भारत आसाम सरलपाडा, किरात धर्म तथा साहित्य उत्थान संघ साखा समिति, / Estd ; 1998
Sunday, 11 November 2018
Wednesday, 2 May 2018
भारतको पुर्वान्चलमा किरात को ईतिहास दोहोरिन्दैछ
भारतको पुर्वान्चलमा किरात को ईतिहास दोहोरिन्दैछ
लेखक :- खड्ग बहादुर मेन्याङबो
हिमाल पहाडको किरात जाति प्राचिन समयमा एउटा महान जाति थिए भनि ब्रेड हड्सनले आफ्नो पुस्तक एसेस रिलेटिङ टु ईण्डियन सब्जेक्ट्स ( Essay Relating to Indian Subject ) नामक पुस्तकमा ईतिहासिक धरातलको आधारमा उक्त कथनलाई पृष्ठ -१० मा उल्लेख गरेका छन् । तिनताक यी किरात जाति पश्चिम काबुलदेखि पुर्व म्यान्मार ( बर्मा ) देशसम्म फैलिएर बसेका थिए । किरात जातिलाई धेरै सभ्य जाति भएका हुनाले आर्य वंशले देउता भन्थे । जस्तै-गन्धर्व, यक्ष, किन्नर जातिहरु आफुलाई अरु साधारण जातिभन्दा अझ एकलता माथिको सम्झी उनीहरु आफैलाई देउता भनि कहलाउन थाले । एतिहासिक तथ्यद्वारा यो थाहा हुन्छकी शुरुमा यो किरात जाति बेबिलोन देशको शुर देश अथवा सिरिया देशमा बस्थे । यिनीहरुको प्राचिन भाषामा गाडी वा किराती भन्न लागे जसको ऐतिहासिक स्स्पष्टिकरण "न्यु बाईबल लिटल एट्लास अफ लन्डन रिलिजन ट्रयाक्ट सोसाईटी" ( New Biblical Atlas London Religion Tract Society ) नामक पुस्तकको पृष्ठ ७८ मा उल्लेख गरिएको छ ।
यी किरात वंशलाई पछिबाट द्रब्य जातिले लडाईमा हराए जसको फलस्वरूप उनीहरु आफ्नो देश छोड्नु पर्यो । यो निकालिएको किरात जाति पुर्व दिशा आई असुर वंशसित मिलजुल गरि एकै वंश भै किरात असुर नाउ अपनाएको कुरो "द हिस्ट्री अफ नेशन " ( The History of Nations ) नामक पुस्तकको पृष्ठ २७१ मा एल डब्लु किङ ( L. W. Kings )-ले आफ्ना पुस्तकमा विवरण गर्नु भएको छ । यो किरात जाति अत्यन्तै शक्तिशाली राजा भएको हुनाले बेबिलोन, पर्सिया , तथा भारत समेत राज्य गरेको कुरा ॠगवेदको १०/९९/१० भागमा लेखिएको छ भनि अरियन नामक विद्धानले लेखेका छन् । यो किरात शुर जाति पर्सिया देश को निशा जगामा बस्दा आफुलाई खम्बो भनि सबोधन गर्न लागे साथै ग्रीस देशबाट आएका हौ भनि दाबी गर्न थाले । यस सन्दर्भमा श्री रती भानुसिंह नहरले भारत को राजनैतिक तथा सांस्कृतिक ईतिहासको उल्लेखमा उक्त कथनलाई पुष्टि गरेका छन् । सिलसिलागत Old Testament-2 Sammuel नामक ग्रन्थको १५ र १७ पदमा यो पनि उल्लेख गरिएको छ कि किरात जाति शुरुदेखिनै लडाकु जाति थिए । साथै उक्त जाति शिकारी प्रवृतिका हुनाले उनीहरुको बासस्थल पनि पहाडी खण्ड नै भएको प्रमाण पाईन्छ । विशेषत उनीहरुको बासस्थान काबुल, काश्मीर, काराकोरम तथा सम्पूर्ण हिमालयको फेदी तर्फ तथा पहाड-पखेरामा बस्ने गर्थे भनी श्री राघेय राघवले आफ्नो ईतिहासिक उत्खनन भारतको परम्परा अनि प्राचीन इतिहासमा उल्लेख गर्नु भएको पाईन्छ । जुन किरात वंश भारत देशको गंगा नदीको समतल भुमितर्फ बसोबासो गर्थे र ती वंश मध्येका याखा, शाक्य, कोहिया, मोरिया, बर्जी, मल्ल, बली , काल्मास थरले परिचित भएका शाखाहरु आफुलाई लिच्छवी भनी घोषणा गर्थे । यिनीहरुको राज्य हिमालय पहाड र गंगा नदीसम्म विस्तृत थियो भनी Politicol History of Ancient India p-116, 126, 190, 193 पृष्ठहरूमा हेमचन्द्र राय चौधारिले उल्लेख गरेका छन् । यसै सन्दर्भमा उल्लेखनीय कुरो के छ भने श्री सुनीति कुमार च्याटर्जीले आफ्नो पुस्तक किरात जनकृतिमा गौतम बुद्धलाई किरात वंशका हुन् भनि लेखेका छन् । पश्चिम दिशाबाट आउने किरात जाति अथवा खम्बो वा सम्बेज जातिसित मंगोल देशबाट आएका मंगोली जाति र चिन देशबाट आएका चिनीया जातिहरु आपसमा मिलजुल गरि एक वंश भई किरात नाउ राखि हिमालय प्रदेशमा बसे । पछि यो पहाडी देशबाट वंशको धेरै वृद्धि भए वापद बर्मा, श्याम, फिलिपिन्स टापुहरुसम्म फिँजिएको तथ्यलाई पण्डित राहुल साँस्कृत्यायन्ले आफ्नो बौद्ध संस्कृति नामक ग्रन्थमा पृष्ठ ४८ मा उल्लेख गरेका छन् ।
जब आर्य जाति पहिलो पल्ट भारतवर्षमा आए त्यसताक हिमालयका पहाड अंचल तथा इण्डस नदीको तटसम्म फिजिएको किरात - असुर राजाको आधिपत्य थियो । सम्बा असुर त्यस्ताक राज गर्थे, उनी उनि उद्धमा पराजित गरी जसको फलस्वरूप आफ्ना राज्य छोडेर पुर्व अंचलको हिमालय प्रदेश भन्ने ठाउमा आफ्ना अखडा बनाए ।
नेपाल खाल्डोमा राज्य गर्ने प्रथम किरात राजा बाणा-असुर थिए । पछी गोपाल वंशी राजाले उनलाई लडाईमा हराउदा किरातहरु पुर्व तर्फ बसाई सरे । फेरी पुर्व तर्फबाट नेपालका किरात राजा यलम्बरले नेपाल खाल्डोमा आक्रमण गरि गोपाल राजाको आधिपत्य नष्ट गरेर आफ्ना राज्यको सिमाना पश्चिम तर्फ त्रिशुली नदीसम्म, पूर्वमा टिस्टा नदि भुटान सिमानासम्म विस्तारित गरे । त्यस समयमा किरात राज्य नेपाल खाल्डो पश्चिम त्रिशुली नदीदेखि पुर्व बर्मा ( म्यान्मार ) देशसम्म थियो भनि कर्क पेट्रिकको ईतिहास "एन एकाउन्ट अफ किङडम अफ नेपाल ( An Account of the Kingdom of Nepal ) नामक पुस्तकको पृष्ठ २५६ मा उल्लेख गरेको छ । किरात वंशी राजाहरुले २९ पुस्ता अर्थात १७४० वर्ष सम्म नेपालमा राज्य गरे । आफुलाई किरात असुर अथवा किरातसुर राजा भनि प्रसिद्ध भए । आसाम प्रदेशको सबैभन्दा प्रसिद्ध राजा नरकासुर थिए । उनको छोराको नाउ भगदत्त थियो । भगदत्तको समयमा नै महाभारतको लडाई बुझिन्छ । उनले महाभारतको लडाईमा किरात अनि चिनिया फौज सामुहिक संगठन गरि युद्ध गर्न पठाएका थिए । नरकासुर भन्दा पहिले घटोत्कोच आसाम तथा किरात देशको राजा थिए । नरकासुरले किरात राजा घटोत्कोच सुरलाई युद्धमा हत्या गरेर किरात राज्यको राजा शासक आफै भएर राज्यको नाम पनि किरात बाट प्रागज्योतिष्पुर भनि नामकरण गरे । यसै परिपेक्षमा ऐतिहासिक आधार नियाल्दा लगभग ईशा पूर्व ३१७ मा नेपालको पूर्व अंचलमा पर्बेत ( Parbate ) नाउको महाप्रतापी किरात राजा थिए । किरात राजा पर्बेतले चन्द्रगुप्त मौर्यलाई लडाइमा सहयोग दिएर मघध राज्य अधिनमा बनाए । शर्त बमोजिम चन्द्रगुप्त मौर्यले उत्तर बिहार , बंगाल, आसामको भूखण्डहरु किरात राजालाई दिएका थिए । यसो हुदा पर्बेत किरात राजा सारा हिमालय पहाडदेखि उत्तर बिहार, बंगाल तथा आसामका राजा सयवर्षसम्म आपुंगी शासन गरेका थिए । यी किरात चोङ सरदारहरुको नामावली यस्तो रहेको छ :-
(१) भीमा हाङ ,
(२) गजाहाङ ,
(३) श्रृषाहाङ ,
(४) मृगाहाङ ,
यो तथ्य A glimpse into the history of Assam नामक पुस्तकको पृष्ठ १७ मा उल्लेख गरेको छ । मृगहाङ किरात चोङ सरदारको शासनकालमा कामरूप राज्यको सत्ता शालस्तम्भर र पाल वंशका शासकहरुको हातमा गएपछि किरात चोङहरु टिकेर बस्न नसकी यत्र-तत्र भएको अड्कन गरिन्छ । तिनताक पुर्व भारतमा आर्य वंशको नाम निशान थिएन । सोइपरी पर्सियाका राजा अफ्रिसियाबले कारुपको राजा सिंगलद्धिपलाई हराएर सारा उत्तर भारत खण्ड पर्सिया राज्यको अधिनमा गाभे । यसोहुदा किरात राजाहरुले आफ्नो राज्यको सिमाना हिमालय पहाडी क्षेत्रसम्म आफ्नो सीमित राज्य बसाले ।
ईतिहास नियाल्दा यो तथ्य थाहा हुन्छ कि आर्य वंश भारतमा आउदा सम्म किरातसुर जतिको सभ्यता बाट प्रभावित भई किरात जातिलाई असुर अर्थात देवता या सभ्य जाति भनि सम्बोधन गर्न थाले । ॠग्वेद कालसम्म किरात असुर जातिहरुलाई देवता अथवा सभ्य जातिको गन्तीमा राखेका थिए । कालान्तरमा किरात-असुर तथा आर्य वंशको महासंगम हुन गयो । उक्त सिलसिलागत तथ्य बाट अझ एतिहासिक तथ्य यो थाहा हुन्छ कि आर्यहरु त्यसपश्चात किरात असुरको अर्थभेद भुत-राक्षस हो भनि झुटो प्रचार गरे । अर्थात् साम, यजुर्वेदहरुमा आर्य वंशको असुर वंशसित लडाई भयो अनि उपरोक्त ग्रन्थहरुमा उल्लेख भएकोले आर्य वंशले सभ्य किरात जातिलाई असुर वंश हुन् भनी सम्बोधन गर्छन । वास्तवमा 'असुर' शब्दको अर्थ देवता हो भनी ॠग्वेदमा उल्लेख गरेको तथ्यलाई किथसले उनका पुस्तक 'द रिलिज्योस एण्ड फिलोसाफी अफ वेद्स एण्ड उपनिषद् ( the Riligious and Philosophy of Veda and Upanishad ) को पृष्ठ २३१ मा प्रष्ट लेख्नु भएको छ । तसर्थ किरात असुर जाति आर्य वंशको झुटो भ्रम प्रसारसित विवश हुनु पर्यो । भ्रम र विवशताको चापमा असुरको अर्थ सायद राक्षसनै हुनुपर्छ भानी किरात वंशले असुर वंश राख्न छोडी दिए र उनीहरु आफैलाई किरात भन्न थाले । हाल किरात जाति भन्नाले हैजारा जाति काबुलको, पंजाबको राज किरात जति, कुमाउ-गड़वालको खस जाति, नेपाल-भारत देशका गुरुङ, मगर, खस, ठकुरी, नेवार, सुनुवार, दनुवार, थामी, तामाङ, लिम्बु, खम्बु (राई), याखा, लाप्चे, जिमदार, भोटे, मेचे, कोचे, धिमाल, आसामको नागा, कुकी, मिसिमी, मिरि, मिजो, अर्का, डुला, टाई आहोम, मटक, मराण, खाम्टी, डिमासा, चुटिया, लालुङ, जाहोङ, सिङफौ, पोइते, गेङटे, राभा, राजवंशी, कार्बी, गारो, बर्माको कासिन, मौङ, लाओस, खस जाति, भिएतनामी, कम्बोडियाको खमर जाति सबै किरात वंशका हुन् ।
नेपाल राज्य एक सुत्रमा हुन अघि सम्पूर्ण नेपाल राज्य साना-साना रजौटाहरुमा विभक्त भएका थिए । त्यस बेला किरात वंशका राजाहरु बेग्ला-बेग्लै नामले प्रचलित भई आ-आफ्नो ठाउहरुमा राज गरि बसेका थिए । सन् १९६८ मा फादर ग्राबरले पाटनको नेवार किरात राजा उल्लेख गर्दै यो लेख्नु हुन्छ कि वास्तविक सम्पूर्ण नेपाल राज्य र पहाडी क्षेत्रहरु किरात वंशका राजाहरुले राज्य गरेको हो भनि स्पष्ट उल्लेख गरेका छन् । पृथिवी नारायण शाह गोर्खाको राजा हुन अघि धेरै वर्ष अघि हिन्दु मिशनरीहरुले किरात राजाहरुलाई हिन्दु धर्ममा ल्याए । किरात वंशी राजा साङलाईङ सवदीनलाई मोङरोगम हिन्दु धर्म बनाई राजपुत क्षत्री वंशमा गणना गरी हिन्दु पदवीले किरात राजालाई राय पदवीले सुशोभित गराए । सोईपरी पाल्पाली सेन मक्वान वंशीलाई हिन्दु धर्ममा परिवर्तन गराई सेन वंशी क्षत्री बनाए । खान वंशी किरात राजालाई क्षत्री ठकुरी बनाई सारा पदवी दिए । सोईपरी मेचे-कोचे किरातहरुलाई राजवंशी पदवी दिए ।
मनु स्मृतिको आधारमा हिन्दु राज्य स्थापनाको सपना साकार भएपछी उनीहरुले राज्य बिस्तार गर्ने हेतुले हिमालका काखमा बसेका निष्कपट गैर हिन्दु राज्यहरुमाथि बिस्तारै-बिस्तारै आक्रमण गर्दै लागे । "हिन्दु हिन्दु एक हौ , गैर हिन्दुहरुको शासन अन्त गर , म्लेच्छको अधीनता स्वीकार नगर" जस्तो नारा र नीतिको भरमा आश्रित र आगन्तुक जति पनि हिन्दुहरु जहा पनि छन् तिनलाई एकबद्ध गर्ने प्रयास गर्दै रहे । भारतमा मोगल शासक मध्य औरङ्गजेबले आफ्ना पितालाई बन्दि गरेर सन् १६५८-१७०७ सम्म राज्य गरे । तिनको पालामा उनले हिन्दुहरुको धेरै जनै काटि दिए । त्यो अत्यचारदेखी भारत बाट धेरै हिन्दु आर्यहरु नेपाल देश भित्रिए । यिनै आर्यहरु भारत बाट आएको हो भनेर भन्न गाह्रो मान्दछन । पछि गोर्खाको हिन्दु राजा पृथ्वी नारायण शाहले यो आन्दोलनमा आकर्षण रहेको कुरोलाई हृदयंगम गरि यसैलाई व्यापक र विस्तृत तुल्याई विभिन्न गैर हिन्दु