Monday 12 February 2018

कविता > " मेरो मनको भावना "

कबिता.........  “ मेरो मनको भावना ”
भबेश खिम्दुङ राई

सुर्यको जस्तै स्थिर हुनुपर्छ मन
जस्लाई कसैले झार्न सक्दैन ,
लाउन पर्छ मान्छेलाई साचो प्रेम
जस्लाई कसैले मार्न सक्दैन ,,

सर्प जस्तै हुनु पर्छ मान्छे सबै
जसलाई देख्दा डरावस ,
इज्जत राख्नु पर्छ सबै माथी
जस्लाई इज्जत गर्दै करावस ,,

फुल जस्तै होस मन सबैको
चारैतिर सुबास छर्न सकोस ,
इज्जत कमाएर जिन्दगी बिताउ
अन्त्यमा सान्तिले मर्न सकोस ,,

पर्यावरन जस्तै होस बोली
खुसियाली छाउन सकोस ,
राम्रो काम गरोउ सबैले
सबै बाट इज्जत पाउन सकोस ,,

अमृत जस्तै होस व्यवहार
जस्ले जीवन बचाउन सकोस ,
तपाईको व्य्बोहारको कुरा गर्दै
गाउमा हल्ला मचाउन सकोस ,,
  
Saralpara kokrajhar assam 
bhabeshrai778@gmail.com


Saralpara,

No comments: