मेली भाषिकाहरु बोल्ने राई, लिम्बू, सुनुवार, हायू, गुरुङ, मगर, थकाली, श्रेचे र काठमाडौंका पहिलेका सम्मिश्रण रहेको कुरामा धेरैको मत मिल्न जान्छ । थारु जातिको चर्चा गर्ने क्रममा राहुल सांकृत्यानले लेख्नुभएअनुसार हिमाली जातिहरुको भाषा तथा कुराको अध्ययनबाट थाहा हुन्छ कि हिमालय र त्यसको तराई क्षेत्रमा पन्जाबदेखि कश्मिरसम्म बसोबास गर्ने आदिवासी किरात थिए । त्यस्तै अर्का खोजकर्ता सुनीतिकुमार चटर्जीको भनाइमा कश्मिरदेखि थाइल्याण्डसम्मका हिमाली तथा पहाडी भेगमा बस्ने भोट-बर्मेली तथा चिनी-बर्मेली भाषा परिवारका भाषा बोल्ने सबै मंगोलियनहरु किरात हुन् । यसबाट किरातभित्र बहुल जातिको अस्तित्व भएको कुराको पुष्टि हुन्छ । त्यस्तै श्री गोयलको मतमा नेपालका नेवार, लेप्चा, मगर, गुरुङ यी सबै किरातका विभिन्न शाखा हुन् ।
यसरी किरात कुनै निश्चित जाति नभएर विभिन्न जातिहरुको सामूहिक रुप हो भन्ने तर्क दिने धर्मरत्न यमीका अनुसार हिमालयका विभिन्न क्षेत्रमा बसोबास गर्ने मगर, गुरुङ, कुसुण्डा, खस,लिम्बू, खम्बू, तामाङ, चेपाङ, धामी, भिस्सा, न्यानो, नोहाङ, नेवार इत्यादिको बोलचालबाट थाहा हुन्छ यी जनसमुदाय किरात जातिका थिए भनेर । त्यस्तै प्राज्ञ केशवराज पंडालीका अनुसार इतिहासविद्हरुका अनुसार वर्तमान नागाल्याण्डका नागा, आसामका खासी, गारो तथा चुनिया जातिहरु नेपालका थारु अहिले ज्यापू कहलिएका कतिपय थरीहरु किन्नोर उपत्यकाका किन्नरहरु कुमाउ-गढवालका राजकिरात सबै किराती हुन् । यसरी नै अर्का विद्वान् नरहरिनाथका अनुसार यक्षका सन्तान हौं भन्ने आजका गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, याक्खादेखि पहाड र हिमालयमा पाइएका अस्तित्वको सङ्घारमा पुगेका थुप्रै जातिहरु किरात हुन् । त्यस्तै हर्षबहादुर बुढा मगरको मतमा हिमालयका विभिन्न ठाउँमा बसोबास गर्ने मगर लिम्बू राई तामाङ च्यापुङ नेवार आदि किरात हुन् । यसरी थुप्रै विद्वान् खोज तथा अनुसन्धानकर्ता इतिहासविद्हरुका अनुसार किरात कुनै निश्चित जाति होइनन् बरु अनेक जातिहरुको संयुक्त सम्बोधन हो भन्ने बुझिन्छ ।
संकलक :- शेर बाहादुर सुब्बा हेम्ब्या
सरलपाड़ा कोक्राझार असम
Wednesday, 4 April 2018
किराती हरुको चाड पर्व
" किराती हरुको चाड पर्व "
शेर बाहादुर सुब्बा हेम्ब्या
(१) वैशाख १ गते,
नया वर्ष प्रारम्भ कि.सा.मु. ( किरात साम्जिक मुन्धुम ) निसाहिमको स्थापना ।
(२) वैशाख १२ गते,
किरात सहित टेक बाहादुर अन्छङबो स्मृति दिवस ।
(३) वैशाख २४ गते,
किरात समाज सुधार दिवस साकेला उभौली पर्व ।
(४) वैशाख २५ गते,
राईहरुको प्रमुख चाड शाकेवा नृत्य ।
(५) अषार ४ गते,
गुरु निजि आश्रम कृषि समितिको स्थापना दिवस ।
(६) अषार ९ गते,
कि.चो,मु.अ. ( किरात चोत्लुङ मुजोत्लुङ अङसिमाङ ) माङगेना सेवा समितिको स्थापना दिवस ।
(७) श्रावन १९ गते,
किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्झुम्भो स्थापना दिवस साथै किरात साम्यो सुनुगेन थक्सुवा स्थापना दिवस ।