राज्यमा रहेका आश्रित-आगन्तुक आर्य जातिलाई एक राज्य एक बिचारमा ल्याई एकबद्ध गरि गोर्खा भन्दा अलग अरु गैर हिन्दु गैर आर्य किरात राज्यहरुमाथि आक्रमण र कुटनीतिक षड्यन्त्र, जाल गर्दै आफ्नो कप्जामा पार्दै हिन्दु साम्राज्यको बिस्तार गर्न लागे । नेपाल देश आदिवासी जनजातिको सारा प्रान्त आफ्नो कब्जामा ल्याई सारा नेपाल आजसम्म पनि चलाई रहेको छ । हिन्दु साम्राज्य बिस्तारको यो अभियानमा अहिन्दु किरात राज्यहरुमा आई आश्रित भई बसिरहेको समस्त हिन्दु धर्मावलम्बी बाहुन अथवा तागाधारी जमातले पृथ्वी नारायणलाई सक्रिय सहयोग गरेको कुरा इतिहासको तथ्यहरुबाट देखिन्छ । यसरि हिन्दु साम्राज्य विस्तारको यो क्रममा गोर्खादेखि चारैतिर यथाशक्य विकसित भई रहेको अवस्थामा हिन्दुस्तानमा ब्रिटिश ईष्ट इन्डिया कम्पनीको प्रभुत्व सशक्त रुपले कायम भई सकेकाले हिन्दु साम्राज्य गोर्खाले पनि बाध्य भई सन्धि सम्झौता गर्न पर्यो ।
यसरी सन् १८१६ को ब्रिटिश इष्ट इन्डिया कम्पनी र नवागन्तुक बिजेता गोर्खा दरबारको सन्धि सम्झौताको कारणबाट हिन्दु सम्राट गोर्खाको भूगोलले स्थायित्व प्राप्त गर्यो भनौ वा गोर्खा सम्राटको सिमा निर्धारण हुन पुग्यो । बाहुन जातिहरु संगै हिन्दु धर्मको प्रवेश नेपालमा भएको हो । यिनै आर्य हिन्दुहरुले हामी गोर्खा नेपालि जातिहरु भारतको भुमिसंगै पुर्वान्चल पुर्वान्चलबासीलाई ( नेपालि गोर्खा किरातहरु ) ईतिहास साक्षी राखेर ठोकुवा साथ भन्नु सक्नु पर्छ पुर्वान्चलमा बस्ने कुनै सिमावर्ती विदेशी होइनौ, भारतमा राज्य माग्दा पनि किरात जातिले किरात राज्यनै भनेर दाबी गर्नु पर्ने हुन्छा ।
सन् १८१६ मा अंग्रेज ईष्ट ईण्डिया कम्पनीले भारतको लाहोर, गोरखपुर, दार्जीलिङमा सेना भर्ती केन्द्र खोलेर भारि मात्रामा नेपाली युवा ( किरात मूलको ) लिम्बु, राई, मगर, गुरुङहरु सेनामा भर्ना गरेको थियो । त्यहीबेला सुगौली भन्ने ठाउमा नेपाल र अंग्रेज शासित भारतको बिचमा जन सन्धि सम्झौता चुक्ति भयो त्यो सन्धि चुक्ति भएको परिणाम स्वरूप नेपालले अंग्रेज (भारत)-लाई सिमला, नैनीताल, मिसौरी, अलमोडा गडवाल, कुमाउ, देहरादुन ( पच्चिम खण्ड ) र पुर्व खण्डमा सुखिम, दार्जीलिङ, भुटानको दामखाङगडी र दामिलहाट, जलपाईगडी, कुचबिहारको केहि भूभाग र आसामको गोवालपाडासम्मको जगाहरु छोडिदिनु पर्यो । तबदेखि ति ठाउका बासिन्दाहरुपनी भारत कै बासिन्दा भयो ।
गोर्खा साम्राज्यको सीमा निर्धारण भई अब सीमा विस्तारको अर्को कुनै उपाय नभएपछि साम्राज्यवादी हिन्दु आर्यहरुले आफ्नो शासनलाई स्थायी र मजबुत बनाउने दिशातर्फ प्रयत्नशील भएको दिखिन्छ । जातिवादी विशिष्टता, त्रक्तमा पवित्रता र हिन्दु धार्मिक साम्प्रदायिकतालाई आफ्नो शासनको मुलभूत आदर्शको मूल्य र मान्यतालाई व्यवस्थागत हिसाबले स्थापित गर्न लागे । मनु स्मृतिलाई देववाणी मानि तेसैको आधारमा राजनैतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, धार्मिक, न्यायिक तथा समाजका सम्पूर्ण गतिविधि र क्रियाकलापहरुलाई नियोजित र संगठित गर्न लागे । यी क्रियाकलापहरुको फलस्वरूप क्षत्री जाति राजा हुने अहिन्दु किरात राजाहरु मासिने, प्रशासकीय गतिविधि र क्रियाकलापहरुमा क्षत्रिहरुकै एकाधिकार रहने, धार्मिक, संस्कृतिक, न्यायिक, आर्थिक, शैक्षिक गतिविधि र क्रियाकलापहरु गर्न बाहुन जातिको एकाधिकारमा रहन गयो । यसरि गोर्खा साम्राज्यमा तागाधारी र गैर तागाधारी समाजको सृजना हुन गयो । गैर तागाधारी भूमिपुत्रहरु आफ्नै स्थानमा पराजित हुन पुगे । ईतिहास हेर्दा किरातभित्र पर्ने किम्बु, राई, मगर, गुरुङ, तामाङ, शेर्पा, लेप्चा इत्यादि जातिहरुले नेपाली गोर्खा भन्नु गाह्रो पर्छ, किनभने पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्न अघि पश्चिम क्षेत्रदेखि पुर्व क्षेत्र ( पल्लो किरात ) लिम्बु, ( वल्लो किरात ) गुरुङ, मगर, घले आदिको आ-आफ्नो स्वतन्त्र राज्य थियो, माझ किरातमा ( सोलखम्बु ) राईहरुको आफ्नो स्वतन्त्र राज्य थियो । किरात मुलको यी उल्लेखित जनजातिहरुको धर्म, भाषा-लिपि, संस्कृति भेष-भुषा, परम्परा छुट्टै छ । नेपाली गोर्खा हिन्दु धर्मसित हाम्रो धर्म, परम्परा मिल्दैन । २० अगष्ट १९९२ सन् पछी भारतबासी नेपाली ( गोर्खा ) भाषाको मान्यताले किरातहरुलाई शुन्यमा पुर्याएको बुझिन्छ ।
बलिहाङ ( बलिराज ) भन्दा पहिले किरातहरुले मानिल्याएको चाडपर्व याक्वा सेवा, चासोक सेवा, माघे संक्रान्ति र श्रावणको संक्रान्ति मात्र थियो । बलिहाङ जीवन र मृत्युको भविष्यवाणी गर्न सक्ने विद्वान थिए । कार्तिकको औसी रातमा यमराज आएर वाहाको आत्मा लिएर जानेछ भनि सभासदमा बताउनु भयो । त्यो दिन आईपुग्यो । बलिहाङ मुर्छित अवस्थामा लम्पसार हुनुभयो । ती औसीको अन्धकार रातमा सबैजना राजा बाचोस भनेर भजन-किर्तन, गीत गाउदै बसे । यम मन्चकको समय बितेपछि बलिहाङ लामो-लामो सास फेरेर आफ्नो प्रमुखहरुतर्फ फर्केर भने-मृत्युबाट बाचेकाले राजाले सम्पूर्ण प्रजाहरुमा खुशीयाली मनाउदै सुभ समाचार सुनाउदै नाच्दै-गाउदै गाउँ-गाउँ, ठाउँ-ठाउँमा शुभ सन्देश पुर्याउनु भने । त्यसबेलादेखि किरातहरुमा लेख्ने चलन भएको हो । त्यो चाडको प्रभाव सबै नेपाली भाषी गोर्खाहरुमा परेको हुदा अझपनि पालन गरिरहेका छन् । खासमा यो किरात संस्कृति हो । बलिहाङको राज्य शासन क्षेत्र हिमाली सेरोफेरोमानै थिए भन्ने भौगोलिक मानविक रुपान्तर बाट जान्न सकिन्छ । बकिहाङ प्रह्लादको नाति तथा विमोचनका छोरा थिए । बलिहाङको जेठा छोरा बाण असुरको शोनितपुर जिल्लाको अग्निगड़मा राजधानी थियो । तिनताक बाणासुरको राज्य नेपाल खाल्डोसम्म थियो भन्ने ईतिहासमा उल्लेख छ । बाणा असुरको पिता बलिहाङको दरवार पनि यही हुनुपर्छ । शोणितपुर जिल्लाको शिङरी अन्तर्गत गुप्तेश्वर मन्दिर देखि उत्तेर ति'र एउटा प्राचीन भग्नावशेष देख्न पाईन्छ । यो भग्नावशेष नै बलिहाङको छोरा बाणासुरको हुनुपर्छ, तेजपुरको अग्निगडदेखि एक किलोमिटर पूर्वमा भग्नावशेष छ । यो बमुनी पहाडमा प्राचिन समयमा बिष्णुको मन्दिर भएको देखाएको छ । खासमा बामुनी पाहाड़ विष्णुले ब्राह्मण रुप धारण गरि भिक्षा दान माग्न जादा छल-कपट गरि बलिहाङलाई पतन गरिएको हुनाले हिन्दु ब्राह्मण बाट यी ठाउको नाम बामुनी पाहाड़ भनि नामाकरण गरेको अनुमान गरिन्छ ।
भारतको पुर्वान्चल भेकमा अनार्य मुलका हिन्दु धर्मावलम्बी नरकाशुरको हातमा सत्ता आएपछि यहाको किरात प्रजाहरुलाई अत्याचार गरि खेदी पठाएपछि हिन्दु धर्म मान्ने अन्यान्य गोत्रका मानिसहरु ल्याएर बसाएपछी यस ठाउको नाम-निशान सबै लामो समयको अन्तरालमा परिवर्तन हुदै, मेतिदै आएको अनुमान गरिन्छ । सातौ शताप्दीको शुरुमा वर्तमान भुटान राष्ट्रको दक्षिण पट्टिको भूभाग लगायत वर्तमान आसाम प्रान्तको ओदालगडी, सिमलगडी, धुबगडी, मायनागडी, शिलगडीसम्मको भूभागमा अर्थात पुर्व अदालगड़ीदेखि पश्चिम शिलगड़ीसम्मको उत्तर खण्डमा किरात चोङहरुको बसोबास थियो भन्ने ईतिहासमा उल्लेख छ । यो भूभागमा किरात चोङहरुको बसोबासो गरेका समयमा नामाकरण भएको ठाउँहरु अझपनि केहि मात्रामा परिवर्तन भई चलिरहेको छ, जस्तै अदालगडी जिल्लाको सात धरिया अन्चलमा पर्ने जोरा पोखरी, सामराङ अन्चलमा पर्ने भोटे झार, भोटे चोङ (हालमा भुटिया चाङ), राजा गड, बास्का जिल्लाको भेटे खौर, कुमरीकाटा अन्चलको मिजगडी, कोकराझार जिल्लामा लङपा (अठियाबारी), मुढे (सरलपाडा), भदैगडी, आदिहुन । यस भेकमा अनुसन्धान गरिएमा ती समयका भग्नावशेषको रुपमा रहेका स्थानहरु धेरै प्राप्त गर्न सकिने सम्भावना छ । भुटानको दक्षिण भूभागमा पनि किरात चोङसित सम्बन्धित थुप्रै गाउँ-ठाउँको नामहरु पाईन्छ भन्ने अनुमान गरिन्छ । बङ्ग तथा कामरुपको राजा सिंगलदिप पर्सियाको राजा अफ्रिसियाबको हातमा नराम्रो गरि परास्त भएपछी बन्दि भएर पर्सियामा लिएर गएपछि कामरुपको राजासट्टा शलस्तम्भ र पालवंशका हातमा पर्यो । त्यसपछि किरात चोङहरु बसेको भूभागमा पनि उत्पात गरेपछि बस्न नसकी अलपत्र भएको अनुमान गरिन्छ ।
यो आसाम तथा पुर्वान्चल भेकमा किरातहरुको आओ-जाओ प्राचिनकाल देखिनै भई आएको बुझिन्छ । घटोत्कोच स्वयम् यस भूभागका शासक थिए । नेपालका राजा जयदेवले आसामका राजा हर्षदेवको छोरीसित विवाह गरेका थिए । त्यसैबेलादेखिनै आउने-जाने क्रम अझ बढदै गयो । यसैबेला पुर्वान्चल खण्डको सातवटा प्रान्त किरातहरुको मावली सरह आफन्तको गाउँ हो भनि ठोकुवा साथ् भन्न सकिन्छ । यो कुरो सुनीति कुमार च्याटर्जीले पनि वैवाहिक सम्बन्ध भएकोले प्रजाहरुमा पनि आउने-जाने, व्यापार-वाणिज्य गर्न आधार बढदै गएको कुरो ईतिहासमा उल्लेख गर्नु भएको छ । भोट-बर्मेली भाषा बोल्ने किरातहरु हिमालयको दक्षिणतिर पहाडको फेदीमा र ढाल ईलाकामा बस्न थालेको ई॰ पू॰ १००० वर्ष देखिको हो । पौराणिक कालदेखि वर्तमान पश्चिम बंगालको जलपाईगडी जिल्लाको भूभाग किरात चोङ लगायत खम्बु, याखा, सुनुवार आदिको बसोबास थियो । दशौ शताब्दीमा लेखिएको कालिका पुराणले प्राचीन कामरूप राज्यको उल्लेख गरेको छ । सातौ शताब्दी यता दामसाङगडी (दार्जीलिङ) को आसपासहरुमा किरात चोङ, लगायत खम्बु, लेप्चा, भोटे, तामाङ, शेर्पाको बसोबासो थियो । प्राचीन समयमा पुर्वान्चल भेकमा बसोबासगर्ने किरातहरुले एउटाई भाषा-लिपि प्रयोग गर्थे, लेख्ने, पड़ने, बोल्ने गर्थे भनेर पुष्टि गरेको छ ।
किरात चोङको भाषा-लिपि शब्दकोषमा टाईरोङ शब्द छ जसको अर्थ टाईवंशको राजा भन्ने हुन्छ । टाईरोङ शब्दबाट आसामको एउटा जिल्लाको नामाकरण अप्रभंश भई दरङ भएको हुनु पर्दछ, यसबाट पनि किरातहरुको बासस्थान भएको भन्ने पुष्टि गर्छ । तिनताकदेखि महादेवलाई किरातहरुले ईष्टदेव (थेबाहाङसाम) मान्दै आएको र इष्टदेवी भनेर कामाख्या माई (युमासाम)-लाई पुजिल्याको हो र अझपनि किरात धर्म मान्नेहरुले आफ्नै प्रकारले पुजि नै रहेको छ ।
किरातहरुको आफ्नै धर्म, भाषा-लिपि, साहित्य र संस्कृति प्राचीनकालदेखिनै भई आएको थियो, अझपनि अवशेषको रुपमा रहेको छ, तर यी भौतिक विषयहरु पराई धर्म, भाषा, संस्कृतिको प्रभावमा लामो समयको अन्तरालमा परेर, मुछिएर बिर्सिनु पर्यो । यसरि किरातहरु आफ्नै मौलिक अधिकारबाट पनि आफै बन्चित भएको देखिन्छ । त्यसकारण किरातहरुले आफ्नो धर्म, भाषा-लिपि, संस्कृति बिर्सिने किरातवंशको सम्झानामा अब कुनै बाटो नभुली एकसुत्रमा बाँधिएर सामुहिक उन्नति गरौ भन्ने वास्तविक प्रयास हो । तसर्थ प्राचिनकालदेखिको खास परिचय किरात हो, बिचमा आएर गोर्खा भयौ, हालमा नेपालि भनेर चिनेको छ । तर आसामको इतिहासले किरातहरुलाई नेपालि-गोर्खा जाति भनेर केही माँग्दा चिन्दैन र दिदैन । भारत तथा आसामको इतिहासमा पनि किरातहरुकै वर्णन पाईन्छ । सुर्यवंशी, अग्निपुत्र, कश्यपऋषी आदि उल्लेख गरेको पाइन्छ, यस्तै प्राचिन्ताको प्रमाण र आधारहरु लिएर किरात सम्बन्धि मौलिकताको ज्ञान हासिल गर्न किरात धर्मलाई अंगाल्नु जरुरि देखिन्छ, अबको आउँदो दिनहरुमा समयको परिवर्तन संगै आफ्नो किरात मौलिकतामा रुमलिएर सबैको सामुन्ने आफुलाई किरात भनेर परिचय दिने बेला आएको छ ।
समाप्त नोगेन ।
कालीपुर - १, बास्का जिल्ला, आसाम ।
लेखक :- किरात धर्म तथा साहित्य उत्थान संघ, प्रान्तीय समिति, आसामको अधक्ष हुनुहुन्छ ।
सन्दर्भ पुस्तक :-
१. ईमानसिङ चेमजोङको संक्षिप्त जीवनी,
२. जनजातिमा आधारित इतिहास - ईमानसिङ चेमजोङ ।
३. जनजातिमा आधारित सत्य दर्पण - काजीमान कन्दङवा ।
४. कि॰ध॰त॰सा॰उ॰सं॰ प्रान्तीय समिति आसामको गतिविधि - खिलकुमार चोङबाङ ।
५. दिव्य मेरु - गोपिलाल लिम्बु, नेपाल ।
६. किरात मंगोलियन वर्णमाला - आसमान लाबुङ, नेपाल ।
Thursday, 12 April 2018
किरातीहरुको जन्म तथा न्वारन कर्म
किरातीहरुको जन्म तथा न्वारन कर्म
जब किरात जातिमा बच्चा जन्म हुन्छ तब, छोरा होस या छोरी उनीहरुको पहिलो कर्म हुन्छ न्वारान । छोरी भए (३) तिन दिनमा र छोरा हो भने (४) दिनमा याङदाङ फोङमा गरिन्छ । याङदाङ फोङमा गरेपछि नानी जन्मेको दश / एघार (१० / ११) दिन पुगेपछि नानी र आमा दुवैजनाको माङ्गेन्ना (शिर) पुजा गरिन्छ । छोरा भए (१०) दश दिनमा र छोरी भए (११) दिनमा माङ्गेन्ना (शिर उठाउने) गर्नु पर्दछ । अनि जन्मेको बाईस (२२) दिन पुगेपछि फेरी ईस्टदेव माङको पूजा-आराधना कुल-पितृ, युमाथेबा अर्थात सुम्निमा र पारूहाङको पूजा सकेपछि धुपबत्ती, सुनपानीले साम्जिक मुन्धुम वाचन गरि शुद्ध गराएपछि पूर्णरुपमा चोखिन्छ र सुत्केरीले छोएको पकाएको, बनाएको खानु हुन्छ , अथवा माङहिम देवस्थलमा प्रवेश गर्नु हुन्छ । किरात धर्मको कर्म, संस्कार रीति-रिवाजको पहिलो संस्कार यहि रुपमा शुभारम्भ हुन्छ ।
सरलपाडा साखा समिति
Thursday, 5 April 2018
कुन-कुन जातिहरु किरात हुनत ?
कुन-कुन जाति किरात हुन'त ?
इतिहासबारे अध्ययन अनुसन्धान एवम् खोज गर्नेहरुको निष्कर्षले किरात 'जाति' नभएर 'सभ्यता' भएको सत्य देखाउँछ । किरातले कुनै एक निश्चित जातिको प्रतिनिधित्व गर्दैन बरु आर्य सभ्यताभन्दा छुट्टै सभ्यता भएका अनेक जातिहरुको संयुक्त सभ्यतालाई किरात भनिएको देखिन्छ । यसरी हेर्ने हो भने पूर्वी नेपालका राई
लिम्बू याक्खा सुनुवारमात्र किरात होइनन् । किरात इतिहास एवम् संस्कृतिका खोज तथा अनुसन्धाता हेर्दा। ईमानसिङ चेम्जोङका अनुसार 'वर्तमान समयमा लिम्बू र राईमात्र किरातका रुपमा प्रख्यात भए तापनि गुरुङ, मगर, थकाली, सुनुवार, थारु, तामाङ, शेर्पा, कागते, लेप्चा, मेचे, कोचे, धिमाल, दनुवार, किरात हुन् । त्यसरी नै अर्का खोज तथा अनुसन्धानकर्ता डोरबहादुर विष्टका अनुसार- किरात सन्तानहरुमा आफ्नो मातृभाषाको रुपमा तिब्बत-बर्मेली भाषिकाहरु बोल्ने राई, लिम्बू, सुनुवार, हायू, गुरुङ, मगर, थकाली, श्रेचे र काठमाडौंका पहिलेका सम्मिश्रण रहेको कुरामा धेरैको मत मिल्न जान्छ । थारु जातिको चर्चा गर्ने क्रममा राहुल सांकृत्यानले लेख्नुभएअनुसार हिमाली जातिहरुको भाषा तथा कुराको अध्ययनबाट थाहा हुन्छ कि हिमालय र त्यसको तराई क्षेत्रमा पन्जाबदेखि कश्मिरसम्म बसोबास गर्ने आदिवासी किरात थिए । त्यस्तै अर्का खोजकर्ता सुनीतिकुमार चटर्जीको भनाइमा कश्मिरदेखि थाइल्याण्डसम्मका हिमाली तथा पहाडी भेगमा बस्ने भोट-बर्मेली तथा चिनी-बर्मेली भाषा परिवारका भाषा बोल्ने सबै मंगोलियनहरु किरात हुन् । यसबाट किरातभित्र बहुल जातिको अस्तित्व भएको कुराको पुष्टि हुन्छ । त्यस्तै श्री गोयलको मतमा नेपालका नेवार, लेप्चा, मगर, गुरुङ यी सबै किरातका विभिन्न शाखा हुन् ।
