Thursday 12 April 2018

किरातीहरुको जन्म तथा न्वारन कर्म


किरातीहरुको जन्म तथा न्वारन कर्म

संछिप्त रुपमा  
        जब किरात जातिमा बच्चा जन्म हुन्छ तब, छोरा होस या छोरी उनीहरुको पहिलो कर्म हुन्छ न्वारान छोरी भए () तिन दिनमा छोरा हो भने () दिनमा याङदाङ फोङमा गरिन्छ याङदाङ फोङमा गरेपछि नानी जन्मेको दश / एघार (१० / ११) दिन पुगेपछि नानी आमा दुवैजनाको माङ्गेन्ना (शिर) पुजा गरिन्छ छोरा भए (१०) दश दिनमा छोरी भए (११) दिनमा माङ्गेन्ना (शिर उठाउने) गर्नु पर्दछ अनि जन्मेको बाईस (२२) दिन पुगेपछि फेरी ईस्टदेव माङको पूजा-आराधना कुल-पितृ, युमाथेबा अर्थात सुम्निमा पारूहाङको पूजा सकेपछि धुपबत्ती, सुनपानीले साम्जिक मुन्धुम वाचन गरि शुद्ध गराएपछि पूर्णरुपमा चोखिन्छ सुत्केरीले छोएको पकाएको, बनाएको खानु हुन्छ , अथवा माङहिम देवस्थलमा प्रवेश गर्नु हुन्छ किरात धर्मको कर्म, संस्कार रीति-रिवाजको पहिलो संस्कार यहि रुपमा शुभारम्भ हुन्छ । 

सरलपाडा साखा समिति 


Thursday 5 April 2018

कुन-कुन जातिहरु किरात हुनत ?



कुन-कुन जाति किरात हुन'त ?



           इतिहासबारे अध्ययन अनुसन्धान एवम् खोज गर्नेहरुको निष्कर्षले किरात 'जाति' नभएर 'सभ्यता' भएको सत्य देखाउँछ । किरातले कुनै एक निश्चित जातिको प्रतिनिधित्व गर्दैन बरु आर्य सभ्यताभन्दा छुट्टै सभ्यता भएका अनेक जातिहरुको संयुक्त सभ्यतालाई किरात भनिएको देखिन्छ । यसरी हेर्ने हो भने पूर्वी नेपालका राई 
लिम्बू याक्खा सुनुवारमात्र किरात होइनन् । किरात इतिहास एवम् संस्कृतिका खोज तथा अनुसन्धाता हेर्दा। ईमानसिङ चेम्जोङका अनुसार 'वर्तमान समयमा लिम्बू र राईमात्र किरातका रुपमा प्रख्यात भए तापनि गुरुङ, मगर, थकाली, सुनुवार, थारु, तामाङ, शेर्पा, कागते, लेप्चा, मेचे, कोचे, धिमाल, दनुवार, किरात हुन् । त्यसरी नै अर्का खोज तथा अनुसन्धानकर्ता डोरबहादुर विष्टका अनुसार- किरात सन्तानहरुमा आफ्नो मातृभाषाको रुपमा तिब्बत-बर्मेली भाषिकाहरु बोल्ने राई, लिम्बू, सुनुवार, हायू, गुरुङ, मगर, थकाली, श्रेचे र काठमाडौंका पहिलेका सम्मिश्रण रहेको कुरामा धेरैको मत मिल्न जान्छ । थारु जातिको चर्चा गर्ने क्रममा राहुल सांकृत्यानले लेख्नुभएअनुसार हिमाली जातिहरुको भाषा तथा कुराको अध्ययनबाट थाहा हुन्छ कि हिमालय र त्यसको तराई क्षेत्रमा पन्जाबदेखि कश्मिरसम्म बसोबास गर्ने आदिवासी किरात थिए । त्यस्तै अर्का खोजकर्ता सुनीतिकुमार चटर्जीको भनाइमा कश्मिरदेखि थाइल्याण्डसम्मका हिमाली तथा पहाडी भेगमा बस्ने भोट-बर्मेली तथा चिनी-बर्मेली भाषा परिवारका भाषा बोल्ने सबै मंगोलियनहरु किरात हुन् । यसबाट किरातभित्र बहुल जातिको अस्तित्व भएको कुराको पुष्टि हुन्छ । त्यस्तै श्री गोयलको मतमा नेपालका नेवार, लेप्चा, मगर, गुरुङ यी सबै किरातका विभिन्न शाखा हुन् ।