(८) भदौ ५ गते,
किरात जोतिष उत्थान संघ स्थापना दिवस ।
(९) असोज ५ गते,
किरात हकचात पान्झुम्भो दिवस ।
(१०) कार्तिक १९ गते,
बलीहाङ तङनाम दिवस । ( बलीहाङ राजाको पूजा गर्नेदीन )
(११) कार्तिक २५ गते,
राष्ट्य बिभुति महागुरु फाल्गुनन्द जन्म जयन्ति साथै किरात हाङसा मुजोत्लुङ माङहिम स्थापना दिवस ।
(१२) मंसिर १८ गते,
किरात धर्म गुरु लिङदेन आत्मानन्द सेईङ ज्युको जन्म दिन साथै किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो स्थापना दिवस, महागुरु फाल्गुनन्द रास्ट्य विभुवित गरिएको दिन ।
(१३) मंशिर २० गते,
धन्य पुर्णिमा त्योअङसी पहिलो शाहित्यकार सिरिजंगाको जन्म जयन्ती , साथै मुवेक्वा चेसोक सेवा ( उधौली पूजा )
(१४) पौष १७ गते,
शाहित्यकार ईमानसिङ चेमजोङ जन्म जयन्ती ।
(१५) माघ १ गते,
किराती हरुको नवर्ष प्रारम्भ ।
(१६) माघ ५ गते,
खिवेक्वा याक्वा सेवा ( उभौली पूजा ) ।
(१७) फाल्गुन ३ गते,
मुहिगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन जन्मोत्सव ।
(१८) चैत्र २२ गते,
महागुरु फाल्गुनन्द ज्युको शोक दिवस ।
Kokrajhar assam ( Saralpara )
Thursday, 29 March 2018
गजल
आसुँ लुकाई हास्नेहरु धेरै भेटियो
आफन्तमा मुटुकाटने धेरै देखियो
पराईनै भएपनि कोहि कोहि
आफन्त जस्तै भैदियो
Sher Bdr. Subba
“विश्वशान्ति र मानव एकतामा किरात धर्म”
“विश्वशान्ति र मानव एकतामा किरात धर्म”
लेखक प्रा. डा. नोवल किशोर राई
१.उठान -आजको हाम्रो समाज भौतिक विषय बस्तुहरुमा मात्र रुमलिएर रहेको देखिन्छ । मानिसहरु नाम र दाम कमाउने कुरामा तछाड-मछाड गरेर लागेको हुन्छन । हिजो के थिए? र काहा थिए? अनि भोलि काहा र के हुने हो भन्ने विषयमा अति कम व्यक्तिले मात्र सोचेको पाईनछ । अर्थात् ‘पाउने’ विषय मा खुशी अनि ‘गुमाउने’ कुराले दुखि हुनेहरुको संख्या अधिक छ, यो संसारमा । भौतिक सुख आनन्द मात्र उपलब्धि हो भन्ने विश्वासमा संसार भुलेर बसेको देखिन्छ । हिजो र भोलि को कुरामा मनिषलाई विश्वासनै छैन अथवा यो विषयले चस्को दिए पनि यसबारे चिन्तन गर्ने फुर्सत छैन हामीलाई । यथार्थ भौतिक कुरा मात्र नसोची अलिकति भए पनि आध्यात्मिक विषयमा चासो राखने हो कि ! आध्यात्मिक विषय वस्तुमा प्रवेश लिदा भौतिक जीवन-जगतका सबै कुरा त्याग्नु पर्ने चाही होइन भन्ने कुरा मन मा राखनु पर्दछ ।
२. धर्मको अर्थ -
हामीमध्ये धेरै जसोले धर्मको सहि अर्थ बुझेका पनि हुदैनौ अनि येशको गलत व्याख्या गरिरहेका हुन्छौ यथार्थ यहाँ धर्मको अर्थ खोलने मनसायले सबभन्दा पहिले सब्दाकोसिय अर्थको चर्चा नेपाली बृहत सब्दाकोशले ‘धर्म’ सब्दको अर्थ एसरी दिएको छ:-