यसरी किरात कुनै निश्चित जाति नभएर विभिन्न जातिहरुको सामूहिक रुप हो भन्ने तर्क दिने धर्मरत्न यमीका अनुसार हिमालयका विभिन्न क्षेत्रमा बसोबास गर्ने मगर, गुरुङ, कुसुण्डा, खस,लिम्बू, खम्बू, तामाङ, चेपाङ, धामी, भिस्सा, न्यानो, नोहाङ, नेवार इत्यादिको बोलचालबाट थाहा हुन्छ यी जनसमुदाय किरात जातिका थिए भनेर । त्यस्तै प्राज्ञ केशवराज पंडालीका अनुसार इतिहासविद्हरुका अनुसार वर्तमान नागाल्याण्डका नागा, आसामका खासी, गारो तथा चुनिया जातिहरु नेपालका थारु अहिले ज्यापू कहलिएका कतिपय थरीहरु किन्नोर उपत्यकाका किन्नरहरु कुमाउ-गढवालका राजकिरात सबै किराती हुन् । यसरी नै अर्का विद्वान् नरहरिनाथका अनुसार यक्षका सन्तान हौं भन्ने आजका गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, याक्खादेखि पहाड र हिमालयमा पाइएका अस्तित्वको सङ्घारमा पुगेका थुप्रै जातिहरु किरात हुन् । त्यस्तै हर्षबहादुर बुढा मगरको मतमा हिमालयका विभिन्न ठाउँमा बसोबास गर्ने मगर लिम्बू राई तामाङ च्यापुङ नेवार आदि किरात हुन् । यसरी थुप्रै विद्वान् खोज तथा अनुसन्धानकर्ता इतिहासविद्हरुका अनुसार किरात कुनै निश्चित जाति होइनन् बरु अनेक जातिहरुको संयुक्त सम्बोधन हो भन्ने बुझिन्छ ।
संकलक :- शेर बाहादुर सुब्बा हेम्ब्या
सरलपाड़ा कोक्राझार असम
Wednesday, 4 April 2018
किराती हरुको चाड पर्व
" किराती हरुको चाड पर्व "
शेर बाहादुर सुब्बा हेम्ब्या
(१) वैशाख १ गते,
नया वर्ष प्रारम्भ कि.सा.मु. ( किरात साम्जिक मुन्धुम ) निसाहिमको स्थापना ।
(२) वैशाख १२ गते,
किरात सहित टेक बाहादुर अन्छङबो स्मृति दिवस ।
(३) वैशाख २४ गते,
किरात समाज सुधार दिवस साकेला उभौली पर्व ।
(४) वैशाख २५ गते,
राईहरुको प्रमुख चाड शाकेवा नृत्य ।
(५) अषार ४ गते,
गुरु निजि आश्रम कृषि समितिको स्थापना दिवस ।
(६) अषार ९ गते,
कि.चो,मु.अ. ( किरात चोत्लुङ मुजोत्लुङ अङसिमाङ ) माङगेना सेवा समितिको स्थापना दिवस ।
(७) श्रावन १९ गते,
किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्झुम्भो स्थापना दिवस साथै किरात साम्यो सुनुगेन थक्सुवा स्थापना दिवस ।
(८) भदौ ५ गते,
किरात जोतिष उत्थान संघ स्थापना दिवस ।
(९) असोज ५ गते,
किरात हकचात पान्झुम्भो दिवस ।
(१०) कार्तिक १९ गते,
बलीहाङ तङनाम दिवस । ( बलीहाङ राजाको पूजा गर्नेदीन )
(११) कार्तिक २५ गते,
राष्ट्य बिभुति महागुरु फाल्गुनन्द जन्म जयन्ति साथै किरात हाङसा मुजोत्लुङ माङहिम स्थापना दिवस ।
(१२) मंसिर १८ गते,
किरात धर्म गुरु लिङदेन आत्मानन्द सेईङ ज्युको जन्म दिन साथै किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो स्थापना दिवस, महागुरु फाल्गुनन्द रास्ट्य विभुवित गरिएको दिन ।
(१३) मंशिर २० गते,
धन्य पुर्णिमा त्योअङसी पहिलो शाहित्यकार सिरिजंगाको जन्म जयन्ती , साथै मुवेक्वा चेसोक सेवा ( उधौली पूजा )
(१४) पौष १७ गते,
शाहित्यकार ईमानसिङ चेमजोङ जन्म जयन्ती ।
(१५) माघ १ गते,
किराती हरुको नवर्ष प्रारम्भ ।
(१६) माघ ५ गते,
खिवेक्वा याक्वा सेवा ( उभौली पूजा ) ।
(१७) फाल्गुन ३ गते,
मुहिगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन जन्मोत्सव ।
(१८) चैत्र २२ गते,
महागुरु फाल्गुनन्द ज्युको शोक दिवस ।
Kokrajhar assam ( Saralpara )
Thursday, 29 March 2018
गजल
आसुँ लुकाई हास्नेहरु धेरै भेटियो
आफन्तमा मुटुकाटने धेरै देखियो
पराईनै भएपनि कोहि कोहि
आफन्त जस्तै भैदियो
Sher Bdr. Subba
Subscribe to:
Posts (Atom)










