Tuesday 14 April 2020

भावपूर्ण श्रद्धान्जली

KIRAT ASSAM
सामाजिक औ साहित्य प्रति वाहाको देनहरु 

1 - पाचमाईल बिहियागाउ महिला मण्डल ( कार्यकारी सम्पादिका सन् 1992 देखि 1997 सम्म ।
2 - असम साहित्य्त सभा पाचमाईल साखाकी सदस्य सन् 2005 देखि ।
3 - असम साहित्य सभाकी आजीवन सदस्य सन् 2016 देखि । 
4 - अमलापाम गाउको जेउती महिला समितिकी सम्पादिका सन् 2012 देखि । 
5 - अपलापाम महिला आस्था ग्राम्य संगठनकी सम्पादिका सन् 2019 देखि । 
6 - किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रिय सदस्य साथै आजीवन सदस्य सन् 2013 देखि । 
7 - किरात धर्म तथा साहित्य उत्थान संघ सोणितपुर जिल्ला तेजपुर लखरा साखाकी सभानेत्री साथै आजीवन सदस्य सन् 2013 देखि । 
8 - किरात धर्म तथा साहित्य उत्थान संघको आसाम प्रान्त्य उपसभानेत्री सन् 2019 देखि । 

Monday 30 March 2020

" नारी "
नारी देवि हुन भन्ने समाजमा
फेरि नि भयो रे नारीको बलात्कार
सामाजिक संजालमा दु:खद खबर
हुने वाला छैन केही चमत्कार
स्वर्थले भरिएको समाज
अनि स्वर्थी मान्छेहरु
आफू माथी भयेको अत्याचार
आफुलाई नै मार्नु ठान्छे बरु
सामाजिक नजरमा अश्पृस्य
घृणित मान्छेहरुको नजर
उ पनि एउटा मान्छे नै थि
बनाइये स्वार्थिहरुले बजार
गलत ब्यवहार को शिकार
अनि सामाजिक चर्चा हजार
तेहि चर्चा परिचर्चाले
बनियो ती नारी को सत्कार
भन्छन नारी देवि हुन समाजमा
फेरि किन भयो त ती नारी को बलात्कार?
हरेक मानिस आफ्नै धुनमा
खोइ त तेस्को न्याय ?
समाज सारा चुप छन
देखेर नि न देखे झै
कति निर्दयी हुन्छ है मान्छे
बलात्कार गरि फाल्ने
कस्तो घिनौना सोच हो तेस्को
नारी नै त थियो तेस्लाइ पाल्ने
सामाजिक चेत्रमा नाङ्गो छ नारी
खोइ कस्ले त्यो नाङ्गो टाल्ने?
अश्पृस्य भइ बाच्दैछ ती नारी
कसरी सहोस त्यो मनको पिडा
समाज उसलाई निचा देखाउछ
कसरी बस्छ सहि त्यो घृणा
बेदर्दी दुनियाको माजमा रुदै
खेल्दैछिन उ नङ्गिन क्रिडा

                        भबेश खिम्दुङ