धर्म- ना. (सं.) १. व्यक्ति वा वस्तुमा सधै रही रहने गुण वा मूल वृत्ति, प्रकृति स्वभाव । २. स्ववाभिक गुण, सहज वृत्ति । ३. स्वर्ग प्राप्त गर्न सकिने लोकविस्वास भएको पुण्य कार्य, पुण्य कर्म । ४. कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा ब्यवास्ताको लागि अंगालिने कर्म वा कर्तब्य (जस्तै- मानव धर्म, नारिधर्म, युगधर्म इ.) । ५. असल आचरण, सदाचार, नियम । ६. पुण्य, सत्कर्म । ७. इश्वर अथवा सद्गतिको प्राप्तिका लागि गरिने शास्त्रबिहित कर्म । ८. कुनै महापुरुसले चलाएको मत, सम्प्रदाय ।
उपयुक्त धर्मका अर्थहरू केलाएर हेर्दा स्पस्ट थाहा लाग्ने कुरा के रहेछ भने यो गुण केवल मानवले मात्र धारण गर्ने स्वभाव रहेछ । यो व्यक्ति मा रहने बिशिस्ट गुण रहेछ भनि निहीत बिशेस गुण हो भनेर ठान्नु पर्ने रहेछ । अर्कोतिर एस्को अभावमा हामी मानव भनेर चिनिन सक्तैनौ र हाम्रो समाज पनि विश्रीङखलित रहेछ भन्न सकिन्छ । सृष्टीको शुरुवात्बाटनै कुनै पनि पदार्थहरुमा खास गुण रहने भएकाले त्यसलाई सो पदार्थको विशेस गुण भनेर चिनियो भनि मानव समुदाय मा भने परिवार वा समाजमा रहनु पर्दा मानव धर्म नअपनाएमा सम्बन्धित व्यक्ति वा उसको समाज नियमत हुन सक्दैन । तसर्थ यस अर्थमा धर्म भन्ने बस्तु एउटा अनुसासन पनि हो । यहि वृत्ति, प्रबृत्ति, गुण, स्वभाव, आचार, सदाचार आदिलाई अझ-उपल्लो तहसम्म विशिष्टीकरण गरेर मानव समुदायका अनेक महापुरुसले कुनै खास मार्ग पन्थ वा धर्मको अभ्युथान गरेर आफ्नो समाजमा स्थापित गरेका छन् जसलाई अरु अनुयायीहरु अगाडी लैजाने काट्य गरे । यसै अनुरुप हाम्रो समझमा हिन्दु, मुस्लीम, इशाई, बौद्ध, शिख, ताओ, शिन्तो, बहाइ आदि अनेक मार्गहरु प्रचलित भए । समय र भूगोलका कुनै खासखास बिन्दूहरुमा इ धर्महरुको विकास र विस्तार पनि भयो मानिसहरुले यसलाई आफ्नो ‘आस्था’ र ‘परिचय’ को केन्द्रका रुपमा पनि मान्न थाले ।
३. किरात धर्म-
नेपालमा किरातहरु निक्कै प्राचिन आदिबासीहरु भनेर चिनिएका छन् । अन्य मानव समुदाई सरह नै किरात जातिले पनि एउटा मूल वृत्ति, प्रबृत्ति र सदाचार अपनाएर आफ्नो खास मार्ग रेखांकन गरेर ल्याए । सम्पूर्ण किरात जनसमुदायले युगयुगादी देखि अपनाएर ल्याएको यस मार्गलाई ‘किरात धर्म’ भनेर चिन्न थाल्यो । लामो कालखण्ड सम्म लेख्या परम्परानै सिमित भएको रह्यो । भूगोलको अनेक पाराहरु र समयका अनेक मोडहरुमा यो मार्गमा पनि विविधताले प्रवेश पायो । जुन कुरा बिकसित मानव सभ्यताको लागि अपेक्षित् नै हो । समयको चर्को घाम ले जति नै तक्सिएपनि , भूगोलको चक्करले जतिनै ‘कुइनेटो’ मा पारे पनि आदिम काल बाट प्रारम्भ भएको किरातीहरुको मार्ग ‘किरात धर्म’मा मुलत: निम्न वृत्ति, प्रवृति वा आचार परिवर्तन भएन । यसर्थ धर्मका नामले किरातीहरु आज पर्यन्त निर्विवाद रुपमा मानेर आएका मुख्य तिन बिषय हुन्:-
प्रकृति पूजा
पितृ पूजा
सत्मार्ग
३.१. प्रकृति पूजा-
किरातीहरुले पुरापुर्वकाल देखि नै प्राकृतिका साथ आफ्नो जीवनको तादम्यता कायम गरि आफुलाई येशको उपज हो भन्ने ठानी यसको पूजा अर्चना अनि शुरु गरेका हुन् । अर्थात् किरातहरु आफुलाई ‘प्रकृत्ति पुत्र’हरु भनि ठान्दछन र यशलाई आफ्ना ‘जिबन दाता’ का रुपमा मन्दछन् मान्दछन । जसले जसरी पूजा अर्चना गरेपनि माटो, हावा, पानी, वन, वृत्त, जल, आकाश, चन्द्र, सुर्य, पृथिवी, ग्रह-नक्ष्यत्र आदि प्रकृतिलाई अत्यन्त आदरका साथ पहिलेदेखि चली आएको कुरा हो । पहाड, बन, जंगल, खोला, नाला आदिलाई आत्मा र परमात्माको प्रतिक यिनका सन्ग्रक्ष्यन् र संवर्धनमा लग्नु पनि किरातीहरु आफ्नो धर्म मान्दछन । ठुलो चट्टान, रुख-वृक्ष्य र नदिनालालाई ‘इश्वरीय रुप’ मानेर पूजा गर्ने अनि ईनलाई क्षय हुनेबाट जोगाउने काम पनि किरात धर्म नै हो । पनि वा पानीको मुहान फोहोर नगर्नु, प्राणीहरुलाई दुख नपुच्याउनु भन्ने पाठ हरेक किरातीहरुलाई सानै देखि आमा-बुवाले सिकाएर ल्याएकै हुन्छन । इ प्राकृतिक बस्तुहरुमा देवात्मको बास रहेको हुन्छन भन्ने हाम्रो मान्यता छ । यशरि कुनै पनि प्रकारको प्राकृतिक विचलनले मानवजातिमा आपद-विपद आइलाग्छ भन्ने कुरा किरातीहरुको ठुलो धार्मिक विश्वास हो । कतिपय ठुला र पबित्र नदि वा पहाडको नाम समेत उच्चारण गर्न नहुने कुरा हामी सबैलाई थाहा भएकै हो किनभने हामी किरातीहरु आफ्ना मान्यजनको नाम लिन मान्दैनौ पनि । तेसैले किरातीहरुको लागि प्रकृति आमा-बुवा र इश्वर दुवै हो ।
३.२. पितृ पूजा -
आत्मा अमर हुन्छ भन्ने कुरा सबैले मानेकै छन् भने किरातीहरु यस मृत्युलोक बाटा परलोकमा प्राप्त गर्ने आफ्ना पुर्खाहरु देवतुल्य हुन्छन भनेर विश्वास गर्दछन् । आफ्ना पुर्खाहरुको आत्मा उसलोकमा भए पनि यसलोकमा रहने आफ्ना सन्तानका रक्ष्यार्थ सक्रिय हुने हुनाले उनीहरुको पूजा अर्चना गरि रहने किराती परम्परा हो । कुनै पनि किरातीको मृत्यु पश्चात उसको आत्मालाई ठिक संग ‘पार लाउने’(मुक्ति दिने) काम गरिन्छ जसलाई ‘पारंगत’ पनि भन्ने चलन छ । मनुष्य चोला क्षगभंगुर छ र मृत्यु पछि उसलोक मा गइसकेपछि हाम्रा पुर्खाहरु कतिपयले आफ्नो इच्छा अनुसार आ-आफ्ना स्वजनका कुल मा पुनर्जन्म भएर आउने र अरु त्यसैलोकमा देवगजका साथ रहने हाम्रो विश्वासले पितृपूजा गरिएको हो । उहाहरुको नामोच्चारणका साथ शुद्ध जल, प्रसाद नैवेध्य र अन्य शुद्ध भोजन पनि अर्पण गर्ने कामलाई पितृपूजा भनिन्छ । यसो गर्नाले हामी प्रिथिवितलमा रहने सन्ततिहरुमा सुख-शान्ति प्राप्त हुन्छ भन्ने हाम्रो विश्वास छ । कुनै कारणबस बाटो भुलेर अमुक्त भएर रहेका आत्माहरुलाई पुनमुक्ति दिलाउने काम र मुक्त आत्माहरुसंग सम्वाद गर्ने काम पनि किरातीहरुका लागि अनौठो कुरा होइन । यसलोक र परलोकको बिचको सम्बन्ध, हिजो-आज र भोलिको जन्ममा विचको तादभ्यताको विषय पनि किरात जनविश्वासले ठाउँ ओगटेको छ ।
३.३ . सत्मार्ग -
किरातहरु जसरी प्रकृतिको चक्र र पितृहरुको अस्तित्वका विश्वास राख्दछन । त्यसरी नै ‘सत्य’ को पक्षमा पनि दृढ छन् । सत्यमा अटल रहनु पर्दछ र यसबाट ‘च्युत’ हुन गएमा यसलोक वा उसलोक कतै न कतै यसले पछ्याएर दण्डको भागी हुनुपर्दछ भन्ने मत राख्दछन । सुरुसुरुमा सबै लेनदेन को व्यवहारहरु मुखको भरमा हुने गर्दथ्यो भने आजभोली कतिपय कुरामा लिखित राख्ने गरिएता पनि मूल कुरा ‘ सत्य ’ मा आउनू आफ्नो धर्म ठान्दछन , किरातीहरु । सत्कर्म र सत्मार्गको बाटो लिएर आज सन्तुस्ट हुने किरातीहरु यसले भोलिको जीवन पनि सुखमई हुने विश्वास राख्दछन ।
यहानेर यो पक्तिकार एउटा सानो घटनाको उल्लेख गर्ने अनुमति चाहन्छ -
लगभग वि.सं. २०३२-३३ सालतिर एकजना मिथिलाबवासी सहकर्मीसंग इलाम , पाचथर , ताप्लेजुंग आदि किरात क्षेत्रहरुमा भ्रमण गर्ने अवसर मिल्यो । ती क्षेत्रहरुमा घरमा तालाचाबी नलाउने , लुगा फाटा धोएर बारीमा सुकाई राख्ने र भाडा वर्तनहरु धारामा त्यसै छाडीराख्ने गरेको देख्दा ती मित्रले आसर्य माने अनि उनका घरमा यो कुरा सुनाउदा “ आझ पनि कतै ‘ रामराज्य ’ रहेको ” भनेर उनका पिताले भनेको कुरा सुनाउदाथे । ढ़ाँछ- छल चोरी – चकारी र लुटपाटका घटनाहरुको कमि हुने किराती क्षेत्रका कुरा यथार्थ हो ।
परापुर्व कालदेखि नै सरल जीवन र अशल चरित्रमा आस्ता राख्ने किरातिहरमा यदाकता कुल्धर्म र जातिय मर्यादाबाट बिचलित हुनु पुग्दा समुदायमा रहेको बुडापाका र मान्यजनहरुको सकारात्मक हस्ताक्षेप र मार्गदर्शनले सदै स्थान लिरहेको पनि सत्य हो । आफ्नो समुदायमा घट्ने घटनाहरु प्रारम्भिक जाच बुज़ र निरुपणका उपायहरु सदै जानिफकार बुढापाकाहरुबाटा हुने गर्दछ र प्राय ; यी कुराहरु सर्वमान्य हुने किराती समाजको विशेषता पनि हो । समाजमा भला – पन्चहरुबाट निसृत ‘ पन्चवाक्य ’ ले अजै पनि धार्मिक र बौधानिक दूवौ मान्यता पाइरहेको बिषय किरात धर्मको प्रचलित नमुना हो जुन कुरा सत्वुद्धि सतविवेक र सत्धर्ममा आधारित छ ।
४ . महागुरु फाल्गुनन्दको उदय -
ईश्वरको लीला भन्ने बा सृष्टिको चक्रले गर्दा गत सताब्दीको मध्यतिर किरात कुलमा मानवचोलाको रुपमा महागुरु फाल्गुनन्दको जन्म भयो । यो घटना वि. सं. १९४२ कार्तिक २५ गतेको हो र उहा एउटा सामान्य कृसक परिवारका सदस्यका रुपमा यो धर्तिमा पदार्पण गर्नु भयो । उहाका बाल्यकाल र किसोरावस्था अरु कृसकका छोरा सरह नै ब्यतित भएपनि पटक पटकको देसदर्शन र दिववाणीले उहाको व्यक्तिगत जीवनमा ठुलो प्रभाव पर्यो । उहा बाल्ब्र्हम्मचारी रहनु भयो , सत्य धर्मको पालक भएर आत्मा सजन र अन्यात्रलाई पनि मार्ग दर्शन गराइरहनु भयो । आजको समाजलाई विश्वास नहुन सक्छ तर उहामा अद्भुत र अदृश्य दैवी सक्ति थियो जसको कारणले सामान्य मानिसले गर्न नसक्ने कैयौ चमत्कारी कार्यहरु गरेर आफ्ना अनुयायीहरुलाई सत्कर्म र सत्मार्गतिर सधै डोर्याउनु भयो । क्रुर राणाकालले घनघोर अध्यारोमा पिडा भोगिरहिको किरात तथा गैर किरात समुदायलाई सुर्य समान भएर उज्यालो र न्यानो ताप प्रदान गर्नु भयो । येशु क्रिस्ट लगायत अन्य धर्महरुले पनि जेलनेल भोग्नु परेको थियो । सायद यस्ता यातना सक्तिले मात्तिएका र अज्ञानताले अन्धा भएका क्रुर शासकहरुको परिचित दिन र स्वजनहरुका मुक्तिका लागि रचिएका ‘ दैवीखेल ’ नैपो हो कि ?