यसरी किरात कुनै निश्चित जाति नभएर विभिन्न जातिहरुको सामूहिक रुप हो भन्ने तर्क दिने धर्मरत्न यमीका अनुसार हिमालयका विभिन्न क्षेत्रमा बसोबास गर्ने मगर, गुरुङ, कुसुण्डा, खस,लिम्बू, खम्बू, तामाङ, चेपाङ, धामी, भिस्सा, न्यानो, नोहाङ, नेवार इत्यादिको बोलचालबाट थाहा हुन्छ यी जनसमुदाय किरात जातिका थिए भनेर । त्यस्तै प्राज्ञ केशवराज पंडालीका अनुसार इतिहासविद्हरुका अनुसार वर्तमान नागाल्याण्डका नागा, आसामका खासी, गारो तथा चुनिया जातिहरु नेपालका थारु अहिले ज्यापू कहलिएका कतिपय थरीहरु किन्नोर उपत्यकाका किन्नरहरु कुमाउ-गढवालका राजकिरात सबै किराती हुन् । यसरी नै अर्का विद्वान् नरहरिनाथका अनुसार यक्षका सन्तान हौं भन्ने आजका गुरुङ, मगर, राई, लिम्बू, सुनुवार, याक्खादेखि पहाड र हिमालयमा पाइएका अस्तित्वको सङ्घारमा पुगेका थुप्रै जातिहरु किरात हुन् । त्यस्तै हर्षबहादुर बुढा मगरको मतमा हिमालयका विभिन्न ठाउँमा बसोबास गर्ने मगर लिम्बू राई तामाङ च्यापुङ नेवार आदि किरात हुन् । यसरी थुप्रै विद्वान् खोज तथा अनुसन्धानकर्ता इतिहासविद्हरुका अनुसार किरात कुनै निश्चित जाति होइनन् बरु अनेक जातिहरुको संयुक्त सम्बोधन हो भन्ने बुझिन्छ । 



संकलक :-  शेर बाहादुर सुब्बा हेम्ब्या 
सरलपाड़ा कोक्राझार असम 

Wednesday 4 April 2018

किराती हरुको चाड पर्व

" किराती हरुको चाड पर्व "

 शेर बाहादुर सुब्बा हेम्ब्या 

      विभिन्न जात-जाति औँ सम्प्रदायहरुको जस्तै किराती हरुको पनि एउटा छुट्टै आफ्नो पहिचान र चाड पर्वहरु छन्  । के के पर्व हरु ? र  कुन कुन पर्व हरु ? कहिले कहिले पर्दछ ? भन्ने विषयलाई यहा छोटकरीमा सहज तरिकाले छर्लङ्ग पारिएको छ । 



(१) वैशाख १ गते,
       नया वर्ष प्रारम्भ कि.सा.मु. ( किरात साम्जिक मुन्धुम ) निसाहिमको स्थापना । 


(२) वैशाख १२ गते,
       किरात सहित टेक बाहादुर अन्छङबो स्मृति दिवस । 


(३)    वैशाख २४ गते, 
      किरात समाज सुधार दिवस साकेला उभौली पर्व । 


(४) वैशाख २५ गते, 
      राईहरुको प्रमुख चाड शाकेवा नृत्य । 


(५)     अषार ४ गते, 
       गुरु निजि आश्रम कृषि समितिको स्थापना दिवस । 


(६) अषार ९ गते, 
       कि.चो,मु.अ. ( किरात चोत्लुङ मुजोत्लुङ अङसिमाङ ) माङगेना सेवा समितिको स्थापना दिवस । 


(७) श्रावन १९ गते, 
       किरात साम्यो नालिफुङवा मुजोत्लुङ पान्झुम्भो स्थापना दिवस साथै किरात साम्यो सुनुगेन थक्सुवा स्थापना दिवस । 


(८) भदौ ५ गते, 
      किरात जोतिष उत्थान संघ स्थापना दिवस । 


(९) असोज ५ गते, 
      किरात हकचात पान्झुम्भो दिवस । 


(१०) कार्तिक १९ गते, 
        बलीहाङ तङनाम दिवस । ( बलीहाङ राजाको पूजा गर्नेदीन )


(११)     कार्तिक २५ गते, 
        राष्ट्य बिभुति महागुरु फाल्गुनन्द जन्म जयन्ति साथै किरात हाङसा मुजोत्लुङ माङहिम स्थापना दिवस । 


(१२) मंसिर १८ गते, 
        किरात धर्म गुरु लिङदेन आत्मानन्द सेईङ ज्युको जन्म दिन साथै किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो स्थापना दिवस, महागुरु फाल्गुनन्द रास्ट्य विभुवित गरिएको दिन । 


 (१३) मंशिर २० गते, 
         धन्य पुर्णिमा त्योअङसी पहिलो शाहित्यकार सिरिजंगाको जन्म जयन्ती , साथै मुवेक्वा चेसोक सेवा ( उधौली पूजा ) 


(१४)     पौष १७ गते, 
        शाहित्यकार ईमानसिङ चेमजोङ जन्म जयन्ती । 


(१५) माघ १ गते, 
         किराती हरुको नवर्ष प्रारम्भ । 


(१६) माघ ५ गते, 
        खिवेक्वा याक्वा सेवा ( उभौली पूजा ) । 


(१७)   फाल्गुन ३ गते, 
        मुहिगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन जन्मोत्सव । 


(१८) चैत्र २२ गते, 
        महागुरु फाल्गुनन्द ज्युको शोक दिवस । 



Kokrajhar assam ( Saralpara )

sher bahadur subba,