४,१ सत्यको अनुरागी मार्गदर्शक महागुरुफाल्गुनन्द -
यो लेखको अभिप्राय महागुरुको जीवनी विस्तार गर्नु नभएकाले उहाले निर्माण गर्नु भएका सत्मार्ग र त्यसमा ‘ ताते ’ गर्नु सिकाउनु भएको शिक्क्षाका मुलभूत विषय मात्र प्रकाश गर्ने छ ।
४.१.१. महागुरुको दैविशक्ति र प्रभाव -
केवल प्रवचन मात्र सुनेर पत्यार नलाग्ने जनसमाजलाई केहि न केहि चमत्कार त चाहियो नै । महागुरुलाई इश्वरीय वरदान प्राप्त थियो अनि यसको प्रयोग असल कार्यका निम्ति र दुर्जन नाशका खातिर प्रयोग गर्नु भयो । खडेरीमा पानी पारेर किशानलाई राहत दिनु , अशिना – हुरी बताश रोक्नु , रोगीहरुलाई निकोपार्नु भविष्यवाणी गर्नु जस्तो अत्भुत कार्यले समाजमा प्रभाव पार्न मात्र परेन बरु उहाका अनुयायी भएर सत्यको बाटो रोजे अनेक चेलाचपेटाले । यसो गर्दा महागुरुका सामिप्यमा आफु सुरक्क्षित् रहेको पाउदथे ।
किरात धर्म को ईतिहासमा वि.सं. १९८८ लाई एउटा मुख्य विन्दुको रुपमा लिन सकिन्छ । यसै वखत महागुरु फाल्गुनन्दले पाचथरमा १७ थुम्का सुब्बा जिम्मावाला अमाली , तालुकदार , कर्ता , कारवारी जस्ता गन्यमान र यस बुद्दिजीवीदेखि सर्वसाधारणसमेतलाई उपस्थित गराई सत्धर्म चुम्लुङ गरि सत्य धर्म मुचुल्का गराउनु भएको थियो । वि.सं. १९८८ साल वैशाख २४ गते भएको यो धर्म सभा नै किरात धर्मलम्बिहरुका लागि एउटा कुम्भभेला सरह भएको थियो जहा महागुरु स्वयं उपस्थित भएर आफ्नो रोहबरमा सबै सुब्बा – अमाली , बुद्दिजीवी – अगुवाहरुको माझ – किरात धर्मनुयायिहरुलाई धर्मको बारेमा , भाषालिपि र संस्कारका विषयमा अनि समाज सुधारका मुख्य मुख्य कुरामा चेलाचपेटाहरुलाई लिखित रुपमा दस्तावेज उठाएर मार्ग दर्शन गराउनु भएको थियो । यो सत्य धर्म मुचुल्कालाई बौध्दहरुको ‘ पंचशील ’ अनि ईसाईहरुको ‘ दश आज्ञा ’ (ten commedments) सरह लिन सकिन्छ , यो भन्दा अगी किरात समुदायमा यस्तो धार्मिक सभा भएको देखीन्दैन । परपुर्वकालदेखी अधिछिन्न रुपमा पालना गरिआएका किरात धर्ममा यसले एउटा ‘ कोशे ढुंगा ’ उभ्यायो जहाबाट यो धर्ममा एउटा लिखित परम्पराको आरम्भ भयो । यो पुनीत कार्यले छरिएर रहेका, अन्यौलमा पारेका अनेक किरातीहरुमा स्पष्ट रुपमा एउटा एकताको सत्मार्ग खुल्यो भने हुन्छ । आदि – अनादि कालदेखी प्रकृति र पितृको पूजा आराधना गरेर सत्यधर्ममा आफ्नो परम्परालाई धान्दै आएका किरातीहरुले नै किरात धर्मको अदिकरिक दस्ताबेस निर्माण भएको ठान्दछन ।
कुनै पनि समुदायका धार्मिक वा समाजीक सुधारका खातिर सोही समाजबाट एक महापुरुसको उदय भएको देखिन्छ । बुद्ध , येशु , कविर , नामक आदि यसै प्रत्यन का लागि धर्तिमा जन्मिएको हुन् । हिन्दु धर्म अनुसार सत्य र त्रेतायुगको अन्त्य भएपछि पनि कुराले आफ्नो अवतारलाई ‘ धर्म र सार्थ ’ भनि गीतमा भन्नुभएको कुरा पनि स्मरणीय छ । नेपालको त्यस्तो काम गर्नु सक्थ्यो र ? आफ्नो धर्मको रक्षार्थ , आफ्ना अनुयायिहरु छन् मार्ग प्रसस्त गर्नु र सामाजिक चेतना फैलाउनु उहा मात्र एक अलौकिक पुरष भएर हाम्रो माजा उठाउनु भएका कुरा हामीलाई ज्ञात हुनैपर्छ । केवल स्वधर्म र समाज सुधारका पुनित कार्य मा लाग्नु भएको महागुरुलाई पनि त्यसबखतका शासकहरुले दुख दिने काम नगरेका होइनन । तर सत्य अजेय भएर नै रहेको छ । यस्ता घटना हरुले असत्य र धर्मको हार अनि सत्य – धर्मको विजय भएको प्रमाण दिन्छ । सत्य र दृढ विश्वासका लागि विष पान गरेर आफ्नो समुदायलाई मार्ग दर्शन गर्ने महापुरुसले नै हाम्रो मानव सभ्यतालाई अगाडी बढाएको छ ।
५. किरात धर्म र मानव एकता -
हामी सबै मानिसहरु ( पशुपक्षी आदि पनि प्रकृतिमा ) रहेको ‘ पंचतत्व ’को उपज हौ । यो तत्तहरुबाट हाम्रो जीवन को आरम्भ भयो र यिनीहरुको नासबाट हाम्रो अन्त्य हुन्छ । यहि कारणलेनै हामीले प्रकृतिलाई बुज्न पर्छ , पुज्न पर्छ । यो गाठी कुराको चुरो बुजेर नै हाम्रा पितापुर्खाले प्रकृतिको पूजा गरे , सेवा गरे । प्रकृति माथिको अति सोषण र दोहानले हाम्रो मानव समाजले अनेक थरिका आपत – बिपत झेल्नु परिरहेकोछ । प्रकृति मान। कल्याणका खातिर हो भने मान्छेले किन यसको सेवा नगर्ने त ? यसको सदुपयोगले हामी सुखापुर्वक बच्न सकिन्छ भने यसको दुर्पयोगले हामीलाई अप्ठ्यारोमा पार्छ । यहि सत्य बुजेर परपुर्वकालदेखी नै किरातीहरुले ‘ प्रक्रितिपुजा ’ लाई आफ्नो धर्म ठाने । यसै बिन्दुमा नै सबैखाले मानव समुदायको भलो छ ।
पंचतत्वको स्थुल सरिर भएका बेलामा आएका भावी सन्ततिहरुका सुख – चयनको खातिर उत्सर्ग गर्ने हाम्रो पुर्खाहरुको गाथा गौरव हो । उसलोकमा रहेर पनि उहाहरुको आत्माले हाम्रो भलो - कल्याण गरि रहेको छ भन्ने धारणाले नै हामी ‘ पितृ पुजक ’ भयौ । कुनै सक्तिको माध्यमबाट हामी आफ्ना पितृहरुसंग सम्वाद पनि स्तापित गरिरहेको कुरा घाम जति कै छर्लङ्ग हामीमा छ । यो पनि किरात धर्मको एउटा पहिचान हो ।
हाम्रा अग्रजहरुले सदै सत्कर्म र सत्मार्गको पक्षमा उभिने शिक्षा दिएको छन् हामीलाई । महागुरु फाल्गुनन्दले त सुनाउनु मात्र भएन बरु छापै ठोकेर जानु भएकोहो यस विषयमा ।
त्यसो हो भने , प्रकृतिको पूजा , पितृको अर्चना र सत्मार्गको अवलम्वनले यो धरतितलमा रहेको सम्पूर्ण मानव एकतामा राजमार्ग किन नखुल्ला ?
६ . किरात धर्म र विश्वाशान्ति -
संसारभरिका मानवजातिले अवलम्वन गरेर आएका हरेक धर्मको एउटा लक्ष विश्वशान्ति पनि हो । ‘ पृथ्वी नै एउटा परिवार हो ’ भन्ने हाम्रो मान्यताले आज जापानमा भुइचालो र सुनामीले पीडित जनहरुमा हामी आफ्नो समबेदना अभिभ्यक्त गर्छो अनि सान्तिको लागि प्राथना गर्दछौ । संसार अनेक कारणले सानो सानो भएर खुम्चने क्रम छ । कैयो माइल टाडो रहेको तटिय देशहरु हिमाल पग्लेर प्रभावित छन् भने उनीहरुको उष्णताको मात्रा बढेर हाम्रो पहाड सक्दैछ । धनिहरु गरिब जन्माउदैछन अनि गरिबहरु धनि उत्पादन गरिरहेका छन् । अर्थात् ‘ ठुलो ’ भन्ने वस्तु सानो को उपस्थितिमा मात्र सम्भव छ अनि यो दोहरो छ । यी दुवै फरक फरक बिन्दु हुदाहुदै पनि एकअर्कामा परिपुरक पनि छन् । यो मानवीय समाजको विषयता बीच किरात धर्मले समेतको अपेक्षा राखदछ र यसले नै विश्वशान्तिको जग बसाल्दछ ।
७ . त्यसैले-
यो धर्तिमा मानव मात्र यस्तो प्राणी हो जसले आफु जस्तै ‘ दुइ खुट्ट ’ र अरुको भलो सोच्न सक्छ । विवेकद्वारा निर्देशित प्राणी मानव मात्र हो जसले समुदायको हित गर्न सक्छ नि प्रीथ्वीको रक्षा गर्न उद्दत रहन्छ । तर तेसै मानिस पनि कहिँ कतै विवेकशुन्य हुदा ‘ भस्मासुर ’ पनि भएको छ । मानव र दानव आक्रीतमा नभएर प्रवृति अत ; मा फरक प्रकृति को मार्ग अवलम्वन गर्ने , पितृको आशिर्वचनको अपेक्षा राख्ने र सत्मार्ग पहिल्याउने किरात धर्म सर्वधर्म होला कि ! त्यसैले यहि मार्गबाट विश्वशान्ति र मानवएकता कायम होला नि !
किरात धर्मको – जय !
Collection By Lila khimdung Rai
Sunday, 25 March 2018
बिशेष सूचना .............
बिशेष सूचना
किराँत धर्म तथा विभिन्न धर्म साथै सामाजिक, संसारिक बिसय सम्बन्धित् कुनै पनि लेख, कविता, गजल, सायरी, मुक्तक, कथा, अन्यान्य बिसयहरु लेखि पठाउने ईच्छा भएमा हजुरले हामीलाई सम्झी यो ठेगानामा पठाउन सक्नु हुनेछ । हामि हजुरको बिसयलाई हाम्रो स्मारिका पुष्तक, पेज मा समावेस गर्नेछौ ।
यदि हजुरको लेखहरु राम्रो स्पस्ट र उत्कृष्ट भएमा हजुरलाई पुरस्कार सहित सम्मान गरिने योजना गरिएको छ ।
लेखहरु पठाउने ठिकना .......!
Name > Saralpara Kirat Sakha Samiti .
Village > Saralpara .
Pos > Ultapani .
Dist > Kokrajhar .
Pin no. > 783370 .
Village > Saralpara .
Pos > Ultapani .
Dist > Kokrajhar .
Pin no. > 783370 .
Email द्वारा पठाउने हुदा > saralparakirat@gmail.com
Side हेर्नकोलागी यहा Click गर्नुस saralparakirati.blogspot.com
ओत तागेरा निङ्माभुमाङे शेवारो
Subscribe to:
Posts (Atom)










